प्रभु बैंक (PRVU) लाई खराब कर्जाको भार घटाउन सकस देखिँदै गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकका धेरै सूचक सकारात्मक रहेपनि खराब र बिग्रेका संस्थाहरु संगालेर ठूलो एंवम बलियो बनेको कारण खराब कर्जा लगायतका केही सूचक भने नकारात्मक रहेका छन् ।
बैंकको पुसमसान्तसम्म खराब कर्जाको आकार ३.१२ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा २.४७ प्रतिशत थियो। बैंकको खराब कर्जाको आकार २६ प्रतिशतले बढेको हो। किष्ट र ग्राण्ड जस्ता खराब बैंकलाई आफुमा गाभेको प्रभु बैंकले खराब कर्जा घटाउन नसक्दा उसले खुद नाफामा खासै सुधार गर्न सकेको छैन।
केहि साता अघि बैंकका सिईओले दिएको अन्तरवार्तामा खराब कर्जा उठाउनलाई जोड दिएको बताएपनि दोस्रो त्रैमासमा त्यसको रिजल्ट देखिएन।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको भन्दा ४.२२ प्रतिशत हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको ६ महिनाको वितरण योग्य नाफा १ अर्ब ३ करोड रहेको छ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा बढ्न सहयोग पुगेको हो। तर चुक्ता पूँजी बढेको अनुपातामा नाफा नबढ्दा प्रतिशेयर आम्दानी समेत खुम्चिएको छ । बैंकको प्रतिशेयर आम्दानी २३.४३ रुपैयाँ बाट २१.०५ रुपैयाँमा झरेको छ ।
१ खर्ब ५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९४ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले २ अर्ब ४५ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको ब्याज आम्दानी, संचालन नाफा, कर्जा तथा निक्षेपमा सुधार आएको छ ।
समीक्षा अवधिमा बैंकले चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँबाट बढाएर १० अर्ब ३१ करोड रुपैयाँ र्पुयाएको छ। यता बैंकको जगेडा कोषको आकर घटेर ३ अर्ब ८५ करोड रुपैयाँमा झरेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात १०.८० गुणा रहेको छ। लागत ६.२९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.७ प्रतिशत छ ।
प्रतिक्रिया