सुनको भाउ ऐतिहासिक उचाईमा, डलरको पनि बढ्यो

0
Shares

सुनको भाउमा पुन: ऐतिहासिक रेकर्ड कायम भएको छ। यसअघि फागनु १२ गते सोमबार ८० हजार ३०० रुपैयाँमा कारोबार गरेर रेकर्ड कायम भएकोमा फागुन २१ गते सो बिन्दुलाई समेत तोडेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते बुधबार एकैदिन सुनको मूल्यमा प्रतितोला २ हजार २०० रुपैयाँले वृद्धि भएको हो। यस्तै चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ।

यसअनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८० हजार ३०० रुपैयाँ पुगेको टछ भने तेजावी सुनको भाउ प्रतितोला ८० हजार ३०० रुपैयाँ तोकिएको छ। चाँदीको भाउ प्रतितोला ८८० रुपैयाँमा छ।

विश्वमा फैलिएको कोरोना भाईरसका कारण सुनको मूल्यमा ऐतिहासिक उचाईमा चुमेको हो। फागुन २० गते मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ७८ हजार ३०० रुपैयाँ तथा तेजावी सुनको भाउ प्रतितोला ७८ हजार रुपैयाँ तोकिएको थियो। यस्तै चाँदीको प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो।

  • किन बढ्दैछ सुनको भाउ ? यसो भन्छन् व्यवसायी

सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष मणीकरत्न शाक्यले नोटबजारसँग कुराकानी गर्दै विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण र त्यसको असरले विश्व अर्थतन्त्रमा पारेको प्रभावको असर सुनको मूल्यमा परेको बताए।

उनका अनुसार नोबेल कोरोनको असरबाट ठूला अर्थतन्त्र भएका मूलुकहरु चीन, अमेरिका, जापान, दक्षिण कोरिया प्रभावित बनेका छन्। ठूला अर्थतन्त्र भएका मूलुकहरुमा आर्थिक मन्दी आउनु तथा अमेरिकी फेडरल बैंकले डिबेञ्चरमा प्रदान गर्दै आइरहेको ब्याजदर ०.५ प्रतिशतले घटाएर १ देखि सवा १ प्रतिशत कायम गरेका कारण पनि सुनको मूल्य बढेको हो।

शाक्यका अनुसार अमेरिकी रिर्जब बैंकहरुमा ब्याजदर घट्दा लगानीको अर्को सुरक्षित माध्यम सुनमा चाप बढ्दा सुन अचाक्ली महङ्गो हुन अवस्थामा पुगेको हो। नेपालजस्तो धार्मिक, सांस्कृतिक कार्यहरुमा पनि सुन चाहिने देशमा यसरी सुनको मूल्य बढ्नु बिडम्बना नै बन्न पुगेको उनले बताए। यहि अवस्था रहिरहे सुनको मूल्य अझ बढ्नसक्ने उनको भनाई थियो।

  • डलरको भाउ पनि निरन्तर बढ्दै

उता नोबल कोरोना भाइरसले विश्व अर्थतन्त्र (चीन, अमेरिका, युरोप, जापान) नै प्रभावित हुन थालेपछि पछिल्लो अमेरिकी डलरको भाउ पनि निरन्तर बढ्न थाल्दा नेपाली मुद्रा कमजोर बन्न थालेको छ।

लामो समय ११४ रुपैयाँको हाराहारीमा रहेको भाउ ११७ रुपैयाँ ५८ पैसा पुगेको हो। बुधबार मात्रै डलर ०.९२ रुपैयाँले महङ्गो भएको हो। दुई दिनमा मात्र डलरको भाउ एक रुपैयाँ ७२ पैसाले उक्लिसकेको छ।

डलरको भाउ बढ्दा नेपालजस्तो आयातमुखी अर्थतन्त्र भएका मूलुकलाई असहजता उत्पन्न हुन्छ। कोरोना भाइरसका कारण रोजगारीमा जाने मान्छे घट्दा नेपाल भित्रने रेमिट्यान्स समेत घट्ने गर्दछ।

यस्तै डलर बढ्दा सरकारले तिर्नुपर्ने वैदेशिक ऋण र साँवा भुक्तानी, डलरमा सम्झौता भई निमार्ण भैरहेका हाइड्रोपावरको लागत आदिमा समेत भार थपिन्छ।