अर्थतन्त्रलाई गतिशील बनाउन लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता

0
Shares

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको छ ।

मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारील वस्तुस्थितिको विश्लेषणका आधारमा सहज मूल्य र बाह्य क्षेत्र स्थितिलाई मध्यनजर राखी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको जानकारी दिए ।

उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरु तर्ज‘मा गरिएको गभर्नर अधिकारीले बताए । समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरुबीच तादात्म्यता कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा तथ्याङ्कमा आधारित भई मौद्रिक नीति सम्बन्धमा विकसित नवीनतम आयामहरु र अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात गर्दै लगेको जनाएको छ ।

अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिई तरलता व्यवस्थापन गर्ने मौद्रिक नीतिको रणनीति रहेको छ । नीतिगत दरमार्फत अन्तरबैंक दर हुँदै बैंकिङ्ग क्षेत्रको ब्याजदरलाई प्रभाव पार्ने प्रसार संयन्त्र अवलम्बन गरिएको छ । यस अवस्थामा मुद्रा प्रदाय, कर्जा प्रवाह लगायतका मौद्रिक योगाङ्कहरु लक्ष्यको रुपमा नभई प्रक्षेपणको रुपमा मात्र रहेको गभर्नरको भनाई छ ।

नीतिगत दरले यस बैंकको मौद्रिक अडान एवम् कार्यदिशालाई दर्शाउँदछ । नीतिगत दरको परिवर्तनबाट पहिले भारित औसत अन्तरबैंक दरलाई र त्यसबाट निक्षेप तथा कर्जाको ब्याजदरलाई अपेक्षित स्तरमा राख्दैे अन्तिम लक्ष्यको रुपमा मूल्य र बाह्य क्षेत्र स्थायित्व हाँसिल गर्ने गरी मौद्रिक नीतिको प्रसार संरचना अवलम्बन गरिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा तथ्याङ्कमा आधारित भई मौद्रिक नीति सम्बन्धमा विकसित नवीनतम आयामहरु र अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात गर्दै लगेको छ ।

अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिई तरलता व्यवस्थापन गर्ने मौद्रिक नीतिको रणनीति रहेको छ । नीतिगत दरमार्फत अन्तरबैंक दर हुँदै बैंकिङ्ग क्षेत्रको ब्याजदरलाई प्रभाव पार्ने प्रसार संयन्त्र अवलम्बन गरिएको छ ।

नीतिगत दरले यस बैंकको मौद्रिक अडान एवम् कार्यदिशालाई दर्शाउँदछ । नीतिगत दरकोपरिवर्तनबाट पहिले भारित औसत अन्तरबैंक दरलाई र त्यसबाट निक्षेप तथा कर्जाको ब्याजदरलाई अपेक्षित स्तरमा राख्दैे अन्तिम लक्ष्यको रुपमा मूल्य र बाह्य क्षेत्र स्थायित्व हाँसिल गर्ने गरीमौद्रिक नीतिको प्रसार संरचना अवलम्बन गरिएको छ ।

विप्रेषण आप्रवाह उत्साहजनक रहेको, आयात संकुचनका साथै पर्यटक आगमन बढेको कारण विदेशी विनिमय सञ्चिति उच्च रहेको छ । उत्पादनशील भौतिक पूर्वाधारको निर्माण,उत्पादनमूलक उद्योगहरुको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने गरी विदेशी विनिमय सञ्चितिको उपयोग गर्ने अवसर छ ।

आयात घटेको र यसको संरचनागत परिवर्तन हुँदै गएको, आर्थिक क्रियाकलापमा सुधार आउन बाँकी रहेको परिप्रेक्ष्यमा सरकारको राजस्व परिचालन कमजोर रही सरकारी वित्त दवावमा रहेको छ । फलस्वरुप, पछिल्लो दशकमा कुल तिर्न बाँकी सार्वजनिक ऋण करीब दोब्बरले वृद्धि भई २०८१ असारसम्ममा कुल गार्हस्थ्य उत्पादनको करीब ४२.४ प्रतिशत पुगेको छ । तापनि, आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित खुद आन्तरिक ऋण परिचालनले बैकिङ्ग प्रणालीमासहज तरलता रहेको अवस्थामा ब्याजदरमा खासै दवाव नपार्न सक्दछ, तर सार्वजनिक ऋणको उत्पादनशील प्रयोगको आवश्यकता रहेको केन्द्रीय बैकको भनाई छ ।

अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमाभित्र आएको, बाह्य क्षेत्र सुधार भई विदेशी विनिमय सञ्चिति उल्लेख्य बढेको र ब्याजदर उल्लेख्य घटेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाहरुसँग लगानीयोग्य साधन बढ्दै गए पनि कर्जा विस्तार अपेक्षित रुपमा बढ्न सकेको छैन । कर्जाको ब्याजदर कम भएको अवस्थामा समेत आन्तरिक मागमा उल्लेख्य सुधार हुन नसकेको स्थितिमा मौद्रिक नीतिमार्फत मात्र कर्जाको माग सुधार गर्न कठिन हुने हुन्छ । मौद्रिक सहजीकरणमार्फत अर्थतन्त्रको समष्टिगत माग विस्तारको लागि अधिक प्रयत्न गरिँदा सोहीअनुरुप वास्तविक क्षेत्रमा सुधार नहुने हो भने वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने हुन्छ । यस्तो अवस्थामा मौद्रिक नीतिमार्फत अल्पकालीन सहजता कायम गर्दैै दीर्घकालीन वित्तीय स्थायित्व हासिल गर्ने चुनौती रहेको गभर्नर अधिकारीको भनाई छ ।

विप्रेषण आप्रवाह उत्साहजनक रहेको, आयात संकुचनका साथै पर्यटक आगमन बढेको कारण विदेशी विनिमय सञ्चिति उच्च रहेको छ । उत्पादनशील भौतिक पूर्वाधारको निर्माण, उत्पादनमूलक उद्योगहरुको स्थापना, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने गरी विदेशी विनिमय सञ्चितिको उपयोग गर्ने अवसर रहेको राष्ट्र बैंकको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।