चौध हाइड्रोपावर कम्पनीको मूल्य आम्दानी अनुपात २० गुणाभन्दा कम

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कूल ३२ हाइड्रोपावर कम्पनीमध्ये १४ कम्पनीका मूल्य आम्दानी अनुपात २० गुणाभन्दा कम देखिएको छ ।
हाइड्रोपावर कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणमा प्रकाशित नाफा र फागुन १८ गते आइतबार कायम शेयरमूल्यलाई आधार मान्दा सो तथ्याङ्क देखा परेको हो।

वित्तीय विवरणमा नाफा घाटा उल्लेख नगरेको हिमालयन पावर पार्टनर र लामो समयदेखि वित्तीय विवरण सार्वजनिक नगरेका जोशी, घलेम्दी र पञ्चकन्या माई हाइड्रोको नतिजालाई यहाँ विश्लेषण गरिएको छैन।

चालु आवको पुस मसान्तसम्म कम्पनीले गरेका नाफा र सो नाफालाई आधार मानेर गणना गरिएको वार्षिक प्रतिशेयर आम्दानीका आधारमा यो यस्तो देखिएको हो।

तथ्याङ्क अनुसार यस अवधिमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको मूल्य आम्दानी अनुपात सबैभन्दा कम ५.८२ गुणा रहेको छ। वार्षिक प्रतिशेयर आम्दानी १९०८ रुपैयाँ रहेको यस हाइड्रोपावरको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा १११ रुपैयाँ रहेको छ।

यस कम्पनीको लगानीमा प्रतिफल पनि १९.२७ प्रतिशत रहेको छ। कम्पनीको जगेडा कोष ६४ लाख ३९ हजार रुपैयाँले ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीले ६ करोड ६८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यसैगरि दोस्रो कम मूल्य आम्दानी अनुपात बुटवल पावर र तेस्रो पाँचथर पावर कम्पनीको रहेको छ । बुटवल पावर कम्पनीको ६.१९ र पाँचथरको मूल्य आम्दानी अनुपात ७.३० गुणा छ। धितोपत्रको दोस्रो बजारमा बुटवल पावरको शेयर ३९६ रुपैयाँ र पाँचथर पावरको १२४ रुपैयाँमा कारोबार भएको छ । 

जगेडा कोष र खुद नाफा हजारमा देखाइएको छ:-

यस अवधिसम्ममा बुटवल पावरको लगानीमा प्रतिफल २४.६० र पाँचथर पावरको १९.९३ प्रतिशत तथा नाफा क्रमश ८५ करोड ८८ लाख ६७ हजार र ८ करोड १७ लाख ८४ हजार रुपैयाँ रहेको छ।  बुटवल पावरको जगेडा कोष ४ अर्ब २९ करोड ८७ लाखले धनात्मक रहँदा पाँचथर पावरको भने अझै १४ कराड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यस अवधिमा अन्य नेपाल हाइड्रो डेभलोपर कम्पनी, ङादी, कालिका, राधी, युनाइटेड मोदी, सानिमा माई, छ्याङ्दी, रिडी, अरुण भ्याली, रैराङ्ग, र बरुण हाइड्रोपावरको मूल्य आम्दानी अनुपात २० गुणाभन्दा कम देखिएको हो।

यसैगरि यस अवधिसम्म नोक्सानीमा रहेका ७ हाइड्रोपावर कम्पनीको मूल्य आम्दानी अनुपात ऋणात्मक रहेको छ । यस अवधिमा अपर तामाकोशीको मूल्य आम्दानी सबैभन्दा धेरै ५७० गुणा ऋणात्मक छ भने साञ्जेन र रसुवागढीको पनि २५० गुणा भन्दा बढीले ऋणात्मक छ। यसैगरि माउन्टेन हाइड्रो नेपाल, आँखुखोला, दिब्येश्वरी, र खानीखोला हाइड्रोपावरको मूल्य आम्दानी अनुपात ऋणात्मक रहेको हो। सातवटै कम्पनी खुद नाफा तथा जगेडा नोक्सानीमा रहेकाले सबै कम्पनीको मूल्य आम्दानी नकारात्मक बनेको हो।