वैज्ञानिक ढंगले वैदेशिक रोजगार व्यवसायीले लिने सेवाशुल्क निर्धारण गरौंः अध्यक्ष राजेन्द्र भण्डारी

0
Shares

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैज्ञानिक रुपमा वैदेशिक रोजगार व्यवसायीले लिने सेवाशुल्क निर्धारण गर्न माग गरेका छन् ।  वैदेशिक रोजगार पेशालाई मर्यादित, पारदर्शी बनाउनुपर्छ भन्ने विषय सरोकारवालाहरुबाट आउने गरेपनि समयक्रमसँगै लागत निर्धारण हुन नसक्दा यसप्रतिको दृष्टिकोण समेत सकारात्मक हुन नसकेको उनको भनाई थियो ।

“वैदेशिक रोजगारीका सम्बन्धमा कुन कुन शीर्षकमा लागत कस्टहरु हुन्छ त्यो लागतको एक्चुअल रुपमा निर्धारण गरौं । व्यवसायीहरुले लिने सेवाशुल्क पनि निर्धारण गरौं । त्यसका लागि व्यवसायीहरुले एक महीनाको सेवा शुल्क मागेका छौं । त्यो लिएपछि हामीले सरकारले तोकेको मापदण्ड अनुसार हामीले काम गछौं ।” अध्यक्ष भण्डारीले भने, “यसो हुन सकेको खण्डमा अहिलेभन्दा ५०० गुणा धेरै राजश्व संकलन हुन्छ भने कामदारहरुको लागत पनि कम हुन्छ । त्यसपछि यो क्षेत्र पारदर्शी ढंगले लाग्ने लागत निर्धारण गर्नुपर्छ । त्यसका लागि म मन्त्रीलाई आग्रह गर्न चाहन्छु ।”

वैदेशिक रोजगार अन्त्यन्त संवेदनशिल विषय भएपनि क्षेत्रमा समय परिवर्तनका प्रिन्सिपल वा इच्छाशक्ति नभएकाकारण वैदेशिक रोजगार क्षेत्रको नीति स्पष्ट नहुँदा श्रमिकलाई चाहेजति गर्न नसकिरहेको उनको स्वीकारोक्ति थियो । सेवाशुल्कसँगै मागपत्र प्रमाणीकरण गर्नुपर्छ मन्त्रालयले बताउँदै आएको भएपनि व्यवसायीले लिने सेवाशुल्क लगायतका सेवा शुल्क निर्धारण गर्न नसक्दा मागपत्र प्रमाणिकरण गर्न समय लाग्ने गरेको उनले बताए ।

सेवाशुल्क निर्धारण र समयमा मागपत्र प्रमाणिकरण गर्न नसक्दा बेतिथि मौलाएको उनको दाबी छ । “हाम्रा व्यवसायीहरुभन्दा बाहेकका ट्राभल एजेन्सी, कन्सल्टेन्सी वा व्यक्तिको नाममा समेत मानव तस्करीको रुपमा श्रमिकहरुलाई लैजाने क्रम बढेको छ । त्यो बन्द गराउन मन्त्रीलाई मागपत्र प्रमाणिकरणलाई तुरुन्तै गराउन अनुरोध गर्न चाहन्छु । ”उनले थपे, “ तस्कर र बिचौलियाहरुले व्यक्तिगत श्रम स्वीकृति बनाएर विदेश पठाउने प्रचलन बढेको छ त्यसको समाधान गर्नुपर्छ । जो समक्ष छन् उनीहरुलाई सरकार, व्यवसायी चाहिँदैन उनीहरु त जान्छन् । तर जो खाँचोमा परेका व्यक्तिहरु हुन्छन् उनीहरुलाई पनि तस्कर र बिचौलियाहरुले व्यक्तिगत भिषा बनाएर पठाउने काम भैरहेको छ त्यसलाई कानुनमा आवश्यक संसोधन गरेर भएपनि बन्द गर्न र कामदारहरुलाई सुरक्षित गर्न आग्रह गर्दछु ।”

सरकारले जीटूजी मार्फत पठाउने मुलुकहरु इजरायल, जापान र कोरिया बाहेकका आकर्षक श्रम गन्तव्य स्थलका देशहरुमा वैदेशिक रोजगार व्यवसायी मार्फत कामदार पठाउने बाटो खोलिदिएर आवश्यक व्यवस्था गर्न उनले श्रममन्त्री डोल प्रसाद अर्याल समक्ष आग्रह गरे । साथै चालु आर्थिक वर्षमा इजाजत नवीकरण नगरेका सयौंका संख्यामा व्यवसायीहरुलाई आगामी दुई साताभित्र व्यवसायीहरुको नवीकरण खोलेर सहजीकरण गर्न उनले माग गरे ।

कामदारको उजुरी तथा गुनासा आएकै भरमा वैदेशिक रोजगार विभागले एकपटक पनि व्यवसायीहरुलाई नसोधी छापा मारेकोप्रति उनले आपत्ति प्रकट गरे । कामदारलाई अप्ठेरो परेको विषयमा पहिला व्यवसायीहरुलाई बोलाएर समस्या समाधान गर्न पहल गर्न आग्रह गर्दै उनले त्यसका लागि संघको एउटा समति नै बनाएको उल्लेख गरे । सो समिति मार्फत कामदारलाई सहयोग हुने उनको भनाई छ । समस्या तथा उजुरीका सम्बन्धमा टेरोराइज गरेर भन्दा व्यवसायीहरुसँगको सहकार्यमा अनुगमन गरी गुनासालाई सम्बोधन गर्न उनले आग्रह गरे ।

फ्रि भिषा फ्रि टिकट नेपालले मात्र लागू गरेर नहुने बताएादै उनले नेपालभन्दा ठूलो वेरोजगारहरु रहेका भारत, पाकिस्तान, बंगलादेश लगायतका अन्य देशका श्रमिकहरुले नेपालभन्दा बढी रकम तिर्दा शुन्य लागतमा पठाउन नसकिएको बताए । सोही कारण सो योजना ४ प्रतिशतभन्दा सफल हुन नसकेको उनको भनाई छ । “त्यसकारण गर्दा अब हामीले फ्रि भिषा फ्रि टिकट भनेर हुँदैन यसलाई वैज्ञानिक ढंगले हेरिदिनुपर्यो भनेर हामीले भनिरहेका छौं ।त्यसमा हामीले मन्त्रालयलाई सधैँ घच्घचाइरहेका छौं । ”

यस्तै अध्यक्ष भण्डारीले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा भएको ३० लाख रुपैयाँ रकमलाई वैदेशिक रोजगार भलाई कार्यविधि अनुसार व्यवसायीको हितमा खर्च गर्नेगरी निर्देशन दिन उनले मन्त्री अर्याललाई आग्रह गरे ।

सोमबार आयोजना भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औं स्थापना दिवस तथा ३० औं वार्षिक साधारण सभामा वैदेशिक रोजगारमा रहेर नेपाल फर्किएर नेपालमा अन्य व्यक्तिहरुलाई समेत रोजगारी दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

‘फ्रि भिषा फ्रि टिकट कार्यान्वयन हुन सक्दैन भन्ने पहिलाे व्यक्ति म नै थिएँ’– चन्द्र ढकाल

म्यानपावर व्यवसायीले २ खर्ब धेरै बैंकिङ्ग प्रणाली बाहिरबाट उठाउँदा सरकार चुप बस्दैनः श्रममन्त्री

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।