चन्द्रमाको दक्षिणी ध्रुवका लागि भारत र पश्चिमी राष्ट्रहरुको रस्साकस्सी, सफलता नजिक भारत


पछिल्लो समयमा चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान पठाउन भारत, रुस, अमेरिका लगायतका देशहरु लागी परेका छन् ।

जुलाई १४ तारिखमा भारतले चन्द्रयान–३ नामक आफ्नो अन्तरिक्षयान स्पेस स्टेसनमा रिलिज गरेको थियो । हाल सम्मको जानकारी अनुसार चन्द्रयान–३ चन्द्रमाको दक्षिणी धूर्वमा सफलता पूर्वक अवतरण गर्ने प्रक्षेपण गरिएको छ । यस्तै दुई साता अघि रुसले लुना–२५ नामक अन्तरिक्षयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेगरी स्पेसमा रिलिज गरेको थियो । तथापि रुसको उक्त प्रयास सफल हुन सकेन ।

सन् २०२३ को अप्रिल महिनामा जापानले पनि चन्द्रमामा आफ्नो अन्तरिक्षयान पठाएको थियो । तर उक्त अन्तरिक्षयानले जापानलाई सफलता दिलाउन सकेन । यस्तै इजरायली स्पेस कम्पनीले समेत चन्द्रमामा आफ्नो यान पठाएको थियो । तर उक्त यानले इजरायलको चन्द्रमामा आफ्नो यान सफलतापूर्वक अवतरण गराउने सपना पूरा गर्न सकेन ।

नासाले सन् २०२५ सम्ममा चन्द्रमाको दक्षिणी धूर्वमा अन्तरिक्षयान पठाउने गरी तयारी सुरु गरेको छ । भारतीय कम्पनी इन्डियन स्पेस रिसर्च संस्थान (आइएसआरओ) द्धारा निर्मित चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी धूर्वमा सफल अवतरण गरेमा यसले अन्तराष्ट्रिय स्तरमा भारतको प्रतिष्ठा बढाउने मात्रै नभई चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्नका लागि विभिन्न देशहरुले प्रतिष्पर्धा गरिरहेको दौडको विजेता समेत बनाउने छ ।

पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा आइएसआरोको गरिमा चुलिएको छ । आइएसआरोले ७ करोड ४० लाख अमेरिकी डलर लगानीमा चन्द्रयान–३ निर्माण गरी चन्द्रमामा पठाइसकेको छ । आइएसआरोले सिमित बजेटका बावजुद चन्द्रयान–३ को निर्माण तथा प्रक्षेपण गर्दा अरु देशहरुले अन्तरिक्ष यान निर्माणका लागि अर्बौ रकम खर्चनु र असफल हुनुमा प्रश्न पैदा गरेको छ ।

यस अघि सन् २०२२ मा चीनले अन्तरिक्षयान निर्माणका लागि १ अर्ब २० करोड डलर लगानी गरेको थियो । रुसले लुना–२५ को निर्माणका लागि कति रकम खर्च गर्यो भनेर खुलाएको छैन । तथापि युक्रेनसँगको युद्धमा होमिएको रुससँग पुनः लुना–२५ वा सो बराबरको अन्तरिक्ष यान निर्माण गर्नका लागि बजेट छैन । जसका कारण केही वर्षका लागि रुसले अन्तरिक्षमा गर्ने परिक्षणमा रोक लाग्ने सम्भावना बढ्दै गएको छ ।

हाल एलन मक्सको कम्पनी स्पेस एक्सले ३ अर्ब डलर लगानीमा स्टारसीपको निर्माण सुरु गरेको छ । अमेरिकाका स्पेस कम्पनीहरु एस्ट्रोबोटिक र इन्ट्युटिभ मेसिन्सले समेत सन् २०२४ मा चन्द्रमाको दक्षिणी धूर्वमा पुग्ने उद्देश्यका साथ स्पेसक्राफ्ट निर्माण गरिरहेका छन् । यसरी ठूलो लगानीमा चन्द्रमा पुग्नका लागि विभिन्न देशहरुबीच रस्साकस्सी जारी छ । सोही समयमा छिमेकी राष्ट्र भारतद्धारा निर्मित चन्द्रयान–३ ले सफलता पूर्वक चन्द्रमाको दक्षिणी धूर्वमा अवतरण गरेमा विश्वसामु भारतको मात्रै नभई दक्षिण एशियाकै गरिमा चुलिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।