कोरोना भाइरसको संकटमा भारतीय कम्पनीहरुले कर्मचारीहरुलाई विशेष सुविधाहरु दिँदै, नेपालमा के होला ?

0
Shares

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसका कारण मानव जाती नै समस्यामा देखिएको अवस्था छ । यस्तो अवस्थामा आफ्नो क्षमता अनुसारको मानवीयता देखाउने क्रम भारतमा भने सुरु भैसकेको छ ।

भारतमा पछिल्लो समयमा तीन साता देशव्यापी लकडाउन गरिएको अवस्था छ । यो अवस्थामा घरबाट बाहिर आवतजावत समेत बन्देज हुन्छ । अधिकाशं कम्पनीहरुले कर्मचारीलाई घरबाट काम गर्न भनेको अवस्था छ भने कतिपय कम्पनी बन्द गरेर बेतलवी विदा दिई कर्मचारीलाई घरमा बस्न भनिएको अवस्था छ ।

भारतमा केही कम्पनीहरुले अहिलेको संकटको अवस्थालाई ध्यान दिँदै आफ्ना कर्मचारीलाई स्केल भन्दा धेरै तलब दिने तथा महिनाको २ पटका दर तलव भुक्तानी दिने, एडभान्सस्ड दिने, एक्स्ट्रा तलब दिने, साथै तलवी विदा दिने समेतका सुविधा दिन सुरु गरेका छन् ।

पछिल्लो समयमा रिलायन्स इण्डष्ट्रिजले लिमिटेडले आफ्ना कर्मचारीलाई मासिक २ पटक तलब दिने घोषणा गरेको छ। त्यसैगरी शुक्रबार मात्र प्रविधि क्षेत्रमा काम गर्दै आएको कग्निजेन्ट कम्पनीले आफ्ना कर्मचारीलाई २५ प्रतिशतले तलब बढाएर दिने घोषणा गरेका छ ।

आइटी कम्पनी कग्निजेन्टले शुक्रबार भारत र फिलिपिन्समा रहेको उसका एसोसिएट्स तथा त्यो भन्दा तल्लो स्तरमा काम गर्ने कर्मचारीहरुलाई अप्रिल महिनामा न्यूनतम तलबको २५ प्रतिशत बढाएर दिने भएको हो। कम्पनीको यो निर्णयले भारतका १.३० लाख कर्मचारीलाई फाइदा पुग्नेछ । अप्रिल महिनामा बढाइएको तलब दिने तथा आगामी दिनमा भाइरस संक्रमणको अवस्था हेरेर दिने नदिने निर्णय हुने जनाएको छ ।

भारतमा सरकारले २१ दिनको लकडाउन घोषणा गरेको शुक्रबार दोस्रो दिन पूरा भएको छ । यस्तो अवस्थामा एकपछि अर्को कम्पनीले आफ्ना कर्मचारीलाई विशेष सुविधाहरु घोषणा गर्न सुरु गरिसकेका छन् । तर, नेपालका उद्योग व्यवसायीहरु भने सरकारबाट आफुहरुका लागि कर्जाको म्याद थाप गरिदिनुपर्ने, ब्याजदर घटाउनुपर्ने र आर्थिक प्याकेज दिनुपर्ने माग गरेको सुनिँदै आएको छ । त्यसरी सरकार समक्ष आफ्ना लागि माग लिएर गएका धेरै कम्पनीले कर्मचारीलाई बेतलबी विदा दिएको अवस्था छ ।

केही कम्पनीले संकटको अवस्थामा काम लगाए पनि अतिरक्ति सेवा सुविधाको व्यवस्था समेत गर्न नसकेको अवस्था छ । सरकारले लकडान घोषणा गरेको शुक्रबार चार दिन बितेर शनिबार पाँचौं दिनमा प्रवेश गरेको छ । यो अवधिमा अधिकाशं कम्पनीका कर्मचारीहरु वर्क फ्रम होममा आधारित भई काम गर्दै आएका छन् ।

नेपालमा भने अहिलेसम्म यस्तो संकटको अवस्थालाई बुझेर कर्मचारीलाई प्रोत्साहन गर्ने तथा उनीहरुको जटीलतामा कम्पनी पनि सहभागी हुने भन्ने उदाहरण अहिलेसम्म आइसकेको छैन ।