ब्याजदरको उतारचढावले ‘प्रिभिलेज’ बैंकिङ सेवा प्रभावित नहुने, विस्तार गर्दै ‘डेडिकेटेड काउन्टर’


सिटिजन्स बैंक इन्टरनेसनलले निक्षेपकर्तालाई दिँदै आएको होम सर्भिसलाई विस्तार गर्ने भएको छ । बैंकले करिब ५ वर्षदेखि सुरु गरेको प्रिभिलेज बैंकिङ सेवाको प्रभावकारीता बढ्दै गएसँगै डेडिकेटेड काउन्टरहरु समेत बढाउँदै लगेको हो ।

बैंकले सन् २०१९ देखि प्रिभिलेज बैंकिङ सेवा हरेक शाखाबाट दिँदै आएको भएपनि डेडिकेटेड काउन्टरको व्यवस्था भने सिमित शाखामा मात्र रहेको प्रिभिलेज बैंकिङ यूनिटकी रिलेसनसिप म्यानेजर सबिना बस्नेतले बताए । “बैंकमा आउने सबै ग्राहक सबै समान हुनुहुन्छ,” बस्नेतले भनिन्, “ठुलो आकारमा निक्षेप राख्ने ग्राहकका लागि तीन वर्गमा विभाजन गरेर होम सर्भिसको थप सुविधा प्रदान गर्छौँ ।”

प्रिभिलेज बैंकिङ अन्तरगत ग्राहकलाई ए, बी र सी गरेर तीन वर्गमा विभाजन गरिएको बस्नेतले जानकारी दिइन् । उनका अनुसार ग्राहकलाई फरक सेवा दिने गरी वर्गीकरण गरिएको नभई सहरी क्षेत्र र ग्रामीण क्षेत्र गरेर निक्षेप राख्नु पर्ने रकमको सीमा तोकिएको छ । बैंकले प्रदान गर्ने यो सेवाका लागि सुगमका ग्राहकले ५० लाख र दुर्गमकाले १५ लाख रुपैयाँ निक्षेप राख्नु पर्ने हुन्छ । त्यसैगरी उपत्यका बाहिरका सहरी क्षेत्रको हकमा २५ लाख कायम गरिएको समेत उनले जानकारी दिइन् ।

यो योजना अन्तर्गत पाउने सेवा बैंकका सबै शाखाबाट उपलबध हुने बताउँदै बस्नेतले भनिन्, “ग्राहकहरुलाई डिपोजिट रिलेसनसीप अफिसर नै तोकिन्छ । त्यसरी तोकिएको अफिसरले प्रिभिलेज बैंकिङ सेवाका लागि तोकिएका ग्राहलाई सेवा प्रदान गर्छन ।” प्रिभिलेज बैंकिङ ग्राहकका लागि पहिला कार्ड दिने गरेको भएपनि अहिले भने मोबाइल बैकिङमै तोकिएको व्यक्ति उल्लेख हुने उनले जानकारी दिइन् । त्यसका साथै चेक बुक जारी गर्दा समेत प्रिभिलेज ग्राहक भनेर छुट्याइने उनको भनाई छ ।

बैंकमा अधिक तरलता भएको अवस्थामा होस वा न्यून ग्राहकलाई दिने सेवा पविर्तन नहुने उनको दावी छ । तरलताका कारण ब्याजदरमा आउने परिवर्तनले ग्राहकलाई कुनै पनि असर नगर्ने उनी बताउँछिन् । बैंकलाई निक्षेप चाहिँदा जसरी आकर्षित गरिन्छ बढी भएको अवस्थामा पनि उस्तै व्यबहारबाट ग्राहक सेवा उपलब्ध हुने उनको दावी छ । “आफुलाई निक्षेप चाहिँदा खोज्ने र निक्षेप नचाहिएको अवस्थामा वेवास्था गर्ने भन्ने हुँदैन,” उनले भनिन् ।

बैंकले दिने यो सोवा निुशल्क भएकाले पनि ग्राहकरु आकर्षित भएको देखिन्छ । हालसम्म बैंकले १५ हजारभन्दा धेरै ग्राहकलाई प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसमा कुनै उमेर समुह नतोएिको भएपनि वृद्धा तथा फरक क्षमता भएकाहरुका लागि घरमै पुगेर सेवा प्रदान हुन्छ । पछिल्लो समयमा यस्तो सेवा अन्य बैंकहरुले पनि सुरु गरेका छन् । तर, यस्तो सेवाको सुरुवातकर्ता सिटिजन्स बैंक हो ।

यो योजनामा ब्याजदरमा कुनै पनि फरक हुँदैन । तर, यो योजनाका ग्राहकले केही थप सुविधा भने पक्कै पाउँछन् । बैंकले हाल दरमार्ग, कमलादी, विराटनगर, कालिकानगर, सिमल चौर पोखरा र राजविराज लगायत ८ शाखामा डेडिकेटेड काउन्टर नै सञ्चालनमा ल्याएको छ । केही दिनमै कोटेश्वर, बौद्ध, कुमारीपाटी, बुटवल, हस्पिटल लाइन बुटवल शाखामा पनि डेडिकेटेड काउन्टर सुरु गर्ने अन्तिम तयारीमा रहेको बस्नेतले बताइन् । बैंकमा प्रिभिलेज बैंकिङका ग्राहककको मात्रै करिब ६० अर्ब निक्षेप रहेको बस्नेतले जानकारी दिइन् ।

यस योजनाका ग्राहकलाई ब्याजदर परिवर्तन हुदाँ सबैलाई फोन गरेर जानकारी गराइन्छ । चल्ती बचत र मुद्दती सबै प्रकारका खातामा यो सेवा पाउन सकिन्छ । यो सेवाले ग्राहकलाई झन्झटमुक्त बैंकिङ सेवाको विकास गरेको बस्नेतले बताइन् । यो सेवा बैंकका १९० शाखा बाट लिन सकिन्छ । यसका लागि छुट्टै व्यक्ति समेत तोकेको उनले जानकारी दिइन् । तोकिएको डिपोजिट रिलेसनशीप अफिसरबाट ग्राहकलाई हरेक महिना फोन जान्छ । जसबाट ग्राहकको आवश्यकता के हो भन्ने पहिचान गरेर सेवा दिन सहज हुने गरेको उनको अनुभव छ ।

यस्तो सेवा लिने ग्राहकले डेडिकेटेड काउन्टर नभएको शाखामा कारोबार गर्न जाँदा सिधै शाखा प्रमूख तथा निक्षेप रिलेसनसीप अफिसरलाई भेटेर सेवा लिन सक्छन् । साथै यो योजनाका ग्राहकले धेरै सेवा सुविधा समेत पाउन सक्छन् । यो सेवाका ग्राहकले विदेशी विनिमय परिवर्तन गर्दा १५ पैसा धेरै पाउने व्यवस्था बैंकले गरेको छ । त्यसैगरी क्रेडिक कार्ड शुल्कमा ५० प्रतिशतन छुट, लकरमा पहिलो बर्ष ५० र त्यसपछिका वर्षहरुमा २५ प्रतिशत छुट, खाता योजना परिवर्तन गर्दा निशुल्क, डिमाण्ड ड्राफट र स्वीफ्ट कमिसनमा २५ प्रतिशत छुट, एक वर्षका लागि मोवाइल र इन्टरनेट बैंकिङ निशुल्क उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ । त्यसैगरी इकमर्श कार्डबाट टपअप गर्दा २५ प्रतिशत डिस्काउन्टको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।