बैंकिङ क्षेत्रको समग्र जोखिम बढेपछि वित्तीय स्थायीत्व सूचकमा वृद्धि

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको जोखिम बढेको निष्कर्स निकालेको छ । केन्द्रीय बैंकले वित्तीय स्थायीत्वको अवस्थामा गरेको अध्ययन अनुसार समग्र बैंकिङ स्थायित्व मै जोखिम बढेको देखाएको हो ।

केन्द्रीय बैंकले विभिन्न सूचकहरुका आधारमा बैंकिङ स्थायित्व सूचक तयार गर्छ । उक्त सूचक तयार गर्दा सम्पत्तिको गुणस्तर, पुँजीकोषको अवस्था, तरल सम्पत्ति, प्रभावकारीता र नाफा उप–सूचकलाई विश्लेषण गरिन्छ । बैंक तथा वित्तीय संस्थाको यी पक्षहरुको विश्लेषणबाट समग्र बैंकिङ प्रणालीको अवस्था पहिचान हुन्छ । सो अनुसार गत आर्थिक वर्षमा बैंकिङ स्थायित्व सूचक ०.६९ प्रतिशतमा पुगेको छ । अघिल्लो अवमा यस्तो सूचक ०.४० प्रतिशत थियो ।

बैंकिङ स्थायित्व सूचकमा आएको वृद्धिले समग्र बैंकिङ स्थायित्वकै जोखिम बढेको देखाउछ । बैंकिङ क्षेत्रको तरलता र प्रभावकारीता जोखिम क्रमीक रुपमा घट्दै गएको केन्द्रीय बैंकको अध्ययनले औल्याएको छ । तर, सम्पत्तिको गुणस्तर, पुँजीकोष दबाब र संवेदशीलता तर्फको जोखिम भने बढ्दै आएको छ । त्यसैले बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी तथा सुपरिवेक्षकीय कार्यहरु बढाउनु पर्ने अध्ययनले औल्याएको छ ।

केन्द्रीय बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको असारको तुलनामा गत आवको असारसम्ममा बैंकिङ स्थायित्व सूचक बढेको छ । यो सूचक बढ्नुको कारण बैंक तथा वित्तीय संस्थाका अधिकांस पक्षहरको जोखिम बढेको देखिन्छ । यसको मूख्य कारण भनेको बैंक तथा व्त्तिीय संस्थाको सम्पत्तिको गुणस्तरमा आएको कमी हो ।

बैंक तथा वित्तीय संस्थाको सम्पत्तिको गुणस्तरमा कमी आउने वित्तिकै नाफा घट्ने तथा थप पुँजीको आवश्यक पर्ने अवस्था हुन्छ । सम्पत्तिको गुणस्तरमा आएको गिरावटले सम्पत्तिमा प्रतिफल र इक्वीटीमा प्रतिफल समेत घट्ने गर्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाको संवेदनशीलता सूचक समेत बढेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ । यसको मूख्य कारणको रुपमा जोखिम भारीत सम्पत्ति बढ्नु हो ।

केन्द्रीय बैंकको अध्ययन अनुसार गत आर्थिक वर्षमा थोक तथा खुद्रा क्षेत्रको कर्जा २०.१५ प्रतिशत रहेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले प्रबाह गरेको कर्जा मध्ये उपभोग्य कर्जा १८.९८, बन तथा उत्पादन १६.०४, कृषि तथा वनमा ७.५७ र वित्त, बीमा तथा रियल स्टेट क्षेत्रमा ७.९८ प्रतिशत हिस्सा रहेको छ । यी क्षेत्रमा धेरै कर्जा केन्द्रीत भएकाले पनि जोखिम बढेको केन्द्रीय बैंकको निष्कर्स छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको पुँजीकोष अवस्था नियामीकय सीमा भित्र नै रहेको अध्ययनले देखाएको छ । बैंकिङ क्षेत्रको औसत पुँजी र जोखिम भारीत सम्पत्ति तोकिएको सीमा भन्दा माथि छ । औसतमा नियामकीय सीमा भन्दा माथि रहेको देखिएपछि केही संस्थाहरुकोे हकमा भने पुँजीको दबाब देखिएको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार गत आवमा वाणिज्य बैंकहरुको औसत पुँजी कोष अनुपात १३.३७, विकास बैंकको १३.२१ र फाइनान्स कम्पनीहरुको १७.०१ प्रतिशत रहेको छ

तर, गत आवमा बैंक तथा वित्तीय संस्थाको औसत खराब कर्जा १.३१ प्रतिशतबाट बढेर ३.०२ प्रतिशत पुगेको छ । दबाबको समयमा बैंक तथा वित्तीय संस्थाको वासलातमा केही जोखिम बढेको देखिन्छ । गत आवमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रबाह घटेको छ भने सोही अनुसार नाफा पनि घटेको अध्ययनले देखाएको छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको तरल सम्पत्ति सामान्य घटेको छ । अघिल्लो आवमा २७.५२ प्रतिशत कुल तरल सम्पत्तिको रहेकोमा गत आवमा २७.१० प्रतिशतमा झरेको छ । यो नियामकीय सीमा भन्दा धेरै हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई खुद तरल सम्पत्ति निक्षेपको २० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको आधार दर बढेर १०.३२ प्रतिशत पुगेको छ । अघिल्लो आवको मासीक आधार दर ८.३२ प्रतिशत मात्र थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।