नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालले सेयरधनीलाई अगामी आर्थिक वर्षमा १५ प्रतिशत लाभांश दिनसक्ने प्रक्षेपण गरेको बताएका छन् ।
बुधबार सेयर बाँडफाँड कार्यक्रममा बोल्दै सीईओ खनालले आजको दिनमा अर्को प्रतिस्पर्धी नभएका कारण राम्रो बिजनेश र मार्केटिङ्ग रणनीतिमा गएर लगानीकर्तालाई राम्रो प्रतिफल वितरण गर्नसक्ने उनको विश्वास छ । त्यसअनुसार नै कामलाई अगाडि बढाइसकेको समेत उनले बताए । पूर्ण रुपमा सञ्चालनमा गएर काम गर्न सकिएको खण्डमा आगामी १५ वर्षसम्म कम्पनीको विस्तार हुँदै जानसक्ने आंकलन उनको छ । उनले आगामी आर्थिक वर्षमा बैंकको तरलताको अवस्था सहज भइ वेयर हाउस कम्तिमा ८५ प्रतिशत स्टोरेज क्षमता सञ्चालन गर्न सके लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने बताएका हुन् ।
सीईओ खनालले कम्पनीले निर्माण गर्ने तीनवटामध्ये दुई वटा साइलोको निर्माण भई सञ्चालनको अवस्थामा रहेको र अर्को एउटा पनि आगमी त्रैमासमा सम्पन्न हुने चरणमा रहेको बताए । सुनसरी जिल्लाको औरामनीमा १५ हजार मेट्रिक टन क्षमता सहित व्यवसाय प्रारम्भ गरिसकेको र पर्सा जिल्लाको विरुवागुठीमा २५ हजार मेट्रिक टन क्षमताको स्टोरेजको निर्माण भैसककको बताए । साथै यसै सिजनमा दुबै स्थानमा गहुँ र मकैको भण्डारण थाल्ने उनको भनाई थियो । कपिलवस्तुमा निर्माण गर्न लागिएको १५ हजार मेट्रिक टन क्षमताको गहुँ भण्डारण साइलो जडानमा चीनमा फैलिएको कोरोना महामारीका कारण समान जडान कार्य तथा आपूर्तिमा एक वर्ष ढिला भएपनि आगामी त्रैमासबाट सञ्चालनमा आउने उनले बताए ।
नेपालमा वेयर हाउसको बिजनेश नयाँ भएपनि आफूहरुले भारतको अनुभवी नेशनल कमोडिटीज म्यानेजमन्ट सर्भिस लिमिटेडको प्राविधिक परामर्शमा कार्य अगाडि बढाइएको उनले बताए । सीईओ खनालले भने, “एनसीएमएलले नै निर्माण गरेको कोर बिजनेश सफ्टवेयर तयार गरेर हामीले काम गछौं । यसले ग्राहकले भण्डारण गरेको अन्नको विवरण विद्युतीय रुपमा रकेर्ड राख्ने र त्यस अनुसारको काम गर्नेछ । ”
उनका अनुसार देशभित्र गहुँ र मकैको उत्पादन मात्रै प्रतिवर्ष २० लाख मेट्रिक टन र धानको उत्पादन २५ लाख मेट्रिक टन हाराहारीमा हुने गरेको छ । नेपाल वेयर हाउजिङ्गले निजर्माण गरेको साइलोको भण्डारण क्षमता भनेको ५५ हजार मेट्रिक टन मात्र रहेकाले अझैपनि गहुँ, मकै, धान, भटमास जस्ता सबै अन्न भण्डारण गर्ने हो भने स्थानको अभाव रहेको बताए । गहुँ र मकैको मात्र भण्डारण गर्ने हो भने पनि हाम्रो भण्डारण क्षमता बराबर हुन्छ । उनले भने । एकातिर कृषक तथा उद्यमीहरुले उपयुक्त ठाउँमा भनेको जस्तो गोदाम पाउने अवस्था छैन भने अर्कोतिर गोदाम पाएपनि आपूर्ति गरेको परिमाण नसकिँदासम्म चर्को गोदाम भाडा तिर्नुपर्ने अवस्था रहेकाले वेयर हाउजिङ्गमा आउँदा स्टोरेज समय र परिमाणका आधारमा मात्रै भाडा लाग्ने भएकाले पनि यसले ग्राहकलाई आकर्षिकत गर्ने उनको ठम्याई छ । व्यक्तिगत रुपमा गोदाम राख्दा बीमा, सुरक्षा, अन्नबाली संरक्षण गर्नका लागि विभिन्न किसिमका औषधि र अन्य धेरै झण्झटिला काम गर्नुपर्ने भएकाले पनि वेयर हाउजिङ्ग त्यसको समाधान भएको उनले जिकिर गरे । अहिले परम्परागत ढंगले गोदाम राखिरहेका उद्यमीहरुल पनि आफ्नो सेवा लिन आउने उनले बताए ।
कृषकका अलवा देशभित्र उत्पादन भएको आन्तरिक उत्पादनले मात्र नपुग्दा भारत तथा तेस्रो मुलुकहरुबाट समेत खाद्ययान्न आयात गर्नुपर्ने अवस्था रहेकाले गहुँ र मकै जस्ता अन्नबाली दाना उत्पादक तथा फुड प्रोसेसरहरुले वेयर हाउसको प्रयोग गर्ने उनको बुझाई छ । अर्कोतर्फ वेयर हाउसमा भण्डारण गर्ने ग्राहकलाई वेयर हाउस रिसिप्ट मार्फत बैंकसँग लगानी गर्न लागि समेत सहजीकरण गर्नेगरी नेपाल राष्ट्र बैंक र अन्य बैंकहरुसँग समेत ऋण प्राप्त गर्ने गरी उचित व्यवस्थापन गरिएको उनले बताए । कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयर हाउस रसिद आधारमा बैंक तथा वित्तीय संस्थाहरू मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको बताएको हो ।
हाल कम्पनीले पाइलट प्रोजेक्टका आधारमा तीनवटा वेयर हाउस सञ्चालन गरेको र यसबाट आउने प्रतिक्रियाबाट थप तीन ठाउँमा निकट भविष्यमा नै विस्तार गर्ने योजना बनाएको उनले बताएं । नेपाल धितोपत्र बोर्ड कमोडिटी एक्सचेञ्जको इजाजत दिने अन्तिम चरणमा रहेकाले कमोडिटी एक्सचेञ्ज सञ्चालनमा आए वेयर हाउस अत्यावश्यक पुर्वाधार रहेको उनले बताए । आपूर्ति श्रृंखलासँग आबद्ध रहेर उद्योग वा संस्थाको रुपमा आफूहरुले काम गर्न सबताउँदै रणनीतिक मार्केटिङ्ग र क्रियाकलाप मार्फत कम्पनीले आफ्नो सेवाका बारेमा बुझाउने र आफनो कामबाट नै प्रमाणित गरेर बिजनेश वृद्धि गर्दै जान लक्ष्य रहको उनले बताए ।
वेयर हाउजिङ्ग कम्पनी
खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्योगिक प्रतिष्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएर स्थापना गरिने ठू–ठूला स्टीलको गोदाम वेयर हाउजिङ्ग हो ।
कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्डारण गृह सञ्चालनमा हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा विक्री गर्नुपर्ने बाध्यता कृषकसँग हुँदैन । केहि महिनाअघि सस्तोमा बिक्री गरेको खाख्यान्न छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने समस्यालाई समेत वेयर हाउसले न्यूनीकरणमा सहयोग पु¥याउँछन् ।
साइलोहरु अन्नबालीमा किरा फट्याङ्ग्रा नलाओस् र गुणस्तरमा कमी आउन नदिई किसानले उत्पादन गरेको अन्नलाई सदैव स्वच्छ, ताजा राखिराख्नेगरी खडा गरिन्छ । यसरी राखिएको अन्न भाडा लिएर भण्डारण गरिन्छ भने तोकिएको मापदण्ड अनुसार सम्बन्धीत ग्राहकलाई फिर्ता दिइन्छ । यसले कृषिको आधुनिकीकरण र कृषकहरुलाई आफ्नो उत्पादनहरुको संरक्षण र कृषिमा लगानी गर्न चाहने व्यवसायी र लगानीकर्तालाई आकर्षक अवसर दिएको छ ।ं
यसअघिसम्म नेपालमा यो प्रविधि थिएन । खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु उदेश्यका साथ कम्पनी ऐन, २०६३ बमोजिम विसं २०७५ सालमा नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड दर्ता भएको हो । कम्पनी २०७८ सालमा पब्लिक बनेको थियो । कम्पनीले सञ्चालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेको छ । यसमध्ये एभरेष्ट बैंकको सहवित्तीयकरणमा हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंकले ९४ करोड ऋण लगानी गरेका छन् बाँकी ६८ करोड ७५ लाख स्वःपुँजीबाट परिचालन गरिने कम्पनीले बताएको छ ।
कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेजचर्स, टिएनआई, .निफ्रा, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, अध्यानता फन्ड म्यानेजमेन्ट समेतको लगानी रहेको छ । कुल लगानी ६८ करोड ७५ लाखको ८० प्रतिशत अर्थात ५५ करोड लगानी संस्थापकबाट जुटाइएको छ । बाँकी २० प्रतिशतमा सर्वसाधारणको लगानी छ ।
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरि सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेको छ र सो समेत आगामी त्रैमासिक सम्ममा सञ्ंचालनमा आउने बताएको छ । कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मुल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकबोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ ।
साधारण सेयरअघि चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेकोमा आईपीओ निष्काशन पश्चात इक्वीटी लगानी ६८ करोड ७५ लाख रुपैयाँ पुगेको छ । परियोजनाको कुल लागत १ अर्ब ६२ करोड ७५ लाख रहेको छ । कुल लगानी ६८ करोड ७५ लाखको ८० प्रतिशत अर्थात ५५ करोड लगानी संस्थापकबाट जुटाइएको छ । बाँकी २० प्रतिशतमा सर्वसाधारणको लगानी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया