नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले आफुले प्रदान गर्दैआएको संस्थागत परामर्श सेवा सुरु गरेको छ। सेवा सुरु भएसँगै कम्पनीले यस सेवाको बारेमा लगानीकर्ता, व्यवसायी तथा सर्वसाधारणलाई जानकारी गराएको छ।
नेपालमा संस्थागत लगानी परामर्श आर्फैँमा नौलो सुरुवात नयाँ हो। नबिल इन्भेष्टमेण्टले औपचारिक रूपमा धितोपत्र बोर्डबाट स्वीकृति लिएर यो सेवा प्रदान गर्न थालेको छ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले क्यापिटल मार्केट तथा इन्भेष्टमेन्ट बैंकिङ्गको दृष्टिकोणबाट यस कम्पनीले आफ्नो कार्यपद्धतिलाई अगाडि बढाइ रहेको छ।
नेपाल धितोपत्र बोर्ड संस्थागत परामर्शदाता कम्पनीहरूको नियमनकारी निकाय हो। ग्राहकहरूले कुनै पनि प्रकारका संस्थागत परामर्श सेवाहरू लिदाँ सेवा प्रदायक संस्था नियमन निकाय अन्तर्गत दर्ता भए नभएको यकिन गर्नुपर्ने हुन्छ। यसले गर्दा ग्राहक वर्गमा आइ पर्ने विभिन्न जोखिमहरू न्यूनीकरण गर्न सहयोग पुग्दछ। संस्थागत परामर्श सेवा प्रदान गरे वापत ग्राहकबाट लिने सेवा शुल्क परामर्शदाता वा धितोपत्र व्यवसायी तथा सम्बन्धित ग्राहकबीच भएको सम्झौता बमोजिम हुन्छ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले स्वतन्त्र परामर्शदाताको रूपमा, छिटो, छरितो, भरपर्दो, विश्वसनीय तथा स्तरियसेवा प्रदान गर्ने अभिभारा निर्वाह गर्दै आफ्ना ग्राहक वर्गलाई आवश्यकता अनुसारको ईन्भेष्टमेण्ट बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।
संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले निम्न लिखित सेवाहरू आफ्ना ग्राहक वर्गहरुलाई प्रदान गर्दै आएको छ।
१) संगठित संस्थाको संरचना हेरफेर :-
संस्थाहरूको कार्यक्षमता अभिबृद्धि गर्न संगठित संस्थाले आफ्नो सांगठनिक तथा पूँजीको संरचना हेरफेर गरी रणनीतिक कार्यदक्षता हाँसिल गर्न सक्दछन्। पूँजीगत संरचनामा हेरफेर गर्दा पूँजीको लागतलाई न्यूनतम विन्दुमा कायम गर्ने गरी डेब्ट तथा इक्यिटिको संयोजन गर्ने उपायहरू पहिल्याइदिने गरिन्छ।
२) मुल्याङ्कन:-
संस्थागत परामर्श सेवाको अर्को पक्ष व्यवसायिक मुल्याङ्कन हो । यस अन्तगर्त उपयुक्त वित्तिय उपकरणको प्रयोग गरी व्यवसायको सम्पत्ति तथा व्यवसायको समष्टिगत मुल्याङ्कन गरिन्छ । यसका साथै व्यवसायको चल अचल सम्पत्तिको मुल्याङ्कन गरिदिएर व्यवसायमा अप्रत्यक्ष रुपमा सहयोग पु¥याइरहेका हुन्छन्।
३) व्यवसायिक योजना :-
व्यवसायको वित्तिय विस्तारको लागि भविष्य उन्मुख वित्तिय योजनाको आवश्यकता पर्दछ। सस्थागत परामर्शदाताले वित्तिय क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यवसायिक व्यक्तिको मद्यतले व्यवसायको भावि कार्ययोजनालाई परिमाणात्मक इकाईमा प्रस्तुत गरी दिशानिर्दिष्ट गर्ने कार्य गर्दछन् ।
४) लोन सिन्डिकेशन:-
पूँजीगत प्रकृतिका दिर्घकालीन बिकास निर्माणका ठूला–ठूला अयोजना÷परियोजनाका निम्ति ठूलो मात्रामा पूँजीको आवश्यकता पर्दछ । यस्ता परियोजनाका लागि आवश्यक पूँजीको उपलब्धताका लागि एक वा एक भन्दा बढी लगानीकर्ताको आवश्यकता पर्दछ।
यसका साथै लगानीका लागि आवश्यक ऋण तथा शेयरको व्यवस्थाका लागि परामर्शदाताले संयोजनकारी भूमिका निर्वाह गरेर सजिलै परियोजनाको लगानीको आवश्यकतालाई पूर्ति गरिदिने कार्य गर्दछन् जसले गर्दा व्यवसाय गर्न चाहनेहरुका लागि ऋण खोज्न बिभिन्न बैक तथा वित्तीय संस्थाहरुमा धाईरहनु पर्ने झण्झटबाट मुक्ति मिल्दछ।
५) वर्किङ क्यापिटल फाइनान्सिङ:-
व्यवसायको दैनिक कार्यसञ्चालनका लागि आवश्यक पर्ने अल्पकालीन तथा मौसमी पूँजीको आवश्यकता पर्दछ। व्यवसायले अल्पकालीन ऋणको व्यवस्था गर्न नसक्दा व्यवसायको नगद प्रवाहको असामान्य स्थीतिले सम्पूर्ण व्यवसाय नै संकटमा परिरहेको हुन्छ।
संस्थागत परामर्शदाताहरूले वर्किङ क्यापिटल फाइनान्सिङको व्यवस्थापन गरिदिएर साना तथा ठूला व्यवसायको दिर्घकालीन लक्ष्य प्राप्तिकोे बाटोलाई सहज पारिदिने कार्य गर्दछ ।
६) भेञ्चर क्यापिटल:-
नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न होस वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार होस्, संस्थागत परापर्शदाताले भेन्चर क्यापिटलको व्यवस्था गरि लगानीको वातावरणलाई सहज गरिदिन्छन् ।
यो सेवा प्राय जसो सुरुवात र हुर्कने अवस्थामा रहेका कम्पनीहरूका लागि अत्यावश्यक हुन्छ। भेन्चर क्यापिटल अन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई लगानीको दृष्टिकोणले जोड्ने सेतुको कार्य गर्दछन् ।
७) प्राइभेट इक्वीटी
प्राइभेट इक्विटी सम्बन्धि सेवा प्राय परिपक्व कम्पनीको विस्तार र विकासका लागि आवश्यक रहन्छ । यस अन्तर्गगत व्यक्तिगत लगानीको व्यवस्थापन गरि व्यवसायको व्यवसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरि व्यवसायमा सहजिकरण तथा गुणात्मक मुल्य सिर्जना गर्ने कार्य गरिन्छ ।
८) सम्पत्ति व्यवस्थापन
लगानीकर्ताको सम्पत्तिलाई स्वेछिक अथवा गैह्र–स्वेछिक लगानी व्यवस्थापन सेवाका माध्यमबाट जोखिम न्यूनीकरण गर्दै उच्चतम प्रतिफलको प्रस्तावना सहित विभिन्न वित्तिय उपकरणहरूमा लगानी गरी लगाानी व्यवस्थापकको कार्य पनि संस्थागत परामर्शदाताले गर्दछन् ।
यस अन्तरगत लगानीकर्ताले आफ्नो सम्पत्ति व्यवस्थापकसँगको सहकार्यमा पूँजीको उपयोग विभिन्न किसिमका वित्तिय उपकरण जस्तै कम जोखिम र स्थीर आय भएका परियोजनाहरू तथा दोस्रो बजारका शेयर तथा डिवेन्चरहरू, प्राथमिक निश्कासन तथा अन्य वित्तिय उपकरणहरूमा गर्ने गरिन्छ । लगानीकर्ताको जोखिम बहन गर्ने क्षमतालाई उसले अपेक्षा गरेको प्रतिफलसँगको तादात्म्यता मिलाएर सम्पत्ति व्यवस्थापकले लगानीकर्ताको सम्पत्तिलाई परिचालित गरिदिने कार्य गर्दै आएकाछन् ।
९) मर्जर तथा एक्वीजिशन:-
दुई वा दुई भन्दा बढी संस्थाहरू एक आपसमा समाविष्ट हुने, गाभिने तथा किनवेच हुने अवस्था पूर्वका कानूनी तथा वित्तिय व्यवस्थालाई संस्थागत गर्ने, गाभिदै गर्दाका चुनौतिहरूलाई व्यवस्थापन गर्ने र गाभिइसकेपछिको व्यवसायिक अवस्थालाई नतिजामुखी बनाउने कार्यमा संस्थागत परामर्शदाताले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
१०) लगानी सम्बन्धि परामर्श:-
कुनै व्यत्ति वा संस्थाले आफुसँग भएको लगानीयोग्य रकम कहाँ लगानी गर्ने, कसरी लगानी गर्ने, कुन क्षेत्रमा लगानी गरेर कति मुनाफा कमाउन सकिन्छ ? भन्ने लगायतका सम्पूर्ण कुराको जानकारी उक्त व्यक्ति आफैलाई नहुन सक्छ ।
त्यस्ता व्यक्ति वा संस्थाले सम्बन्धित कम्पनि वा सेवोनको वेवसाइटमा गएर संस्थागत परामर्श सेवा प्रदायक कम्पनिले के–कस्तो सेवा दिन्छन् भनेर जानकारी लिन सकिन्छ । आफूले परामर्श लिने संस्था तय गरिसके पश्चात संस्थागत परामर्श दाताकोमा गएर आफ्नो योजना तथा आवश्यकताका बारेमा विस्तृतमा बुझ्न सकिन्छ ।
लगानीकर्ताको जोखिम बहन गर्ने क्षमता तथा प्रतिफलको अपेक्षाको आधारमा वित्तिय बिज्ञले उचित राय दिन्छन् । परामर्श सेवा प्रदायक कम्पनिका विज्ञले राम्रा लगानीका क्षेत्रका बारेमा पहिले नै अध्ययन गरेर लगानीका सुरक्षित क्षेत्रहरु सुचिकृत समेत गरेका हुन्छन् ।
११) प्रत्यक्ष वैदेशीक लगानी सम्बन्धि परामर्श सेवा:-
स्वदेशी मात्रै हैन विदेशी व्यक्ति तथा संस्थालाई पनि लगानी परामर्श सेवा दिइन्छ । विदेशी व्यक्ति तथा संस्थाले नेपालमा लगानी गर्न चाहेको खण्डमा कुन् क्षेत्रमा, कति र कस्तो लगानी गर्ने, लगानी तथा प्रतिफलको चुनौति तथा लगानीका अवसर लगायतका बारेमा परामर्श सेवा प्रदायक संस्थाले अध्ययन गरिदिन सक्छ ।
विदेशी लगानीकर्तालाई नेपालको सबै पक्षको जानकारी नहुन सक्छ । लगानीको दृष्टिकोणबाट देशको आर्थिक, सामाजिक, राजनीतिक तथा कानुनी पक्षको बारेमा अध्ययन गरेर विदेशी लगानीकर्तालाई उचित परामर्श दिन परामर्श सेवा प्रदायक संस्थाले महत्वपूर्ण भूमिका खेलेको हुन्छन् ।
संस्थागत परामर्श सेवा के हो ?
संस्थागत परामर्श सेवा भन्नाले विज्ञ तथा व्यवसायिक वित्तिय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवालाई संस्थागत परामर्श सेवा भनिन्छ ।
व्यवसायको रणनीतिक विस्तार, भविष्यको योजना, प्रतिस्पर्धात्कम क्षमताको अभिवृद्धि गर्ने जस्ता आफ्नो व्यवसायको सुक्ष्म व्यवस्थापनमा सहयोगी कार्य गर्न संस्थागत परामर्शदाताको आवश्यकता/खोजी हुने गरेको पाईन्छ। यसका साथै व्यवसायलाई आवश्यक पूजीँको उपलब्धता, लगानीकर्ताको लागि उपयुक्त व्यवसाय र व्यवसायीको खोजी साथै व्यवसायका लागि उचित मूल्यांङ्कन गर्न सक्ने लगानीकर्ताको खोजीमा समेत संस्थागत परामर्शदाताले समन्वयकारी÷सहयोगी भुमिका निर्वाह गर्दछन्।
विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरण गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । वित्तिय अनुशासन, लगानीको सुनिश्चितता, जोखिमको न्यूनीकरण, विस्तृत तथा वैज्ञानिक अनुसन्धान पद्धतिमा आधारित कार्यप्रणालीले गर्दा नेपालमा पनि संस्थागत परामर्श सेवाको उपयोग व्यवसायिहरुले व्यवसायिकरुपमा बढाउँदै लगेका छन् ।
नाफामुलक संस्थाले मात्र नभएर गैह्र नाफामुलक संस्थाले समेत परामर्श सेवाको उपयोग गर्न सक्दछन्। जस्तै एनजीओ तथा आइएनजीओले आफ्ना प्रस्तावना पत्र तयार गर्नु परेमा, सामाजिक मुद्दाहरूको स्थलगत अध्ययन गर्नु परेमा, गर्दै आएका कामहरू प्रभावकारी भए–नभएको अध्ययन, अनुसन्धान तथा मुल्यांङ्कन गरिदिन पनि संस्थागत परामर्शदाताको सहयोग लिने गरेको पाईन्छ।
लगानीकर्ता, व्यक्ति तथा संस्थाहरूले लिने निर्णयमा परामर्श सेवा एउटा कोशेढुङ्गा सावित हुन सक्छ । नेपालमा हाल आएर एडभाइजरी सभिसेजको प्रयोगका बारेमा व्यवसायिक संस्थाहरू सकारात्मक हुँदै आएको पाईन्छ। हरेका व्यवसाय तथा संस्थाले वित्तिय सहकार्यका लागि वित्तिय परामर्शदाताकोे सुझाव र सल्लाह लिने गरेमा व्यवसायको प्रतिस्पर्धी लागत घट्न गई आम्दानीमा गुणात्मक वृद्धि गर्न समेत संस्थागत परामर्श सेवाले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ।
प्रतिक्रिया