अविमोच्य असञ्चिति अग्राधिकार सेयर के हो ?

0
Shares

अविमोच्य असञ्चिति अग्राधिकार सेयर (प्रपेञ्चुअल नन क्युमलेटिभ प्रिफरेन्स सेयर) कुनै पनि बैंक तथा वित्तीय संस्थाको साधरण सेयरको तुलनामा प्राथमिकता प्राप्त अथवा प्रोमोटर इक्विटी सेयर जस्तै हो । यसलाई अग्राधिकार सेयर पनि भनिन्छ ।

अंग्रेजीमा यसलाई पर्पेचुअल नन् क्युमुलेटिभ प्रिफेन्सियल सेयर भनिन्छ। पर्पेचुअलको अर्थ परिपक्व अवधि नतोकिएका भन्ने हुन्छ। नन् क्युमुलेटिभको अर्थ कुनै वर्ष लाभांश वितरण गरिएको छैन भने पनि सो वर्षको लाभांश भनेर अन्य वर्षहरूमा दिनैपर्छ भन्ने बाध्यता नहुनु भन्ने हुन्छ। त्यस्तै, प्रिफेन्सियल सेयर अर्थात् अग्राधिकार सेयर भनेको लाभांश दिँदा वा संस्था विघटन हुँदा यस्ता सेयरधनीलाई प्राथमिकतामा राखेर भुक्तानी गरिन्छ। तर, यस्ता सेयरधनीले कम्पनीको साधारण सभामा मतदान गर्न पाउँदैनन् ।

यसरी पर्पेच्युअल नन् क्युमुलेटिभ अग्राधिकार सेयरमा लाभांश भने क्युमुलेटिभ रुपमा पाउन सकिँदैन । साधारण सेयरको लाभांश दर घटबढ हुन सक्दछ तर अग्राधिकार सेयरको लाभांश सँधै एउटा हुने गर्दछ । पहिला अग्राधिकार सेयरले लाभांश पाईसके पछि मात्र साधरण सेयरधनीलाई लाभांश वितरण गरिन्छ । अग्राधिकार सेयरधनीलाई मतदानको अधिकार दिन वा नदिन पनि सकिने अवस्था छ । अग्राधिकार सेयरको विभिन्न प्रकार हुने गर्दछन जसमा क्युमुलेटिभ र नन्क्युमुलेटिभ लगायत ।

कुनै वर्ष कम्पनीले अग्राधिकार सेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने आगामी वर्ष नाफा हुँदा जोडेर दिने व्यवस्था रहेको छ । त्यस्तो सेयरलाई क्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ । भने, जुन वर्ष नाफा भएको हो त्यही वर्ष मात्र लाभांश बाँडिने सेयरलाई नन् क्युमुलेटिभ अग्राधिकार सेयर भनिन्छ । कम्पनी घाटामा गएको अवस्थामा भने यसका लगानीकताृले लाभांश पाउँदैनन् । तर पनि यदि कम्पनी विघटन भयो भने पनि पहिलो हक अग्राधिकार सेयरधनीकै हुन्छ तसर्थ पनि अग्राधिकार सेयरमा लगानी गर्नु सुरक्षित मानिन्छ ।

हाल नेपाल राष्ट्र बैंकले जारि गर्न अनुमति दिएको नन क्युमुलेटिभ अग्राधिकार सेयर हो । यसलाई नन रिडिमेबल र इरिडिमेबल अग्राधिकार सेयर पनि भनिन्छ । यीनिहरु उस्तै प्रकृतिका हुन्छन । तर नन क्युमुलेटेभिमा भन्दा क्युमुलेटिभ अग्राधिकार सेयरमा नाफा वाफत लाभांश प्राप्त गर्ने दर कम हुन सक्दछ । हाल नेपालमा दुई कम्पनी कृषि विकास वैक र एभरेष्ट बैंकले यस्तो सेयर जारि गरेका छन् । अहिले यो सेयर सर्वसाधरणमा परिवर्तन भैसकेको छ । अन्य देशमा पनि यस्तो सेयर जारी गर्ने प्रचलन छ ।

पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ मा बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्नसक्ने व्यवस्था रहेको छ । यस्तो सेयर अतिरिक्त टायर १ क्यापिटलमा मात्रै गणना हुन्छ । राष्ट्र बैंकको नियम अनुसार वाणिज्य बैंकहरूको कुल जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी कोष ८.५ प्रतिशत हुनुपर्छ। बैंकहरूको प्राथमिक पुँजी कोषमा सेयर पुँजी, वैधानिक साधारण जगेडा, सेयर प्रिमियम, लगानीकर्तालाई बाड्न मिल्ने सञ्चितिदेखि विशेष किसिमको अग्राधिकार सेयर तथा ऋणपत्र हुन्छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले पूँजीकोष सबल बनाउन वैकल्पिक औजार मार्फत पूँजी थप गर्ने विकल्प खुल्ला गर्ने उल्लेख गरेको थियो । सो पश्चात असार १२ गते एकीकृत निर्देशिका संशोधन गर्दै केन्द्रीय बैंकले उत्तः व्यवस्था कार्यान्वयनमा ल्याएको हो । केन्द्रीय बैंकले यसको बाटो खुला गर्नुअघि नै २ वटा वाणिज्य बैंकले अग्राधिकार सेयरका लागि राष्ट्र बैंकसँग अनुमति मागेका थिए । सो लगत्तै राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै १२ वटा सर्तसहित अतिरिक्त पुँजी वृद्धिका लागि अग्राधिकार सेयर जारी गर्न सक्ने बाटो खुलाएको हो ।

यी प्रवधानमा सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने, यसका लागि सञ्चित मुनाफा खाता एवं कुनै पनि कोष खर्च गर्न नपाइने, अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्नेसम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्र प्राप्त संस्थामा निहित हुने र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट खुलाउनुपर्नेछ ।

साथै यस्तो सेयरमा प्रदान गर्ने लाभांश दरसमेत विवरणपत्रमा स्पष्ट रूपमा खुलाउनुपर्ने, अग्राधिकार सेयरको भुक्तानी अवधि तोकेर सेयर संस्थागत लगानीकर्ताले मात्र खरिद गर्नुपर्ने, निष्कासनका लागि सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ । यो कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ ।  नोक्सानी प्रोभिजन गर्नुपरेमा यस्तो अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । त्यसका लागि राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने लगायतको व्यवस्था एकीकृत निर्देशनले गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०८१, मंगलबार  १३ : ४९ बजे