बैशाख १५ भित्र ६ कम्पनीका ३ करोड बढी कित्ता सेयरमा कायम ‘लकइन’ सकिँदै

0
Shares

एक महिनाको अवधिमा ६ कम्पनीका ३ करोड ८ लाख ८६ हजार २४२ कित्ता सेयरको ‘लकइन’ अवधि सकिने भएकाे छ ।  ती कम्पनीले जारी गरेका प्रभावित प्रभावित स्थानीय बासिन्दा, कर्मचारी तथा म्युचुअल फन्ड र संस्थापक समूह, समेतको गरी एक महिना अवधिमा उक्त परिमाणको सेयर लकइन अवधि सकिएर धितोपत्र बाजरमा कारोबार योग्य हुने भएको हो ।

सम्बन्धित कम्पनीका सेयर रजिष्टार कम्पनीहरुले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै चैतमहीनाको बाँकी अवधि र वैशाख १५ गतेभित्र लकइन अवधि सकिनेबारे जानकारी दिएका छन् । लकइन अवधि सकिएपछि ती सेयर कारोबार गर्न योग्य हुनेछ । सेयर संख्या थप हुने र मूल्यमा प्रभाव पर्न सक्ने भएकाले लगानीकर्तालाई पहिले नै लकइन अवधि सकिनेबारे सार्वजनिक सूचना मार्फत जानकारी गराउन थालिएको हो ।

नेपाल धितोपत्र बोर्डले कात्तिक २१ गतेदेखि लागू हुने गरी सामूहिक लगानी कोषहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा प्राप्त गरेको ५ प्रतिशत आरक्षित सेयर ६ महीनासम्म बिक्री गर्न नपाउने व्यवस्था गरेको थियो । त्यस्तै सर्वसाधारणलाई शेयर बाँडफाँड गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको सेयर लक–इनमा राख्नुपर्ने व्यवस्था छ ।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा पहिले चैत २० गते लकइन सकिँदै छ । सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले उक्त जानकारी दिएको छ । कम्पनीले कर्मचारीलाई सुरक्षित गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयर, संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयर र १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयरमा गरी कुल १ करोड ४२ लाख ६६ हजार ३२३ कित्ता सेयरको लकइन अवधि सकिने भएको छ । चैत २१ देखि उक्त सेयरहरु सर्वसाधारण सरह कारोबार हुन सक्नेछ ।

साविक ज्योति लाइफ इन्स्योरेन्सले संस्थापक, संस्थापकबाट सर्वसाधारणमा परिणत भएको र कर्मचारीलाई बाँडफाँड भएको सेयरको लकइन अवधि सकिएसँगै संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।  साविकका ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स मर्ज भएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भइरहेको छ । साविकको ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँड गरेपछि संस्थापक र कर्मचारीको सेशेयर लकइनमा छ । हाल यसको १ करोड ४२ लाख ६६ हजार ३२३ दशमलव ५० कित्ता सेयर लकइनमा छ । यसमध्ये संस्थापक सेयरधनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता र कर्मचारीको २ लाख ९९ हजार २९३ दशमलव ५० कित्ता सेयर छ । यस्तै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता सेयर पनि लकइनमा छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको ४ लाख २ हजार १९ कित्ता सेयरमा लकइन अवधि चैत २३ मा समाप्त हुँदैछ । सोनापुरको ४ लाख २ हजार १९ कित्ता सेयर सामूहिक लगानी कोषले होल्ड गरेका छन् । यो सेयर चैत २५ गतेपछि दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।  म्युचुअल फण्डसँग रहेको उक्त सेयरहरु चैत २५ गते आइतबारदेखि कारोबार हुनेगरी फुकुवा हुने सेयर रजिस्टार कम्पनी एनआईएमबीएस क्यापिटलले जानकारी दिएको छ । सोनापुरको ४ लाख २ हजार १९ कित्ता सेयर सामूहिक लगानी कोषले होल्ड गरेका छन् । यो सेयर चैत २३ गतेपछि दोस्रो बजारमा कारोबार गर्न सकिन्छ । 

सिंगटी हाइड्रोपावरको १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लकइन अवधि चैत २५ गते सकिँदैछ । कम्पनीले संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने भएको हो । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयर चैत २६ गते सोमबारदेखि सर्वसाधारणसरह कारोबारका लागि खुला हुने सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटलले जनाएको छ । कम्पनीको कुल १ करोड १६ लाख ५८ हजार कित्ता लकइनमा छ । लकइन अवधिपछि स्थानीय, कर्मचारी र संस्थापकहरूले उक्त सेयर धितोपत्रको दोस्रो बजारमा बिक्री गर्न सक्छन् । 

यसैगरी २०८१ वैशाख २ गतेदेखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको सेयरको लकइन समाप्त हुँदैछ । लकइन अवधि समाप्त हुने कुल ७५ हजार कित्ता सेयर चैत ३ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजार मार्फत कारोबार गर्न सकिने छ ।

यस्तै रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९९१ कित्ता सेयरको लकइन अवधि वैशाख ३ देखि सकिने सेयर रजिष्ट्रार एनआईएमबि एस क्यापिटलले जानकारी दिएको छ । जसमध्ये संस्थापकको लगानी रहेको ३९ लाख ४५ हजार ८८८ कित्ता, आयोजना प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयर वैशाख ४ गते बुधबारदेखि साधारण सेयर सरह कारोबार गर्न सकिनेछ ।

त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फन्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कुन कम्पनीको कति कित्ता सेयरको कहिले सकिँदैछ लकइन अवधि ?

कम्पनी

‘लकइन’ समाप्त मिति

‘लकइन’ फुकुवा हुने समूह

लकइन खुला हुने कित्ता

सूर्याज्योति लाइफ इन्स्योरेन्स

२०८० चैत २० गते

संस्थापक, कर्मचारी

१, ४२, ६६, २३२

सोनापुर मिनरल्स एण्ड आयल

२०८० चैत २३ गते

 

४,०२,०१९ (६,०८,२८४)

सिंगटी हाइड्रोपावर

२०८० चैत २५ गते

म्युचुअल फन्ड

१,१६,५८,०००

माथिल्लो मैलुङखोला

२०८१ वैशाख २ गते

संस्थापक, आयोजना प्रभावित क्षेत्र

७५,०००

रुरु जलविद्युत् कम्पनी

२०८१ वैशाख ३ गते

म्युचुअल फन्ड

४४,४४,९९१

चिरख्वा हाइड्रोपावर

२०८१ वैशाख १५ गते

संस्थापक, आयोजना प्रभावित, कर्मचारी

४०,०००

 

स्थानीय बासिन्दामा जारी भएको सेयर र संस्थापक सेयरमा लकइन पिरियड राखिने गरिएको छ । सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको शेयर लक–इनमा राख्नुपर्ने व्यवस्था छ । स्थानीय स्रोत साधनको प्रयोग गर्ने कम्पनीले स्थानीय बासिन्दाको लागि अनिवार्य सेयर जारी गर्नुपर्ने व्यवस्था छ। यसरी आरक्षणको रुपमा दिइएको यो सेयरको लकइन पिरियड तीन वर्षको हुने गर्छ। 

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सूचीकृत कम्पनीले ु‘लकइन पिरियड’ सकिनुभन्दा ३० अघि नै यस सम्बन्धी जानकारी दिनुपर्ने निर्णय गरेको थियो । नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्तो जानकारी प्राप्त भएदेखि लकइन अवधि सकिएको एक हप्तासम्म वेबसाइटमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

लकइन पिरियड खुलेसँगै बजारमा सेयर आपूर्ति बढ्ने भएको भन्दै सम्बन्धित कम्पनीको मूल्य घट्ने गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।