धितोपत्र बजार आफै घटवढ हुन्छ, चलाउन खोजेको बजार धेरै टिक्दैन

0
Shares

शेयर बजारमा चलखेल सामान्य हो । तर, चलखेलका कारण शेयर मूल्यमा हुने उतारचढाव दिर्घकालीन हुदैन । स्वस्थ धितोपत्र बजारमा शेयरको मूल्य निर्धारण माग र आपुर्तिले निर्धारण गर्छ ।

मंगलबार नेपाल टेलिकम र साग्रिला डेभलपमेन्ट बैंकको शेयर मूल्यमा देखिएको उतारचढावले पनि शेयर मूल्यको नियमन बजारले नै गर्छ भन्ने देखाएको छ । यी दुई कम्पनीले लाभासं घोषणा गरेर मंगलबार देखि शेयरधनी दर्ता किताव बन्द (सोमबार भन्दा पछि शेयर किन्नेले कम्पनीले दिने लाभासं नपाउने) गरेका छन् । यी दुबै कम्पनीले शेयरधनीलाइ दिने भनेको नगद लाभाश बजार मूल्यको १० प्रतिशत भन्दा थोरै भएको हुनाले मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मूल्य समायोजना गरेन । तर, मंगलबार नेपाल टेलिकम र सांग्रीला डेभलपमेन्ट बैंकको शेयर मुल्य बजारले आफै समायोजन गरिदिएको छ ।

नेपाल दूरसञ्चार कम्पनीले प्रतिशेयर ४५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । सो नगद लाभांश कम्पनीको धितोपत्रको दोसो बजारमा कारोबार भएको शेयर मूल्यको १० प्रतिशतभन्दा कम भएकाले समायोजन नभएको हो । पुस १४ गते कम्पनीको बजारमूल्य प्रतिकित्ता ६६२ रहेको छ । यसअनुसार शेयरमूल्य समायोजन हुन कम्तिमा ६६ रुपैयाँ २० पैसा वा सो भन्दा धेरै लाभांश वितरण गर्दा मात्र शेयरमूल्य समायोजन हुने गर्दछ । तर, मंगलबार कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९ रुपैयाँले घटेको छ । यो भनेको कम्पनीको कम्पनीले दिएको लाभासं भन्दा ६ रुपैयाँ थौरै शेयर मुल्य घटेको हो ।

यसैगरि सांग्रिला डेभलपमेन्ट बैंकको पनि दोसो बजारमा प्रतिकित्ता शेयरमूल्य १४३ रुपैयाँ छ तर बैंकले कर सहित ८.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोले शेयरमूल्य समायोजन भएन । तर, मंगलबार बैंकको पनि प्रतिकित्ता सेयर मूल्य ५ रुपैयाँ घटेको छ । मंगलबार बैंकको शेयर मूल्यमा आएको गिरावट भन्दा नगद लाभांस ३ रुपैयाँ ९५ पैसा धेरै छ ।

यी दुई कम्पनीको उदाहरणले धितोपत्र बजार वढ्न पर्छ वा घट्न पर्छ भन्ने लगानीकर्ता तथा सरोकारवालालाई बलीयो सन्देश दिएको छ । धितोपत्र बजार कसैले चलाउने भन्दा पनि आफै चल्ने र चल्न दिने क्षेत्र हो । त्यसैले लगानीका आधारमा बजार मूल्य घट्ने वा वढ्ने हुनु पर्छ भन्ने लगानीकर्ताले बजारको गतीविधिलाई सवतन्त्र हुनु पर्छ भन्ने बुझ्न जरुरी छ । कसैले बजारलाइ वढायो वा घटायो भन्ने विषय बाहिर बारम्बार आउने गरेका छन । तर, यसरी चलखेलका कारण बजार मूल्य आउने उतारचढाव दिर्घकालीन रुपमा टिक्न सक्दैन ।

शेयर बजारमा धितोपत्रको माग र आपुर्तिका आधारमा मूल्य निर्धारण हुने नेपाल स्टक एक्सेचेन्ज(नेप्से)का सहायक प्रबन्धक निरञ्जन फुयालले बताए । “साना कम्पनीको शेयर मूल्यमा चलखेलको प्रयास हुने भएपनि ठुलो पूँजी भएका कम्पनीको शेयर मूल्यमा चलखेल गर्न खोजे पनि सम्भव नहुने हुन्छ,” उनले भने,“त्यसैले बजारलाई चलखेल गर्न गराउन भन्दा पनि स्वतन्त्र छोडेको खण्डमा पनि बजार आफैले शेयर मूल्य निर्धारण तथा सेयर मूल्यको नियमन गर्छ ।”

नेप्सेले कुनै पनि कम्पनीको शेयर मुल्य १० प्रतिशत भन्दा धेरैले घट्ने वा वढ्ने गरेमा सर्किट लगाएर रोक्छ । त्यसैले बजार मूल्यको १० प्रतिशतको शेयर मुल्य समायोजन नगरी बजारलाइ नै निर्धारण गर्न छोडिदिन्छ । सोही अनुरुप बजारले पनि नगद लाभासं अनुसारको शेयर मूल्य अटोमेटीक रुपमा समायोजन गर्ने गरेको फुयालको भनाइ छ । नगद लाभांश समायोजनको सन्दर्भमा कुरा गर्दा कतिपय राष्ट्रहरुमा जति लाभांश दिएपनि मूल्य समायोजन गर्ने चलन छ ,कतिपयमा निश्चित प्रतिशत तोकिएको हुन्छ, जस्तो हाम्रोमा बजार मूल्यको दश प्रतिशत भन्दा थोरै नगद लाभांश नेप्सेले समायोजन गर्दैन तर बजारले भने स्वत प्रतिक्रिया जनाउने उनले बताए ।

शेयर बजार घट्ने वा वढ्ने विषय भनेको सरकारको नीतिगत व्यवस्था, कम्पनीको कार्यसम्पादन अवस्था तथा समग्र अर्थतन्त्रको अवस्थाले निर्धारण गर्ने हुन्छ । सेयर बजारमा कुनै व्यक्ति वा संस्थाका कारणले मात्र सेयर बजार घटवढ हुने भन्ने हुदैन ।स्वतन्त्र बजार आफैले शेयरको माग र आपुर्तिको आधारमा घट्ने वढ्ने गर्छ ।

पछिल्लो समयमा २ अर्ब चुक्ता पुँजी भएका बैंकहरुले ८ अर्व पु¥याएका छन । यसका साथै बैंकहरुले चुक्ता पुँजी वृद्धिको अनुपातमा लगानीकर्तालाइ दिने प्रतिफल दिन नसकेको अवस्था छ । अधिक आपुर्तिका कारण निरन्तर घटेको शेयर बजारमा कम्पनीले दिने प्रतिफलमा समेत कमी आएपछि लगानीकर्ता शेयर बजारवाट बाहिरन खोज्दा झनै घट्दो क्रममा देखिएको हो ।

लगानीकर्ताले उपयुक्त प्रतिफल नपाउने भएपछि शेयर बजारको विकल्पको खोजी गरी लगानी स्थानान्तरण गरेको हुनाले पनि शेयर बजार निरन्तर घटेको हुन सक्छ । पूँजी भनेको जहिले पनि धेरै प्रतिफल आउने क्षेत्र तर्फ मात्र जाने भएकाले पनि शेयर बजारमा लगानी वढ्न नसक्दा थप सुधार आउन नसकेको हुन सक्छ । तर, स्वतन्त्र बजारमा शेयर परिसूचक घट्ने र वढ्ने पनि स्तवतन्त्र हुने भएकाले कसैलाइ दोष देखाउनु भनेको लगानीमा भएको नोक्सानी प्रति मन बझुाउनका लागि गरीने गाली मात्र हो । ती उदाहरण्ण प्रस्तुत गरीएका कम्पनीको शेयर मुल्य जसरी स्वत समायोजन भयो त्यसैगरी नै बजारको उतारचढाव पनि हुनुपर्छ ।