पर्यटन बोर्डको सीइओ आइतबार नियुक्ती हुने

0
Shares

मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ। लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीइओको छुट्टै आकर्षण छ।

आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीइओ मानिन्छ। बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो। सरकारी पाँच र निजी क्षेत्रका ्ट गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ। सीइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ लागि परेका छन्। प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आइतबार टुङ्गो लाग्नेछ।

बोर्डको सीइओ बन्नका लागि अहिले प्रारम्भिक छनोटमा परेका ९ जनाको प्रस्तुतिकरण र अन्तर्वार्ता भइसकेको छ। शुक्रबारदेखि आजसम्म सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ। प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिने छनोट समितिका सदस्य विप्लव पौडेलले जानकारी दिए।

छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ। प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदार बहादुर अधिकारीसँग छनोट समितिको बैठक बसी बोर्डको सीइओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ। समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीन जनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सीइओ नियुक्त गरिनेछ। बोर्डको सीइओको कार्यकाल ४ वर्षको हुनेछ।

बलिया प्रतिस्पर्धीबीच उपयुक्त उम्मेदवार छान्न कत्तिको कठिन हुँदोरहेछ भनी सोधिएको प्रश्नमा छनोट समितिका सदस्य पौडेलले प्रतिस्पर्धी सबै सक्षम र सबल भए पनि प्रक्रियागत ढङ्गले सीइओ छनोट गर्नुपर्ने भएकाले कुनै कठिनाई नभएको अनुभव सुनाए। बोर्डको सीइओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिष्ट’ गरिएको थियो।

सर्टलिष्टमा परेका ९ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो। समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे थिए। बजारमा हल्ला आएजस्तो सीइओ छनोटमा कुनैपनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताए । उनले भने, “बोर्डको सीइओ छनोट प्रक्रियागत ढङ्गले अघि बढेको हो, यसमा कुनै दबाब आएको छैन, कुनै प्रभाव पनि परेको छैन, निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौं।”

बोर्डको सीइओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो। प्रारम्भिक छनोटमा परेका ९ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्व सचिवायल सदस्य केबी रानाले बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सीइओ नियुक्त गर्ने व्यवस्था छ। समितिले बनाएको सीइओ छनोट कार्यविधि मातहत रही सीइओका लागि आवेदन माग गरेको थियो। गत मङ्सिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।

प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सीइओ जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा छ। जोशी कूशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार मानिन्छन्।

राष्ट्रिय शक्ति सन्तुलनका हिसाबले बच्छुको बलियो सम्भावना छ तर, बोर्डको अघिल्लो कार्यकालमा पनि सीइओ भइसकेका र विषयवस्तुलाई सरल तथा सहज ढङ्गले प्रस्तुत गर्ने कुसल खुबी भएका जोशी पनि रोजाइएका उम्मेदवारको रुपमा चिनिन्छन्। यद्यपी, दुईमध्ये कसले बाजी मार्ने हो त्यसका लागि कम्तीमा दुई दिन कुर्नैपर्छ।

बोर्डको सीइओका प्रतिस्पर्धी जोशीले व्यावसायिक तथा स्वतन्त्र व्यक्तिको रोजाइमा आफू रहेको र एक पटक बोर्ड नेतृत्वका लागि अहिलेका समयसान्दर्भिक आवश्यकता भएकाले पनि केही सम्भावना रहेको बताए।

अर्का प्रतिस्पर्धी श्रेष्ठले सीइओ छनोट प्रक्रियामा आफू परीक्षार्थीका रुपमा सबै प्रक्रिया पूरा गरेको व्यक्ति भएकाले अहिले केही प्रतिक्रिया नदिने बताए। माघको पहिलो साताभित्रै सीइओको टुङ्गो लाग्ने बोर्डका निमित्त सीइओ नन्दिनी लाहे थापाले बताए। बोर्डको सीइओको आकर्षणसँगै चुनौती पनि उत्तिकै छ।

नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुनेछ भने पर्यटन क्षेत्रका चार दर्जनबढी संस्थालाई रिझाउनु र निजी क्षेत्रको साझेदारितालाई व्यावसायिक र प्रभावकारी बनाउनु पनि गहन जिम्मेवारी हुनेछ। राष्ट्रिय र अन्तरर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिसँगै देशभित्र नयाँ गन्तव्य पहिचान तथा प्रवद्र्धन र अन्तरराष्ट्रिय पर्यटन बजारको खोजी गर्नुपर्नेछ।