निर्जिवन बीमा कम्पनीहरुले दुई महीनामा संकलन गरे ७ अर्ब बढि बीमाशुल्क

0
Shares

निर्जिवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्ममा कुल ७ अर्ब ८ करोड ४८ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ८ हजार ९७३ वटा बीमालेख बिक्री गरेर ७ अर्ब माथि बीमाशुल्क संकलन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले ७ अर्ब ८ करोड ४८ लाख ५६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । चालु आवको दुई महीनामा बीमा कम्पनीहरुले संकलन गरेको बीमाशुल्क अघिल्लो आवको तुलनामा ७९ करोड ६८ हजार ३ हजार रुपैयाँ अर्थात १०.११ प्रतिशत कम हो । अघिल्लो आव २०७९–८० को दुई महीनामा त्त्काल कायम १९ निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८८ करोड १६ लाख ५९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । मर्जरका कारण पछिल्ला एक वर्षमा पाँच निर्जीवन बीमा कम्पनी घटेका हुन् ।

प्राधिकरणका अनुसार चालु आवको भदौ महीनामा मात्रै कम्पनीहरुले ८ खर्ब ३५अर्ब ३३ करोड १ लाख ६१ हजार रुपैयाँ बीमाङ्क बराबरका १ लाख ९५ हजार १७० वटा बीमालेख बिक्री गरेका छन् । यसबाट बीमा कम्पनीहरुले भदौमा ३ अर्ब ९ करोड ९० लाख ४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले भदौ मसान्तसम्ममा चौध कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ९१ करोड ४७ लाख ७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रो ठूलो बीमाशुल्क उठाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ७३ करोड ४१ लाख ९५ हजार रुपैयाँ संकलन गर्दा तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले भदौसम्म कुल ६६ करोड २४ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार भदौसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६४ करोड २१ लाख २३ हजार रुपैयाँ, आइजिआई प्र्रुडेन्सियल इन्स्योरेन्सले ५५ करोड ५३ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख ८२ हजार रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख १९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी चालु आवको दुई महीना अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख २ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ४२ करोड ८९ लाख ८० हजार रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख ७२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै सानिमा जिआइसी इन्स्योरेन्सले भदौ मसान्तसम्म ३७ करोड ८८ लाख ९४ हजार रुपैयाँ, दी ओरियन्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख ४ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३० करोड ६ लाख ६९ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा नेपाल इन्स्योरेन्सले सबैभन्दा कम २३ करोड ६१ लाख १८ हजार रुपैयाँ रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

कुन कम्पनीले कति बेचे बीमालेख ?

भदौसम्म बीमा कम्पनीहरुले कुल ४ लाख ८ हजार ९७३ वटा बीमालेख बिक्री गरेका छन् ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भदौसम्म सबैभन्दा धेरै ५० हजार ८६१ वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले भदौमा २३ हजार ६७७ वटा र साउनमा २७ हजार १८४ वटा बीमालेख बिक्री गरेको हो । बीमालेख धेरै बिक्री गरेपनि कम्पनी बीमाशुल्क रकमका आधारमा भने दोस्रो स्थानमा रहेको छ ।

यस्तै सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो नेको इन्स्योरेन्स तेस्रो, शिखर इन्स्योरेन्स चौथो र हिमालयन एभरेष्ट इन्स्योरेन्स पाँचौं ठूलो बीमालेख बिक्री गरेका छन् । साउनसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले करि ४६ हजार वटा, नेको इन्स्योरेन्सले ४५ हजार बढी, शिखर इन्स्योरेन्सले ४३हजार र हिमालयन एभरेष्टले ७ हजार वटाभन्दा धेरै बीमालेख बिक्री गरेको छ ।

सबैभन्दा कम बीमालेख नेशनल इन्स्योरेन्सले बिक्री गरेको छ । कम्पनीले भदौमा ३ हजार १०७ वटा र साउनमा ३ हजार ३७३ वटा गरी कुल ६ हजार ४८० वटा मात्र बीमालेख बिक्री गरेको छ । भदौसम्म दी ओरियन्टल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले बिक्री गरेको बीमलेख संख्या पनि ७ हजारभन्दा कम छ ।

यस्तो छ कम्पनीहरुले बिक्री गरेको बीमालेख संख्याः–

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ५० हजार ८६१ वटा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सः ४६ हजार ९५८ वटा

नेको इन्स्योरेन्सः ४५ हजार ३१५ वटा

शिखर इन्स्योरेन्सः ४३ हजार १८६ वटा

हिमालयन एभरेष्ट इन्स्योरेन्सः ३७ हजार ३८७ वटा

आइजिआई प्र्रुडेन्सियल इन्स्योरेन्सः ३६ हजार २६३ वटा

यूनाइटेड अजोड इन्स्योरेन्सः ३१ हजार ९५९ वटा

एनएलजी इन्स्योरेन्सः ३१ हजार ५९ वटा

सानिमा जिआइसी इन्स्योरेन्सः २४ हजार ९२ वटा

नेपाल इन्स्योरेन्सः २२ हजार २२ वटा

प्रभु इन्स्योरेन्सः १५ हजार २८६ वटा

दी ओरियन्टल इन्स्योरेन्सः ६ हजार ६१६ वटा

राष्ट्रिय बीमा कम्पनीः ६ हजार ४८९ वटा

नेशनल इन्स्योरेन्सः ६ हजार ४८० वटा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।