काठमाण्डौंका थप १६ निजी अस्पताल कोभिड क्लिनिक सञ्चालन गर्न सूचीकृत

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले काठमाण्डौका थप १६ निजी अस्पताललाई कोभिड क्लिनिक सञ्चालन गर्न सूचीकृत गरेको छ।
मन्त्रालयले यसअघि २५ वटा हब अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल र २२ वटा मेडिकल कलेजलाई कोभिड क्लिनिक सञ्चालन गर्न अनुमति दिएको थियो। यसैगरि कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तिरिमा निर्देशिका २०७६ जारी गरेको छ।

यस्तै काठमाण्डौं उपत्यकाभित्रका विरामीको ओसारपसार गर्नका लागि रेडक्रस र १०० शैयाभन्दा बढी भएका निजी अपस्तालमा रहेका एम्बुलेन्सलाई समेत एकीकृत गरि टेलिफोन १०२ बाट सेवा दिने निर्णय भएको मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

यस्तै सोमबार सम्पन्न हेल्थ क्लष्टरको मिटिङ्गले कोभिड १९ को सम्बन्धमा आपूर्ति व्यवस्थापनको सम्बन्धमा छलफल भई निष्कर्ष निकालेको छ। यस्तै हरेक दिन बिहीबारको २ देखि ३ बजेसम्म प्रादेशिक विपद व्यवस्थापन केन्द्र सहितको बैठक हुने निर्णय भएको छ। जसले स्वास्थ्य मन्त्रालयसँग प्रदेशमा रहेका मन्त्रालय र सामाजिक विकास मन्त्रालय र प्रादेशिक स्वास्थ्य निर्देशनालयहरुबीच सहकार्यका सहयोग पुग्ने बताइएको छ।

यस्तै काठमाण्डौं उपत्यकाका निजी तथा सरकारी प्रयोगशालामा कार्यरत प्राविधिकहरुलाई कोभिड १९ को दुबै परीक्षणको अभिमुखिकरण गरिएको को छ। जसले निजी परिक्षण केन्द्रहरुबाट पनि आरडिटीको दायरालाई फराकिलो पार्न सकियोस्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशहरुबीच जनशक्ति र अस्पतालको व्यवस्थापन र परीक्षणको दायरा बढाउनको लागि मनत्रालयको ११ औं तहको कर्मचारीको संयोजकत्वमा, समाजिक विकास मन्त्रालयका प्रतिनिधिहरु, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक र आवश्यकता अनुसार विज्ञहरु सम्मिलित कार्यान्वयन टीम गठन गर्ने निर्णय मएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहलाई कोभिड १९ को नियन्त्रणका लागि स्थानीय तहभित्र रहेका स्वास्थ्य संस्था, जनशक्ति परिचालन, औजार, एम्बुलेन्सको तथ्याङ्क राख्न र विदेशबाट आएका व्यक्तिहरू अनिवार्य रूपमा क्वारेन्टाइनमा बसेरनबसेको अनुगमन गरिदिन स्थानीय तहलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: ४ वैशाख २०७७, बिहीबार  १८ : ३४ बजे