कोरोनाका कारण झुनझुनवालाले ६ कम्पनीको शेयरबाट गुमाए साढे २२ अर्ब

0
Shares

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै संकटमा परेको छ । यस्तो अवस्थामा पनि विश्वका शेयर बजारमा भने कारोबार जारी छ । विश्व अर्थतन्त्रमा पर्न सक्ने असरका कारण शेयर लगानीकर्ताको मनोवलमा आएको गिरावटले अधिकांश धितोपत्र बजारहरु पनि प्यानिक बनीरहेको अवस्था छ।

कोरोना भाइरसका कारण करिब पूरा विश्व नै लकडाउनमा रहेको छ । लकडाउनको अवस्थामा अन्य आर्थिक गतिविधि ठप्प भएपनि शेयरका कारोबार भने जारी रहेको छ । विश्वका अधिकांश शेयर बजार सूचकहरुले ऐतिहासीक न्यूनविन्दु वा ऐतिहासीक उच्च अंकको गिरावटको शिकार बनेको अवस्था छ।

यो अवस्थामा भारतीय शेयर बजार पनि अछुतो रहन सक्ने कुरै भएन । भारत सरकारले पहिलो चरणको २१ दिन लकडाउन गरेको छ ।

दोस्रो चरणमा थप २ साताका लागि लकडाउन थप गर्ने निर्णय गरेको छ । लकडाउनका समयमा पनि शेयर कारोबार भने जारी रहेको छ।

लकडाउनको समयमा पनि शेयर बजारमा कारोबार हुदाँ वढ्ने भन्दा पनि घट्ने नै धेरै रहेको छ । कुनै पनि शेयर बजारमा विदेशी लगानीकर्ताले प्रत्यक्ष लगानी गर्छन त्यस्तो बजार बन्द गर्न नसकिने हुन्छ । विदेशी लगानीकर्ता भएको बजारमा देश काल र परिस्थिती अनुसार बजारको जोखिम न्यूनीकरणका लागि भन्दै बन्द गर्ने बाहानाको भने अन्त्य हुन्छ। भारतीय शेयर बजारमा पनि विदेशी लगानीकर्ताको लगानी भएकाले नेपालको जस्तो घट्ने भयो बन्द गरौ भनेर सबै एक हुने अवस्था रहदैन । कानुनी रुपमा नै बजार खुला राख्नु पर्ने हुन्छ।

लकडाउन सुरु भएपछि भारतका ठुला तथा चलाख लगानीकर्ता वा शेयर बजार खेलाडी भनेर चिनियाका लगानीकर्ताले समेत ठुलो नोक्सानी बेहोर्नु परेको छ।

भारतीय शेयर बजारका बारेन बफेट भनेर चिनिने राकेश झुनझुनवालाले समेत कोरोनाका कारण अर्बो नोक्सानी बेहोर्नु परेको अवस्था छ । यो वर्ष कोरोना भाईरसको कारण भारतीय धितोपत्र बजारमा पनि उच्च गिरावट आयो । यो अवधिमा अधिकांश शेयर शेयर मूल्यमा पनि उच्च गिरवाट आउनु स्वभावीक भयो ।

कोरोनाको कारण घेटेको शेयर बजारमा झुनझुनवालाले लगानी गरेका ६ कम्पनीकाो शेयरमा मात्रै २ हजार २५० करोड भारतीय रुपैयाँ नोक्सानी सहनु परेको भारतीय मिडियाहरुले जनाएका छन् । झुनझुनवालाले आफ्नो लगानी रहेको टाइटन कम्पनी, बाीआइपी इण्डष्ट्रिज, एनसीसी, ल्यूपिन, क्रिसिल र फेडरल बैंकको शेयर मूल्यमा आएको गिरावटका कारण मात्र यो रकम गुमाउन परेको हो। यी कम्पनीलाइ छनोट गरीनुको कारण भनेको यी कम्पनीमा उनको एक सय करोड भारतीय रुपैयाँ भन्दा धेरै लगानी रहेको छ।

झुनझुनवालालाइ शेयर बजारको माहिर खेलाडीको रुपमा लिइन्छ । जुन सुकै कम्पनीको शेयरमा पनि उनले लगानी गरेको खण्डमा मूल्य वढेको अवस्था रहेको छ । गत वर्षमा उनले लगानी गरेको कतीपय शेयर मल्टिव्यागर्स् (एक सय प्रतिशत भन्दा धेरै प्रतिफल) को रुपमा समेत स्थापीत भएका थिए । यी मध्ये टाटा टी, टाइटान कम्पनी, सेसा गोवा, दीवान हाउजिङ, टेल्टा काँर्प तथा जियोजित फाइनान्सीयल सर्भिसेस कम्पनी रहेका थिए । त्यसका कारणले पनि उनको निर्णयमा सबैको नजर रहने गरेको छ । भारतीय शेयर बजारमा झुनझुनवालाले कुन शेयर खरिद गरीराखेका छन र कुन बिक्री गरीराखेका छन भन्ने जानकारी सबै लगानीकर्ताले ध्यान दिएर विश्लेषण गर्ने गरेका हुन्छन् ।

झुनझुनवालाले सन २०२० को पहिलो तीन महिनामा टाइटान कम्पनीको शेयरबाट मात्रै १ हजार ३१८ करोड भारतीय रुपैयाँ गुमाएका छन् । उनीसंग टाइटनको ५ करोड ९३ लाख ७६ हजार २ सय २० कित्ता शेयर रहेको छ । यो तीन महिनाको अवधिमा टाइटन कम्पनीको प्रतिकित्ता शेयर मूल्य २२२ भारतीय रुपैयाँले घटेको छ ।

त्यसैगरी झुनझुनवालाको लगानी रहेको अर्को कम्पनी हो भिआइपी इण्डष्ट्रिज हो । यसमा झुनझुवलासंग ७२ लाख १५ हजार ४ सय कित्ता शेयर छ । यो कम्पनीको शेयरमा मात्र उनले यो तीन महिनामा १३७ करोड भारतीय रुपैयाँ गुमाएका छन् ।

त्यसैगरी झुनझुवालासंग ६ करोड २३ लाख ३३ हजार २ सय ६६ कित्ता शेयर रहेको एनसीसी एलटिडीको शेयर मूल्यमा आएको गिरावटका कारण मात्र उनले २२५ करोड भारतीय रुपैयाँ गुमाएका छन् । उनले ल्यूपिन लिमिटेडको शेयरमा १२६ करोड रुपैयाँ गुमाएका छन्। उनीसंग यस कम्पनीको ६९ लाख ३५ हजार ६ सय ५ कित्ता शेयर रहेको छ ।

झुनझुनवालाले पछिल्लो तीन महिनाको अवधिमा क्रिसल लिमिटेड कम्पनीको शेयर मूल्यमा आएको गिरावट कारण मात्र १७५ करोड भारतीय रुपैयाँ गुमाएका छन । उनीसंग क्रिसलको ३९ लाख ६५ हजार कित्ता शेयर रहेको छ । त्यसैगरी फेडरल बैंकको ५ करोड ६८ लाख २१ हजार ६९ कित्ता शेयर खरिद गरेका झुनझुनवालाले यो अवधिमा मात्र १७३ करोड रुपैयाँ नोक्सानी सहनु परेको छ ।

भारतका बारेन बफेटको रुपमा चिनिएका झुनझुनवाला पेशाले चार्टर्ड एकाउन्टेन्टस् हुन । सन १९८५ देखि शेयर बजारमा लगानी सुरु गरेका झुनझुनवाला गत वर्षसम्ममा १७ हजार ७५० करोड भारतीय रुपैयाँ नेटवर्थ भएका व्यक्ति हुन । फेब्र्सका अनुसार अहिले यो नेटवर्थ घटेर १५ हजार ५०० भारतीय रुपैयाँ भएको छ । सन् २०१९ को फेब्र्सको भारतीय धनी व्यक्तिको सूचीमा उनी ४८ औ स्थानमा थिए । हाल उनी धनीको सूचीमा ११३५ नम्बरमा परेका छन ।

प्रकाशित मिति: २ वैशाख २०७७, मंगलबार  ०९ : २९ बजे