मौद्रिक नीतिको सीमाभित्र रहेर उद्योगीका सुझावलाई सम्बोधन गर्छौंः गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिकाे सीमाभित्र रहेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकको सीमाभित्र बसेर सुझावलाई सम्बोधन गर्ने बताएका हुन् । मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको भन्दै उनले सीमाभित्र बसेर उद्योगी व्यवसायीहरुको माग सम्बोधन गर्ने उल्लेख गरे ।

उनले धेरै सुझावहरु आएपनि मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै हात फैलाएर हाँगा हाल्न सक्ने अवस्था नभएको उनकाे भनाइ छ । उनले मौद्रिक नीतिको सीमाभित्र बसेर काम गर्नुपर्ने भएकाले निजी क्षेत्रले पनि बुझ्न आवश्यक रहेको बताए । कतिपय सुझावहरु कर्जाको भ्यालु बढाउन आएपनि तत्काल कर्जाको भ्यालु रेसियाे बढाउन सक्ने अवस्था नभएको बताए । उनले अहिलेको लोन टु भ्यालु रेसियाे हुँदा व्यवसायीहरु प्यानिक बनेको भन्दै कर्जाको रेसियाे बढाउँदा व्यवसायीहरुले साँचो बुझाउँछु भनेर बैंकलाई आउने र पुनः समस्या दोहोरिन सक्ने बताए । उनले नीति बनाउनेहरुको भुमिका व्यवसायीहरुलाई ऋणमा डुबाउने नभएर व्यक्तिहरुलाई उद्यमी बनाउने र धान्नेसक्ने ऋण दिने खालको वातावरण बनाउने भएको उल्लेख गरे ।

गभर्नर अधिकारीले मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिए । उनले मुलुकको मुद्रास्फिती सहज हुँदा मौद्रिक नीति पनि सरल हुने र मुद्रास्फिती उच्च हुँदा मौद्रिक नीति पनि कसिलो आउनु स्वाभाविक हुने बताए ।

लामो समयदेखिको औसत् मूल्यवृद्धी दर ७ प्रतिशत रहेकोमा अहिले ४ प्रतिशत हाराहारी रहेको तथा विदेशी मुद्राको सञ्चिति उच्च रहेकाले पनि मौद्रिक नीति पनि लचक आउने उनको भनाई छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर नजाने उनले बताए । उद्योगी व्यवसायीहरुका सुझाव र मागहरु व्यक्तिगत समस्यालाई सामुहिक बनाउन खोजिएको उनको भनाई छ ।

उनले बैंकको धेरै ऋण लिएर समस्यामा परिएका व्यवसायीहरुले बाहिर निस्कन राज्य र राष्ट्र बैंकले केही सहयोग गरिदिने आशा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा ठोक्काउन खोलिएको महशुस भएको बताए ।अधिक ऋण (लिभरेज) को ट्र्यापमा परेका व्यवसायीले कोभिडमा पाएजस्तो सुविधा नखोजे पनि व्यक्तिगत समस्याहरुलाई प्रणालीकै समस्याका रुपमा व्याख्या गरिरहेको उनले बताए । आफ्ना समस्याहरुलाई जनरलाइज गर्न व्यवसायीहरुले मौद्रिक नीतिमा ठोक्काएर दोषारोपण गरिएको उनको बुझाइ छ ।

गभर्नर अधिकारीले ऋण लिन जाँदा कुनैपनि बैंकका कर्मचारीहरुले कमिसन मागेको थाहा पाइए तत्काल कारवाही गर्ने समेत बताए । उनले बैंकका कर्मचारीहरुले कमिसन माग्ने गरेको भन्ने गुनासो सुन्नसाथ ऋणीसँग खाता लिङ्क देखिएका कर्मचारीहरुमाथि कारवाही गरिएको बताए । उनले ऋण लिँदा कुनैपनि सेवाग्राहीसँग कमिशन माग गरिएको भए तत्कालै केन्द्रीय बैंकमा सूचना दिन र कमिन लिएको भन्ने व्यक्तिहरुले व्यक्तिको नाम र संस्थाको विवरण दिन माग गरे । उनले कुनैपनि बैंकका कर्मचारीहरुले ऋण वा अन्य बैंकका सेवा प्रवाहको क्रममा घुस वा कमिसन माग गरेको राष्ट्र बैंकमा सूचना दिन आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।