राष्ट्रिय संकटमा बीमा कारोबार संचालनका ११ सुत्र – रमेश कुमार भट्टराई

0
Shares

- रमेश कुमार भट्टराईकोरोना भाईरसबाट संसार नै पिडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरि अत्यावस्यक बाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गते सम्म बन्द गरेको छ ।

बीमा कारोबारलाई अत्यावस्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ ।

मानिसको जिवनमा भबिष्यमा आईपर्ने जोखिम कै लागि बीमा गर्नु पर्ने भएकोले यो संकटको घडिमा भागेर कायर हुनु भन्दा सुरक्षित पनि हुनु र बीमा कारोबारको उचित ब्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ । त्यस्को लागि भोलिबाट निम्न उपाय अपनाउन सल्लाह दिन्छु ।

 – रमेश कुमार भट्टराई

१.कार्यालका कर्मचारि सबैको दैनिक ज्वरो मापन गर्ने,मास्क लगाउन लगाउने,सेनिटाईजर प्रयोग गराउने र १ र १ घण्टामा साबुन पानीले हात धुन लगाउने ।

२.कार्यालयका कर्मचारिलाई १ / १ घण्टामा तातो पानी, चिया, कफि उपलब्ध गराउने ।

३.कार्यालयमा भेटन सेवाग्राहि र ग्राहक आउदा भेटने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दुरि राखि भेटबार्ता गर्ने, अन्य कोठा कोठामा जान नदिने।

४.आउने ग्राहक र सेवाग्राहिलाई गेटमा नै ज्वरो नापि मास्क लगाई सेनिटाईजर लगाएर मात्र गेट भित्र आउन दिने ।

५.बीमा कार्यालयमा एकै ठाउमा ५ जना भन्दा बढि ग्राहक संग छलफल वा भेटघाट नगर्ने ।

६.शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावस्यक कामको लागि आलो पालो गरि २ जना मात्र दैनिक उपस्थित हुने, सो भन्दा बढिलाई अनिवार्य बिदा बस्न लगाउने ।

७.प्रधान कार्यालयमा प्रत्येक बिभागमा अधिकृत एक जना र सहायक एक जना गरि दुई जना मात्र उपस्थित गराई दैनिक आई पर्ने सेवा दिने र बाकिलाई बिदा दिने ।

८.कार्यकारी प्रमुख र नायब कार्यकारी प्रमुख पनि आलो पालो गरि आउने र बिदा बस्ने ।

९.अनिवार्य बिदा दिदा सार्बजनिक सवारीमा आउने र टाढा घर भएका कर्मचारिलाई प्राथमिकतामा राखि बिदा दिने ।

१०.बिदा दिदा सबैलाई पहिले संचित बिदाबाट कट्टि हुने गरि दिने,त्यो नहुने स्थाईलाई एडभान्स बिदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरी ५० प्रतिशत मात्र पाउने पेड लिभ दिने ।

११. बिदा आलो पालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन ३/३ दिन वा ५/५ दिनको लगातार हुने गरी दिने ।

देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन् । उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन, तपाईं हाम्रो जागिर जान सक्छ, देश ठुलै संकटमा फस्न सक्छ । यस्तोमा आफु पनि बाच्ने, अरुलाई पनि बचाउने,कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरि कार्य गर्नुमा नै हामी सबैको भलाई छ ।

बीमा विज्ञ रमेश कुमार भट्टराईको फेसबुकबाट लिइएको हो।