विश्वभरका शेयर बजार प्यानिक बन्दै, डाउजोन्स १४ सयले घट्दा सेन्सेक्स ३ हजारले घट्यो

0
Shares

फैलदो कोरोना भाइरसको त्रास तथा घट्दो तेलको मूल्यका कारण अन्तरािष्ट्रय शेयर बजारमा अस्वभाविक गिरावट आएको छ ।

कोरोना भाइरस र रसिया तथा साउदी अरेबियाको तेल युद्धका कारण विगत केहि सातादेखि अन्तरािष्ट्रय शेयर बजारमा निरन्तर घट्दो क्रममा रहेको हो ।
निरन्तर घट्दो क्रममा रहेको अन्तराष्ट्रिय शेयर बजार सूचक फकर्ने संकेत नदेखिएपछि विश्लेष्कहरुले शेयर बजार क्र्यास उन्मूख देखिने समेत संकेत गरेका छन। 

बिहीबार मात्र अमेरिकी शेयर बजार परिसूचक डाउजोन्स एक हजार ४ सय अंकले झरेको छ भने भारतीय शेयर बजारको सूचक सेन्सेक्स २ हजार ९ सय १९ अंकले घटेको छ । सेन्सेक्समा बिहीबार आएको गिरावट हालसम्मकै उच्च अंकमको गिरावट रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यसैगरी सिंगापुर एक्सेचन्ज निफ्टी फूयचार्स करीब ४ प्रतिशतले, निक्की २ प्रतिशत, साउथ कोरीयाको कास्पी १.२५, अष्ट्रेलियाको एएसएस २.६ प्रतिशतले घटेको छ ।

बिहीबार भारतीय शेयर बजारमा आएको ऐतिहासीक गिरावटको प्रमूख कारणमा कोरोना भाइरस घट्दो तेलको मूल्य तथा अन्तरािष्ट्रय रेटिङ एजेन्सी मुडिजले भारतको आर्थिक वृद्धिदर कमी आउने भनेपछि बजार झनै उच्च दरमा घट्न थालेको हो ।

बुधबार सामान्य सुधार आएको भारतीय शेयर बजार बिहीबार मात्र बम्बई स्टक एक्सचेन्ज परिसूचक सेन्सेक्स २९१९ अंकले घटेको छ भने नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ८२५ अंकले घटेको छ ।

बिहीबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको भारतीय शेयर बजार बन्द हुदाँ सम्म घट्ने क्रम जारी रह्यो । बिहीबार सेन्सेन्स २९१९ अंकले घटेर ३२७३८.१४ अंकमा पुगेको छ भने निफ्टी ८२५ अंकले घटेर ९६३३.१० अंकमा झरेको छ ।

बिहीबार सेन्सेक्समा सूचिकृत ३० कम्पनी मध्ये धेरैको सेयर मूल्य घटेको छ । यसभन्दा अघि फेब्रअरी २८ मा भारतीय शेयर बजार सूचक सेन्सेक्स १४४८ अंकले घटेको थियो । त्यसपछि बजेट आउदाको दिनमा सेन्सेक्स ९८७ अंकले घटेको थियो।

बिहीबार मात्र सेन्सेक्सको कुल बजार पूँजीकरण १० लाख करोडले घटेर १२७ लाख करोडमा सिमित भएको छ । बुधबार सेन्सेक्सको कुल बजार पूँजीकरण १३७ लाख करोड भारु थियो ।

यता नेपालको शेयर बजारमा पनि बिहीबार भारी गिरावट आएको छ । नेप्से सूचक ४६ अंकले झरेर १३७७.१८ अंकमा झरेको छ।

 

प्रकाशित मिति: २९ फागुन २०७६, बिहीबार  १७ : ५३ बजे