फैलँदो कारोना र घट्दो तेलको मूल्यले विश्व पूँजीबजार क्र्यास उन्मूख


तीब्र गतिमा फैलिएको कारोना भाइरसले विश्व अर्थतन्त्र नै डगमगाउने डरका कारण विश्व पूँजीबजार करिब ध्वस्त सरह भएको छ। तेलको मूल्यमा आएको एतिहासीक गिरावटका कारणले उर्जा उद्योग तथा व्यवसाय गर्ने कम्पनीहरुले करिब एक सय अर्ब डलर गुमाएको अनुमान गरिएको छ ।

तेलको मूल्यमा आएको गिरावटले विश्वको पुँजी बजारमा उच्च गिरावट आउनमा थप मद्दत गरेको छ।

यस भाईरसका कारण संसारभर मृत्यु हुनेको संख्या बढिरहेको अवस्थामा व्यापारी तथा लगानीकर्ताहरु आफ्नो जोखिमयुक्त सम्पत्तिलाई सुरक्षित क्षेत्रतर्फ स्थानान्तरणको विकल्प खोजिरहेका छन्। जसका कारण सुन र ‘येन’ को दरमा अकस्मात वृद्धि देखिएको छ । त्यसैगरी ‘अमेरिकी ट्रेजरी’ इल्ड अहिले सम्मकै सबैभन्दा न्यून विन्दुमा पुगको छ।

सरकार र केन्द्रिय बैंकहरुले विभिन्न संरक्षणका उपायहरु अपनाईरहँदा कोभिड-१९ को फैलावटले विश्वकै अर्थतन्त्रमा ठुलो क्षतिको भय खडा गरेको अवस्थामा व्यापारिक मन्दीको पनि डर देखा परेको छ।

सोमबार कारोबार सुरु भएदेखि रातो छाएको सेयर बजारमा टोकियो, र मनिला स्टक एक्सचेन्ज सूचक ५ प्रतिशत भन्दा धेरैले घटेका छन भने हङकङमा ३.७ र सिड्नी सेडमा ७.३ प्रतिशतको गिरावट देखियो। मुम्बई, सिंगापुर, सियोल, जाकर्ता स्टक एक्सचेन्जमा ४ प्रतिशत भन्दा तल चलिहेका थिए भने संघाइ स्टक एक्सचेन्ज ३ र ब्याङक्क ६.८ प्रतिशतले घटेका छन । त्यसैगरी साउदी अरेबियाको इक्वीटी मार्केट ९ प्रतिशतसम्मले घटेको छ। साउदि अरेबियाको पुँजी बजारमा उच्च अंकको गिरावट आउनमा आयल टिटान आराम्कोको सेयर मूल्य १० प्रतिशतसम्मले घटेपछि त्यसको असर परेको हो।

दुवई र कुवेतका धितापत्र बजार करिब बराबर अंकले घटेका छन । जव की सोमबार अबुदावी स्टक एक्सचेन्ज सूचक करिब ८ प्रतिशतले घटेको छ। एसियन बजारमा देखिएको सोमबारको गिरावत गत शुक्रबार यूरोपियन र बाल स्ट्रिटमा आएको गिरावटलाइ नै पछ्याएको छ।

तेलको मूल्यमा आएको निकै नै डरलाग्दो गिरावटको कारण भनेको तेल उत्पादन गर्ने मुलुकहरुविच उत्पादनमा कटौति गर्ने सहमती जुट्न नसकेपछि त्यसवाट साउदी अरेवियाले हात झिकेर तेलको उत्पादनमा कटौती नगर्ने निणर्य गर्यो । रसियाले अधिक तेल उत्पादन गरेपनि मूख्य तेल निर्णयकर्ताको रुपमा रहेको साउदीले मूल्य घटाएको हो । तेल निर्यात देशहरुका लागि कोरोना भाइरसका कारण तेलको माग नै कम भैरहेको अवस्था थियो । माग नै कम भएको अवस्थामा उत्पादन नियन्त्रण नगरेपछि मूल्य घट्नु स्वभावीक हो । केही तेल उत्पादक देशहरुले सहमती गर्न खोजेका थिए । तेल उत्पादनमा कमी गर्ने भनेर तर पनि त्यसमा कस्कोले आपुर्ति नियन्त्रण गर्ने सन्दर्भमा सहमती जनाएन ।

त्यसको प्रतिउत्तरमा रियादले प्रति ब्यारल तेलमा ४ देखि ६ डलर एसियाका लागि र ७ डलर अकेरिकाकालागि मूल्य घटायो । त्यो यस सन्दर्भमा सहमती जुट्न नसकेको खण्डमा प्रति ब्यारल २० डलरमा सम्ममा पनि तेल दिने रसियाले चेतावनी दिइसकेको अवस्था छ ।

“अमेरिकाको र चीनको ब्यापार युद्धले भन्दापनि यो तेल युद्धले विश्व अर्थतन्त्रमा धेरै असर गर्ने देखिन्छ, कनिकी तेले विश्व अर्थतन्त्रका धेरै जसो पाटाहरुलाइ छोएको हुन्छ,” इनर्जी क्लाइमेट एण्ड रिसोर्सेोज एट यूरोसिया ग्रुप इन लडका निर्देक रोहिहतेस धवनले भने ।

  • उर्जा कम्पनीहरुमा नोक्सानी

ओएएनडिएका बरिष्ठ बजार विश्लेषक जेफ्रि हलेले भने,” साउदी अरेविया रसियालाइ दण्ड दिन चाहिरहेको छ ।“तेलको मूल्य कोरोना भाइरसले विश्व अर्थतन्त्रमा प्रभाव पर्ने आगामी केही महिनासम्ममा नियन्त्रण आउन सक्छ, तर, साउदी अरेवियाले उच्च दरमा छुट दिएर तेल बिक्री गर्नका लागि धेरै पम्पहरु खोलेको उनले थपे ।

इन्धन कम्पनीहरु सिएनओओसी १७, पेट्रो चाइना ९, टोकियो इनपेक्स १३, सिड्नी सान्टोस ३० र उडसाइड पेट्रोलियम ट्याङकड् १८.४ प्रतिशतले घटेका छन्। जवकी विएचपी भने १४ प्रतिशतले घटेको छ।

तेलको मूल्यमा आएको गिरावट र फैलदो कारोना भाइरसका कारण विश्व अर्थतन्त्र नै उच्च जोखिममा परेको गाइतामे डटकम रिसर्च इन्ष्टिच्यूटका तक्वा काण्डाले बताए।

त्यसैगरी विश्वको विदेशी विनीमय बजारमा पनि उच्च उतारचढाव आएको देखिन्छ। यन लाई वढाएको अवस्था छ। साथै कोरोबार भाइरसले अमेरिकामा पनि उच्च प्रभाव पर्ने भएपछि डलर बिक्री गरेको अवस्था छ । कोरोना भाइरसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने र अमेरिकी इल्ड पनि न्यून भएकाले लगानीकर्ताले सुरक्षीत लगानीका लागि यन छनोट गरेको विज्ञहरु बताउछन । यो विचमा विद्शी मुद्राहरुमा पनि उच्च गिराव आएको अवस्था छ।

चीन पनि कोरोनाको धेरै प्रभावीत क्षेत्रको रुपमा इटाली रहेको छ। इटालीले आफ्नो जनसंख्याको एक चौथाइलाई कारेन्टाइमा राखिसकेको अवस्था छ। विश्व भरीनै पब्लिक कार्यक्रमहरु रद्द गरिएको अवस्था छ।

विश्व अर्थतन्त्रमा मुख्य सूचकहरु:-

  • ब्रेन्ट क्रुडः २६ प्रतिशतले घटेर प्रति ब्यारल ३३.५२ अमेरिकी डलर
  • वेष्ट टेक्सास इन्टरमिडियटः २७.७ प्रतिशतले घटेर २९.८२ अमेरिकी डलर
  • टोकियो निक्की २२५ः ५.१ प्रतिशतले घटेर १९६९८.७६(बन्द)
  • हङकङ ह्याङ सेङः ३ं७ प्रतिशतले घटेर २६१७३.०१
  • साङगाइ कम्पोजिट : ३ प्रतिशतले घटेर २९४३.२९(बन्द)
  • सिड्नी एस एण्ड पि/एएसएक्स २००ः ७.३ प्रतिशतले घटेर ५७६०.६०
  • गोल्ड : १.७ प्रतिशतले वढेर प्रति आउन्स १७०२ डलर
  • डलर/यनः प्रति डल १०५.४० यानवाट घटेर १०२.७०
  • यूरो/डलरः डलर पनि थप बलीयो भइ एक यूरो बरावर १.१४०२ डलर कायम भएको
  • पाउण्ड /डलरः डलर थप बलीयो भइ एक पाउण्ठ बरावर १.३१०८ अमेरिकी डलर पुगेको
  • यूरो/पाउण्ड : वढेर ८६.५८ पेन्स वाट ८७.०४ पेन्स पुगेको
  • न्युयोर्क डाउः एक प्रतिशतले घटेर २५८६४.७८(बन्द)
  • लण्डन एफटिएसइ १००ः ३.६ प्रतिशतले घटेर ६४६२.५५(बन्द)