अमेजनले सन् २०२५ सम्ममा भारतमा दश लाख रोजगारी सिर्जना गर्ने

0
Shares

अमेरिकी ई–कमर्स कम्पनी अमेजनले सन् २०२५ सम्ममा भारतमा थप दश लाख मानिसहरुलाई रोजगारी प्रदान गर्ने भएको छ। शुक्रबार अमेरिकी खुद्रा बिक्रेता अमेजनले जारी गरेको विज्ञप्तीमा अमेजनले टेक्नोलोजी, पूर्वाधार, सीप विकास, सामग्री निर्माण, लजिस्टिक नेटवर्कमा निरन्तर लगानीको माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ति रोजगारी सिर्जना गर्ने योजना बनाएको छ।

तीन दिने भारत भ्रमणका क्रममा रहेका अमेजनका सीईओ जेफ बेजोसले उक्त रोजगारीको अवसर ६ वर्ष अवधिमा हालसम्म कम्पनीले सिर्जना गरेको ७ लाख रोजगारीभन्दा अतिरिक्त हुने बताए।

मंगलबार भारतको राजधानीमा आयोजित दुई दिवसीय शिखर सम्मेलनमा उनले तीन हजार भन्दा बढी साना र मध्यम व्यवसायलाई सम्बोधन गर्दै भारतको एमएसएमईको डिजिटलीकरणमा लगानी गर्ने प्रतिबद्धताबाट सन् २०२५ सम्ममा भारतबाट १० अर्ब डलर बराबरको निर्यात गर्न सक्षम हुने बताए। यस लगानीले भारतमा १० करोड व्यापारी, साना र मझौला व्यवसायहरू अनलाइन ल्याउन मद्दत गर्ने बताइएको छ।

 

अमेजनका संस्थापक र सीईओ जेफ बेजोसले भनेका छन् हामी आगामी १० बर्षमा भारतमा दस लाख नयाँ रोजगारी सिर्जना गर्न लगानी गरिरहेका छौं, हामीले हाम्रा कर्मचारीहरूको ठूलो योगदान देखेका छौं, साना व्यवसायबाट बनाइएको असाधारण रचनात्मकता र साझेदारीले आफुहरुलाई किनमेल गर्ने ग्राहकहरुबाट अगाडि के गर्ने भनेर ठूलो उत्साह मिलेको बताएका छन्।

अमेजनको उपस्थिति र उसले दिने छूट दिने नीतिका कारण आफ्नो कारोबार प्रभावित भइरहेको भन्दै भारतको स्थानीय खुद्रा बजारमा नकारात्मक असर परेको भन्दै हजारौं साना व्यापारीले मुलुकभरका कयौँ सहरमा बेजोसको विरोध गरिरहेका छन्।

सो विरोधको बचाउ गर्दै भारतका व्यापारमन्त्री पीयूष गोयलले १० अर्ब डलर लगानी गर्ने लक्ष्य राखेको अमेजनलाई हरेक वर्ष एक अर्ब डलर घाटा पनि बेहोर्नुर्पर्ने हुनसक्ने भएकाले उनीहरूले अरबौं डलर लगानीको जोहो गर्नुपर्ने हुनसक्ने बताए। यस्तो अवस्थामा भारत सरकार उनिहरुलाई ठूलो पक्षपोषण दिइरहेको छ भनेर बुझ्न नहुने बताए।

अमेजनले सन् २०१४ पछि आफ्नो कर्मचारी आधार चार गुणा बढाइसकेको छ । कम्पनीले लजिस्टिक, ईन्जिनियरिङ्ग र व्यवस्थापन, प्याकेजिङ्ग, र ग्राहकको सेवा परिपूर्ति जस्ता क्षेत्रमा पनि रोजगारी सिर्जना गर्ने सम्भावना रहेको बताएको छ।

बजार पूँजी र इक्वीटीको आधारमा गुगल, एप्पल, र फेसबुकसँगै शीर्ष चार कम्पनीमा पर्न आउने बहुर्राष्ट्रिय प्राविधिक कम्पनी हो। यस कम्पनी विशेष गरी विद्युतीय व्यापार इ कमर्स, क्लाउड कम्प्युटिङ्ग र आर्टिफिसियल इन्टेफिजेन्सको क्षेत्रमा केन्द्रित छ।