शेयर कारोबारको बाँकी रहेको राफसाफ तत्काल गर्नु नपर्ने, बैशाख मसान्तसम्मको म्याद

0
Shares

कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले लकडाउन गरेसंगै धितोपत्रको कारोबार पनि बन्द रहदै आएको छ । लकडाउन भन्दा अघि धितोपत्र बजारमा भएको शेयरको करोबारको राफासाफ तत्काल गर्नुनपर्ने भएको हो।

सरकारले कोरोना प्रभावित क्षेत्रका लागि राहत सुविधा प्रदान गर्ने क्रममा धितोपत्र बजारमा पनि राफसाफका लागि एक महिनाको समय दिएको हो। मन्त्री परिषदबाट भएको निर्णय अनुसार शेयर कारोबारको राफसाफ बाँकी रहेको छ भने आगामी बैंशाख मसान्तसम्म्मा राफसाफ गरे हुने व्यवस्था गरिएको हो ।

सरकारले लकडाउन गर्नु भन्दा अघि धितोपत्र बजारको कारोबार बन्द हुने वा खुल्ने भन्ने विषयमा निर्णय हुन नसक्दा अघिल्लो चैत ९ आइतबार शेयर कारोबार भएको थियो। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चैत १० गते मंगलबार देखि एक साता पहलो चरणको लकडाउन गर्ने घेषाण गरेको थियो ।

चैत ९ गते निकै विवादका बाबजुद पनि खुलेको धितोपत्र बजारमा करिब २० करोड रुपैयाँ बरावरको कारोबार भएको थियो । सो दिन बजार परिसूचक नेप्से पनि १८ अंक भन्दा धेरैले घटेको छ । धितोपत्र बजारमा कारोबार भएको दिन सहित ४ दिनमा राफसाफ हुने गर्छ । तर, पछिल्लो समयमा अनलाईन कारोबार प्रणाली सुरु भएपछि त्यसमा पछि केही छरितो हुने गरेको धितोपत्र दलालहरु बताउँछन ।

त्यसैले सरकारले राहत सुविधा दिने क्रममा एक महिनाको अवधि राफसाफका लागि थप गरेको भएपनि चैत ९ गते आइतबार सानो रकमको कारोबार भएकाले शेयर कारोबार खुल्दाको दिन त्यो पनि सेलमेन्ट हुने एक दलालले बताए।

शेयर कारोबारको राफसाफका लागि त्यति धरै समय नचाहिने ती दलालको भनाई छ। “आइतबारको कारोबारको राफसाफ हुन बाँकी होला तर त्यो भन्दा अघिको कारोबारको राफसाफ बाँकी छैन,” ती धितोपत्र दलालले भने, “रासाफमा शेयर तथा पैसाको भूक्तानी नभएको खण्डमा क्लोज आउटमा गएर आफै सेलमेन्ट हुन्छ ।”

त्यसैले धितोपत्र कारोबारको राफसाफ टि प्लस थ्री भित्र हुने भएकाले त्यो समयअवधि दिइनु राफसाफ प्रक्रियालाई नबुझेर वा राहत सुविधामा शेयर बजारलाई पनि सहभागी गराउने भन्ने सोच सहित ल्याइएको हुनसक्ने ती धितोपत्र दलाल भनाई छ।

त्यसैगरी केन्द्रीय निक्षेप सेवाले पनि शेयर कारेबार राफसाफ पनि लक डाउन अवधिभर नखुल्ने जनाएको छ । लकडाउन सकिए लगत्तै शेयर कारोबारको नियमित काम सुरु हुने सीडीएसले जनाएको छ ।

तर चैत ९ गते भएको कारोबार गरेका लगानीकर्ता उपत्यका बाहिर गई शेयर बजार कारोबार खुलेपछि सेटलमेन्ट हुन नसकि क्लोज आउटमा परेपनि सो दिन भएको कारोबारको सेटलमेन्ट लगानीकर्ताले बैशाख मसान्तसम्म गर्न सक्नेछन्।

त्यसैगरी कोरोना प्रभावित राहत सुविधा अन्तर्गत धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरण पनि २०७७ बैंशाखसम्म बुझाए हुने व्यवस्था गरेको छ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार  १७ : ४० बजे