साउनमा चार अर्बको निर्जीवन बीमा व्यवसाय, ११ प्रतिशत घट्यो

0
Shares

चालु आर्थिक वर्षको पहिलो महीना अर्थात साउनमा चार अर्ब रुपैयाँ बराबरको निर्जीवन बीमा व्यवसाय भएको छ । अघिल्लो आवको सोही अवधिको तुलानामा साउनमा ११.०९ प्रतिशतले व्यवसाय खुम्चिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ९८ करोड ५८ लाख ५२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ४८ करोड २९ लाख ३९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा १४ कम्पनीहरूले कुल २ लाख १३ हजार ८०३ वटा बीमालेख जारी गरेका छन् । अघिल्लो आवको सोही अवधिमा २ लाख २१ हजार ६४४ वटा बीमालेख जारी भएको थियो ।  नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार साउनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सबैभन्दा धेरै बीमशुल्क संकलन गर्दै प्रथम स्थान ओगटेको छ । कम्पनीले कुल ५५ करोड १५ लाख ७० हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको हो । सलिकोले साउनमा कुल २४ हजार ४८० बीमालेख बिक्री गरेको छ ।

यस्तै दोस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साउनमा २७ हजार १८४ वटा बीमालेख बिक्री गरी कुल ४२ करोड ५० लाख ४२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै हिमालयन एभरेष्ट इन्स्योरेन्सले साउनमा कुल ३४ करोड ३७ लाख २२ हजार रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्टले साउनमा १९ हजार ४७० वटा बीमालेख बिक्री गरेको छ ।

सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्सले साउनमा २२ हजार ५८३ वटा बीमालेख जारी गरी ३३ करोड ६८ लाख ५० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४० लाख ६४ हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । साउनमा उक्त कम्पनीले १८ हजार ८६७ वटा बीमालेख जारी गरेको छ ।  

प्राधिकरणको तथ्याङ्कअनुसार साउनमा राष्ट्रिय बीमा कम्पनीले ३ हजार ३९८ वटा बीमालेख बिक्रीबाट २९ करोड ४४ लाख ७६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । युनाईटेड अजोड इन्स्योरेन्सले २६ करोड ४६ लाख ३२ हजार रुपैयाँ बीमाशुल्क उठाउन १६ हजार ७२१ वटा बीमालेख बिक्री गरेको छ ।

साउनमा प्रभु इन्स्योरेन्स, नेका इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र दी ओरियण्टल इन्स्योरेन्स गरी चार कम्पनीले २० देखि २५ करोडको बीचमा बीमाशुल्क संकलन गरेका छन् । प्रभुले ७ हजार ९६५ वटा बीमालेख बिक्रीबाट २५ करोड ६ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै नेकोले २२ हजार ६१३ वटा बीमालेख बिक्रीबट २४ करोड ९८ लाख ८९ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै साउनमा एनएलजीले १६ हजार २०४ वटा बीमालेख बिक्रीबाट २४ करोड ८ लाख ५३ हजार रुपैयाँ संकलन गरेको हो । दी ओरियण्टल इन्स्योरेन्सले ३ हजार ६६९ वटा बीमालेख बिक्रीबाट २० करोड ७२ लाख ४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार नेशनल इन्स्योरेन्सले १९ करोड ६० लाख ९० हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । सो कम्पनीले साउनमा ३ हजार ३७३ वटा बीमालेख बिक्री गरेको हो । सानिमा जिआईसी इन्स्योरेन्सले १३ हजार ८९ वटा बीमालेख बिक्रीबाट १७ करोड ८८ लाख ७३ हजार रुपैयाँ बीमाशुल्क उठाएको छ । यता नेपाल इन्स्योरेन्सले साउनमा सबैभन्दा कम बीमाशुल्क उठाएको छ । सो कम्पनीले १४ हजार १८७ वटा बीमालेख बिक्री गरेर १४ करोड १९ लाख ७ हजार रुपैयाँ बीमा शुल्क उठाएको छ ।

यस्ताे छ साउनकाे बीमाशुल्क संकलनकाे स्थिति:-

१. सगरमाथा लुम्बिनी इन्स्योरेन्सः ५५ करोड १५ लाख ७० हजार रुपैयाँ
२. सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ४२ करोड ५० लाख ४२ हजार रुपैयाँ
३. हिमालयन एभरेष्ट इन्स्योरेन्सः ३४ करोड ३७ लाख २२ हजार रुपैयाँ
४. शिखर इन्स्योरेन्सः ३३ करोड ६८ लाख ५० हजार रुपैयाँ
५. आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ३० करोड ४० लाख ६४ हजार रुपैयाँ
६. राष्ट्रिय बीमा कम्पनीः २९ करोड ४४ लाख ७६ हजार रुपैयाँ
७. युनाईटेड अजोड इन्स्योरेन्सः २६ करोड ४६ लाख ३२ हजार रुपैयाँ
८. प्रभु इन्स्योरेन्सः २५ करोड ६ लाख ८१ हजार रुपैयाँ
९. नेका इन्स्योरेन्सः २४ करोड ९८ लाख ८९ हजार रुपैयाँ
१०. एनएलजी इन्स्योरेन्सः २४ करोड ८ लाख ५३ हजार रुपैयाँ
११. दी ओरियण्टल इन्स्योरेन्सः २० करोड ७२ लाख ४ हजार रुपैयाँ
१२. नेशनल इन्स्योरेन्सः १९ करोड ६० लाख ९० हजार रुपैयाँ
१३. सानिमा जिआईसी इन्स्योरेन्सः १७ करोड ८८ लाख ७३ हजार रुपैयाँ
१४. नेपाल इन्स्योरेन्सः १४ करोड १९ लाख ७ हजार रुपैयाँ

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।