बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि अल्पकालिन दरहरु घट्ने क्रम जारी

0
Shares

वित्तीय प्रणालीमा सहज तरलताको अवस्था हुँदा पनि आधा दर्जन भन्दा धेरै बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि अल्पकालिन ब्याजदर भने निरन्तर घटेको छ । बैंकहरुले निक्षेप जोगाउन भन्दै ब्याजदर बढाउँदा वृद्धि भएको तरलताका कारण अल्पकालिन ब्याजदरमा निरन्तर गिरावट आएको हो ।

बैंकहरुले ब्याजदर बढाई निक्षेप तान्ने खोजे । त्यसका साथै स्थानिय तहको सञ्चितिलाई पनि निक्षेपमा गणना गर्ने माग गरे अनुसार पाए । त्यसले गर्दा वित्तीय प्रणालमिा अधिक तरलता भयो । तर, बैंकहरुमा कर्जाको माग बढ्न सकेन । कर्जा लगानी विस्तार नहुने र ब्याजदर बढाएर समेत लिएको निक्षेपलाई सरकारी ऋणपत्रमा प्रतिस्पर्धामा लगानी गर्नु पर्ने भयो । अधिकतम तरलता ट्रेजरी बिल्सको लगानीमा पनि प्रतिस्पर्धा बढाएपछि डिस्काउन्ट रेट पनि घट्दै आएको हो ।

चालु आर्थिक वर्षको असोज १९ गते निष्काशन भएको २८ दिने ट्रेजरीको डिस्काउन्ट रेट ६ प्रतिशत भन्दा धेरै थियो । त्यसपछि असोज ९ गते निष्कासन भएको सोही अवधिमा ट्रेजरीको औसत डिस्काउन्ट रेट करिब आधाले घटेर ३ प्रतिशतको हाराहारीमा झरेको थियो । डिस्काउन्ट रेट घट्ने क्रम सोमबार पनि कायम रह्यो । सोमबारको ट्रेजरीको डिस्काउनट रेट २ प्रतिशतको हाराहारीमा आएको छ ।

बैंकहरुले स्थानियतहको पैसा र निक्षेपमा ब्याजदर बढाएर अधिक तरलता देखाइ ब्याज आम्दानी गर्न खोजेका थिए । बैंकहरुले निक्षेप संकलन र रिभर्स रिपो मार्फत ब्याज आम्दानी गर्न खोजेका थिए । तर, केन्द्रीय बैंकले बैंकहरुको अधिक तरलतालाई सरकारी ऋणपत्र उठाउन प्रयोग ग्रयो । त्यसले गर्दा बैंकहरु विच प्रतिस्पर्धा बढ्दा सरकारलाई आन्तरिक ऋणको लागत घटेको हो ।

सोमबार सरकारले कुल १८ अर्ब ५ करोड रुपैयाँ बरावरको ट्रेजरी बिलस् नविकरण गरेको छ । त्यस मध्ये २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड र १८२ दिन अवधिको ५ अर्ब ३० करोडको रहेको छ । यी तीनै प्रकारका ट्रेजरीको औसत डिस्काउन्ट रेट घटेर नविकरण भएको छन् ।

सोमबार २८ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट २.९०२९ प्रतिशत कायम भएको छ । यसभन्दा अघि असोज ९ गते २८ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट ३.४४११ प्रतिशत थियो । त्यसैगरी ९१ दिनेको औसत डिस्काउन्ट रेट ५.०५२६ प्रतिशत कायम भएको छ । यासभन्दा अघि असो ९ गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३५२३ प्रतिशत थियो । साथै सोमबार १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३४९८ प्रतिशत कायम भएको छ । असोज ९ गते १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ५.३९४३ प्रतिशत रहेको थियो ।

असोज महिना लेगपछि अन्तर बैंक ब्याजदर २ देखि ३ प्रतिशतको विचमा रहेको छ । त्यसैगरी ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि ३ प्रतिशत भन्दा तल आएको छ भने विकास ऋणपत्रको कट अफ रेट ७ प्रतिशतमा स्थिर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।