पाँच वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशत माथि, बैंकहरुको करिब एक खर्ब २८ अर्ब जोखिममा

0
Shares

सञ्चालनमा रहेको आधा दर्जन वाणिज्य बैंकहरुको खराब कर्जा ५ प्रतिशत नजिक पुगेको छ । गत असारसम्मको तथ्याङक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, कुमारी, प्राइम र प्रभु बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि पुगेको हो ।

बैंकहरुको खराब कर्जा बढ्नु भनेको सम्पत्तिको गुणस्तरमा ह्रास आएको भन्ने बुझिन्छ । त्यसका साथै खराब कर्जा बढ्दा संस्थाको आम्दानीमा तथा लाभांश वितरण क्षमतामा असर गर्ने पुर्व बैंकर परशुराम कुवँर क्षेत्रीले बताए । “खराब कर्जा धेरै हुनु भनेको संस्थाको सम्पत्तिको गुणस्तर कमजोर भएको हो,” उनले भने,“खराब कर्जा ५ प्रतिशत भन्दा माथि हुँदा नियामकीय तहबाट हुने सृजना हुने अफठ्याराहरु खासै छैन ।” केन्द्रीय बैंकले तोकेको खराब कर्जाका सीमा ५ प्रतिशत नाघेको खण्डमा विदेशमा शाखा तथा सम्पर्क कार्यालय विस्तारमा रोक लगाउने तथा कार्यक्षेत्र विस्तार र संस्था स्तरोन्नतीमा रोक लगाउने व्यवस्था छ ।

तर, संस्थागत निक्षेपकर्ताले निक्षेप राख्नका लागि तोक्ने मापदण्ड पनि खराब कर्जा ५ प्रतिशत भन्दा धेरै भएको हुन नहुने व्यवस्था गरेका छन् । संस्थागत निक्षेपकर्ताको यो मापदण्डले भने बैंकहरुलाई असर गर्ने क्षेत्रीले बताए । संस्थागत निक्षेप ल्याउन तथा प्रतिस्पर्धा गर्ने क्षमतामा ह्रास आउने उनको भनाई छ ।

गत असारसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जाको अंश ४.३५, हिमालयन बैंकको ४.५६, कुमारी बैंकको ४.७७, प्राइम कमर्सियल बैंकको ४.२३ र प्रभु बैंकको ४.१६ प्रतिशत रहेको छ । खराज कर्जा ४ प्रतिशत भन्दा माथि हुने सबै बैंकहरु मर्जरमा गएका थिए ।

\उल्लेखित बैंकहरुको खराब कर्जालाई रकममा हेर्दा नेपाल इन्भेमन्ट मेगा बैंकको १३ अर्ब ७४ करोड, हिमालयन बैंकको ११ अर्ब ६ करोड, कुमारी बैंकको १३ अर्ब ७३ करोड, प्राइम बैंकको ६ अर्ब ८९ करोड र प्रभु बैंकको १० अर्ब रुपैयाँ बरावरको निष्क्रिय कर्जा रहेको छ ।

वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा पनि करि ३ गुणाले बढेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत असारसम्ममा वाणिज्य बैंकहरुको औसत खराब कर्जा २.९८ प्रतिशत रहेको थियो । अघिल्लो आव २०७८/२०७९ असार अन्तिमसम्ममा वाणिज्य बैंकहरुको औसत खराब कर्जा १.२० थियो । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ९० अर्ब ७६ करोड रहेको छ । कुल कर्जामा खराब कर्जाको औसत अंश २.९८ प्रतिशतका आधारमा बैंकहरुको एक खर्ब २७ अर्ब ८६ करोड रुपैयाँ बराबरको कर्जा लगानी जोखिममा परेको हो ।

गत आर्थिक वर्षमा सरकारी लगानी रहेका भन्दा निजी क्षेत्रका बैंकहरुको औसत खराब कर्जा धेरै छ । गत आवमा सरकारी बैंकहरुको औसत खराब कर्जा २.७८ प्रतिशत छ । त्यसैगरी निजी क्षेत्रका बैंकहरुको औसत खराब ३.०१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा सरकारी बैंकहरुको औसत खराब कर्जा १.८६ प्रतिशत रहेको थियो भने निजी क्षेत्रका बैंकहरुको औसत १.०९ प्रतिशत मात्र रहेको थियो । गत आर्थिक वर्षमा सरकारी बैंकहरुले कर्जा अपलेखन बढाएकाले पनि खराब कर्जा घटेको हुन सक्ने अनुमान छ ।

बैंकहरुले खराब कर्जा घटाउनका लागि कर्जा अपलेखन गर्ने वा सकार्ने गर्छन । बैंकहरुले खराब कर्जा घटाउन धितो सकार्ने र कर्जालाई खराब कर्जाबाट हटाउने गर्छन् । पछिल्लो समयमा बैंकहरुलाई जग्गाको सीमाका कारण धितो सकार्न समस्या भइरहेको छ । जसले गर्दा पनि खराब कर्जा धेरै देखिन पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।