मौद्रिक सर्वेक्षणको दायरा विस्तार गर्दै राष्ट्र बैंक, गैर-बैंकिङ संस्थाहरुलाई पनि सहभागि गराइने

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक सर्वेक्षणको दायरा फराकिलो बनाउने भएको छ । बैंक/वित्तीय संस्था मात्र नभई गैर–वित्तीय संस्थाहरुलाई पनि सहभागी गराई समग्र वित्तीय क्षेत्रको सर्वे गर्ने तयारीमा केन्द्रीय बैंक जुटेको हो ।

राष्ट्र बैंकले हाल सर्वसाधारणबाट निक्षेप लिने वित्तीय संस्थाको तथ्याङकका आधारमा मात्रै मौद्रिक सर्वे गर्ने गरेको छ । तर, मौद्रिक सर्वे वित्तीय क्षेत्रका गैर वित्तीय संस्थाहरुको वासलातलाई पनि समावेश गर्ने तयारी गरेको हो । यसका लागि केन्द्रीय बैंकले प्रारम्भीक तयारी समेत पूरा गरी सरोकारवालाहरुसँग छलफल गरेको छ ।

केन्द्रीय बैंकले मौद्रीक सर्वेको दायरलाई विस्तार गरेर नाम पनि फाइनान्सीयल कर्पोरेसन सर्वे प्रस्ताव गरेको छ । त्यसका साथै उक्त फाइनान्सीय कर्पोरेसन सर्वेमा सर्वसाधारणबाट निक्षेप लिने र नलिने वित्तीय संस्थालाई सहभागी गराइनेछ । उक्त सर्वैमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, समाजिक सुरक्षाकोष लगायतको वासलातलाई पनि सहभागी गराइने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

केन्द्रीय बैंकले मासिक रुपमा प्रकाशित गर्ने देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा बैंक तथा वित्तीय संस्थाका अलवा बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतलाई पनि मौद्रीक सर्वेक्षणमा समावेश गर्ने भएको हो ।

“केन्द्रीय बैंकले मोनिटरी सर्वेमा सर्वसाधारणवाट निक्षेप लिने मात्र नभई गैर वित्तीय संस्थालाई पनि सहभागी गराई विस्तारीत सर्वै गर्ने तयारी गरिएको हो,” ती अधिकारीले भने,“यो सर्वेमा कन्ट्रयाक्टचुल सेभिङ गर्ने तथा बीमा कम्पनीहरुलाई पनि सहभागी गरीनेछ ।” कन्द्रीय बैंकको अनुसन्धान विभागले मासिक रुपमा तयार गर्ने देशको बर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई थप व्यवहारीक बनाउने प्रयास भएको ती अधिकारीको भनाई छ ।

केन्द्रीय बैंकले मासिक रुपमा सार्वजनिक गर्दे आएको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको मोनिटरी सर्वेमा विस्तृत मुद्रा प्रदाय, संकुचित मुद्रा प्रदाय, विदेशी विनिमय सञ्चिति, निजी क्षेत्र तर्फका कर्जा लगायतका तथ्याङकहरु समावेश हुन्छ । यस्ता तथ्याङक संकलन गर्ने क्रममा कन्द्रीय बैंकले गैर वित्तीय संस्थाको पनि समावेश गरेर फाइनान्सियल कर्पोरेसन सर्वे गर्न खोजेको हो ।

फाइनान्सीयल कर्पोरेसन सर्वेको खाका तयार गर्ने स्टेक होल्डरहरुसँग छलफल पनि गरीसकेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले यसलाई कहिले देखि सुरु गर्छ भन्ने एकीन भने भैसककेको छैन ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा कर्जा लगानी कति गरे भन्ने तथ्याङ्क आइरहेको अवस्था छ । फाइनान्सियल कर्पोरेसन सर्वेले सम्पूर्ण वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा कति कर्जा लगानी भएको छ भन्ने तथ्याङ्क ल्याउनेछ । त्यसका साथै जीवन बीमा कम्पनी, नगरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा लगायतले पनि कर्जा लगानी गर्ने हुँदा त्यसको तथ्याङ्क पनि समावेश गरी बृहत मौद्रिक सर्वेको तथ्याङ्क तयारी गरिने केन्द्रीय बैंकले जनाएको छ । यसरी विस्तारित तथ्याङ्क आउँदा अर्थतन्त्रको अवस्था अनुसार नीतिगत निर्णयहरु लिन समेत सहज पुग्ने राष्ट्र बैंकको बुझाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।