नेपालमा लगानी गर्ने अवसरको बारेमा जानकारी नै थिएनः युजीन एस एसेभेडो

0
Shares

एसियन बैंकर्स एसोसिएसन (एबीए) का अध्यक्ष युजीन एस एसेभेडोले नेपाल लगानी गर्ने धेरै अवसर रहेको बताएका छन् । एबीएको नेपाल सम्मेलनले लगानी गर्ने अवसरको बारेमा बुझ्ने मौका पाएको भन्दै उनले आगामी दिन लगानीको विषयमा पनि सोच्ने बताएका हुन् ।

एबीएको सम्मेलन नेपालमा आयोजना गर्ने अवसर नेपाल बैंकर्स संघको पहलमा सम्भव भएको बताउँदै उनले भने, “जलविद्युत लगायतका धेरै क्षेत्रमा लगानी गर्ने अवसर रहेछ ।” एबीएको पत्रकार सम्मेलमा उनले नेपाल सरकार तथा केन्द्रीय बैंकले नेपालमा लगानी गर्ने अवसर रहेको विषयलाई बाहिर ल्याउनुपर्ने सुझाए ।

विकसित अर्थतन्त्रका बैंकहरुले लगानी गर्ने अवसर नभएको बताउँदै एसेभेडोले भने,“जापनिज बैंकहरुले इण्डिया, थाइल्याण्ड फिलिपिन्स लगायतका देशहरुमा लगानी गर्दै आएका छन्, नेपालमा पनि अवसर छ भनेर जापनिज बैंकहरुले थाहा पाएको खण्डमा उनीहरुले पनि लगानी गर्छन सक्छन् ।” नेपालमा अवसर धेरै भएर पनि प्रचार प्रसार नभएका कारण लगानी नआएको उनको बुझाइ छ ।

पछिल्लो समयमा कारोना महामारी तथा रसिया युक्रेन युद्धले विश्व अर्थतन्त्र नै समस्या पुगेको उनले बताए । अर्थतन्त्रमा देखिएको समस्याले उच्च ब्याजदर, महङ्गी तथा मागको कमी जस्ता समस्याहरु देखिएको उनको भनाइ छ । “अहिलेको अवस्थामा नेपाल अर्थतन्त्र मात्र समस्या नभई अरु देशकको अर्थतन्त्रको अवस्था पनि त्यस्तै भएकाले नेपालको खर्थतन्त्र खराब भन्न मिलदैन,” उनले भने, “महङ्गी घटाउनका लागि बढाएको ब्याजदरले कर्जाको माग नढ्न सकेको छैन । त्यसका साथै अर्थतन्त्रमा देखिएको समस्याले ऋणीले पुरानौ उद्योग व्यवसाय बचाउन गह्रो परेको हुनाले पनि नयाँ ऋण लिएको छैन ।” अर्थतन्त्रमा देखिएको मूल्य वृद्धिको समस्या गैह्र मौद्रिक औजार मार्फत नियन्त्रण गर्नुपर्ने उनको तर्क छ ।
दिगो अर्थतन्त्रका लागि बैंकहरुले आफैँ लगानी गर्ने भन्दा पनि कर्जा दिने भएकाले कर्जा लिनेमा भर पर्ने उनले बताए । बजारमा माग बढेरभन्दा पनि आपूर्ति श्रृखला अवरोध हुँदा महङ्गी बढेको बताए । पछिल्लो समयमा विश्व अर्थतन्त्रमा केही सुधार देखिएको बताउँदै उनले भने, “आगामी वर्षको पहिलो तथा दोस्रो त्रैमासदेखि व्याजदर घट्न थाल्छ ।”

नेपालमा मात्र नभई एसियन मुलुकहरुमा रेमिट्यान्समा भरपर्ने गरेको अवस्था छ । रेमिट्यान्सले अर्थतन्त्र चलायमान बनाउने भन्दा पनि उपभोग बढाउने गरेको बताउँदै एसेभेडोले भने, “पैसा कमाउन विदेश गएको व्यक्तिले पैसा कमाएर आफ्नो जीवनस्तर सुधार गर्न चाहन्छ, त्यसैले हामीले कसैको इच्छा मार्नु हुँदैन ।” रेमिट्यान्समा भर पर्ने मुलुकहरुले त्यसको विकल्प खोज्नुपर्ने उनको सुझाव छ ।

उनले बैंकहरुको खराब कर्जाले पाठ सिकाउने उनको भनाई छ । “खराब कर्जाले नियमक र बैंकलाई दबाब दिने तथा सचेत बनाई राख्छ,” उनले भने । नेपाली बैंकिङ क्षेत्रको खराब कर्जा निकै न्यून हो । फिलिपिन्सका बैंकहरुको खराब कर्जा नेपाली बैंकहरुको तुलनामा दोब्बर रहेको समेत उनले जानकारी दिए ।

बैंकहरुले व्यवसायीहरुलाइ पनि बचाउँदै अर्थतन्त्रलाइ गति दिनुपर्ने बताए । अहिलेको जटिल समयमा समस्यामा परेर कर्जा तिर्न नसकेका ऋणीलाई पुनरतालिकीकरण वा पुनरसंरचना गरेर सहज बनाउनुपर्ने उनकाले भनाइ छ । ऋणीले कर्जा नै नतिर्ने नियत राखेको भन्नुभन्दा पहिला ऋणीको जटिलतालाई बैंकहरुले मनन गर्नुपर्ने उनी बताउँछन् ।

कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली बैंकहरु विदेशमा जान सक्ने अवस्था छ कि छैन भन्ने विषयले चर्चा पाएको बताए । “नेपाली बैंकहरु विदेशमा उपस्थित हुन सक्षम छन्,” केसीले भने, “आगामी वर्षसम्ममा दक्षिण एसियामा नेपाली बैंकहरुको उपस्थिति गराउनुपर्नेछ ।” दक्षिण एसियाबाट क्रमशः ग्लोबल भिलेजमा पुग्ने योजना अनुसार अघि बढ्ने योजना रहेको उनले सुनाए । एसियन बैंकिङ रोडम्याप फर रिकभरी एन्ड सस्टेन्ड ग्रोथ विषयक सम्मेलनमा एबीएका सदस्य बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।