कोरोनाका कारण ७ कम्पनीको साधारण सभा अनिश्चित

0
Shares

विश्वभर फैलिएको कोभिड १९ का कारण ७ कम्पनीका साधारण सभा स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएपछि ती कम्पनीहरुले बोलाएको साधारण सभा तथा विशेष साधारण सभाहरु स्थगित भएसँगै अनिश्चित बनेको हो।

सरकारले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट हुन सक्ने सम्भावित जोखिम कम गर्न लकडाउन घोषणा गरेको कारण प्राथमिक शेयर तथा म्युचुअल फण्डहरुको इकाई बिक्री कार्यक्रम समेत रोकिएको छ। एनआईसी एशिया लघुवित्त तथा युनाइटेड इदिमर्दी हाइड्रोपावर लागायत शेयर जारी गर्ने चरणमा रहेका कम्पनीको आर्एपीओ निष्काशन रोकिएको हो। यस्तै नेपाल पुनर्बीमा कम्पनीको चैत १४ गतेभित्र बाँडफाँड गर्नुपर्ने आईपीओ पनि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै अवरुद्ध बनेको छ।

कोरोनाकै कारण चैत ९ गते आइतावार देखि ८ करोड इकाई निष्कासन गर्ने तालिका सार्वजनिक गरेको लक्ष्मी उन्नति कोषको इकाई निष्कासन समेत स्थगित भएको छ ।

यसरी साधारण सभा आह्वान गरेर स्थगित गर्नेमा सेञ्चुरी कमर्सियल बैंक र सिटिजन्स बैंक इन्टरनेशनल गरि २ वटा वाणिज्य बैंक, सहयोगी विकास बैंक, नेपाल इस्योरेन्स, वोमी लघुवित्त तथा अपि पावर कम्पनि र ङादी ग्रुप पावर गरि २ जलविद्युत् कम्पनी रहेका छन् ।

ङादी ग्रुप पावरले फाल्गुन २७ गते, अपि पावर कम्पनीले चैत्र ७ गते, सिटिजन्स बैंक र सहयोगी विकास बैंक चैत्र १० गते, सेञ्चुरी कमर्सियल बैंकले चैत्र १४ गते, वोमी लघुवित्तले चैत्र १६ गते र नेपाल इस्योरेन्सले चैत्र २१ गते साधारण सभा बोलाएका थिए।

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वायर गर्न विशेष साधारण सभा डाकेको हो भने अन्य सबै कम्पनीहरुको पुस मसान्तभित्र सक्नुपर्ने साधारण सभा हो।

यसैपनि समयमा साधारण सभा सम्पन्न नगरेका कम्पनीका समयमा नै साधारण सभा सम्पन्न नगर्दा कोरोना प्रभावका कारण शेयरधनीले पाउने लाभांश पर धकेलिएको छ।

सबै कम्पनीहरुले साधारण सभाको अन्तिम समयमा आएर साधारण सभा स्थगित गरेका हुन्। कम्पनीले स्थगित सभा अब कहिले गर्ने अनिश्चित बनेको छ। मितेरी डेभलपमेन्ट बैंकले भने प्रोक्सी मार्फत चैत ९ गते आइतबार साधारण सभा सम्पन्न गरेको थियो।

  • कुन कम्पनीको के-के थियो मुख्य एजेण्डा ?

ङादी ग्रुप पावरलेले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी छ।

अपि पावरले ५ प्रतिशत बोनस र ४७ प्रतिशत हकप्रद शेयरपछि कायम चुक्ता पूँजीबाट फेरि ९० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्दैछ ।

सिटिजन्स र सहयोगि विकास बैंकले एक आपसमा प्राप्ती गराउने। हुने प्रस्ताव तथा मर्जर प्राप्तीका लागि संयुक्त मर्जर कमिटिले गरेका निर्णय पारित गर्नेछन् भने सहगोगीले १८.७२ प्रतिशत नगद लाभांश समेत अनुमोदन गर्नेछ।

सेञ्चुरी कमर्सियल बैंकले साधारण सभामा मर्जर तथा प्राप्तीका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने र २ प्रतिशत बोनस र कर प्रयोजन समेत गरी ४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य एजेण्डा रहेको छ।

यसैगरि वोमी लघुवित्त वित्तीय संस्थाले ८ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांशका साथै ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ।

नेपाल इस्योरेन्सले साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रकाशित मिति: १५ चैत २०७६, शनिबार  २० : ३६ बजे