भगवती हाइड्रोपावरको आईपीओमा भदौ ५ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीे पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँ बराबरको १०० अंकित दरमा प्रिमियम रकम १६ रुपैयाँ थप गरी जम्मा रकम ११६ रुपैयाँ दरको ८ लाख ५८ हजार ९७ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ८५ हजार ८१० कित्ता साधारण सेयर विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बाँडफाँड गरेको छ ।

यस्तै ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरि १७ हजार १६२ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख १२ हजार २२० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेकाे हाे ।

आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म गतेसम्म आवेदन दिनुपर्ने छ । सो अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा भने निष्काशन अवधि भदौ १९ गतेसम्म लम्बिने छ ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

कम्पनीको बारेमा

भगवती हाइड्रोपावर कम्पनीले कास्की जिल्लाको विजयापुर खोलामा ४‍‍।५ मेगावाटको विजयपुर १ साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसको कुल अनुमानित लागत ७९ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ७० लाख रुपैयाँ रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति बहाल अवधि २२ वर्ष ५ महिना बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४।१५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ५।७१ वर्ष रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।