अम्बिका पौडेल भन्छन्:- “यथास्थितिमा पूँजीबजार खुला गरे सहनै नसक्ने गरी गिर्न सक्छ”

0
Shares

शेयर बजारका लगानीकर्ता तथा नेपाल इन्भेस्टर फोरमका पुर्व अध्यक्ष समेत रहेका अम्बिका पौडेलले सरकारले पूँजीबजार खुला गर्नुभन्दा अघि पूँजीबजारका सम्बन्धमा केही स्टेप नलिई यथास्थितिमा नै बजार खुला गरेको खण्डमा शेयर बजार सहनै नसक्ने गरी गिर्न सक्ने धारणा राखेका छन्।

गणेशमान शिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित कोभिड संक्रमणले महामारीपछि अर्थतन्त्रमा पार्ने पछिल्लो प्रभाव बारे भर्चुअल अन्तरक्रियामा आफ्नो धारण राख्दै उनले सो बताएका हुन्।

पौडेलले युरोपेली तथा भारतीय शेयर बजार पनि अधिकतम बिन्दुबाट ३४ प्रतिशत हाराहारीमा मात्र गिरावटको अवस्था देखिएको बताउँदै उनले नेपालको पूँजीबजार पूर्ण रुपमा अनलाईनमा नगैसकेको अवस्थामा उच्च गिरावटलाई सम्बोधन गर्न तथा लगानीकर्ताको मनोबल उच्च राख्नका लागि सरकारले पूँजीबजार खोल्नुपूर्व केही स्टेप लिन नसकेको खण्डमा सहनै नसक्ने गरी गिर्न सक्ने बताए।

कोरोना भाइरसको असर पूँजीबजारमा सूचीकृत कम्पनीहरुमा पर्नुभन्दा अघि नै मनोवैज्ञानिक कारणले गर्दा नै पछिल्लो २० कार्य दिनमा नेपालको पूँजीबजारबाट ४ खर्ब ८३ अर्ब बजार पूँजीबजार गुमेको बताउँदै उनले पछिल्लो २० दिनमा नै २३.३४ प्रतिशतले घटेको बताए। उनले यसअघि २०७३ साउन यता ४० महिनामा पनि नेपालको पूँजीबजारले साढे ४१ प्रंतिशत मात्र नोक्सानी व्यहोरेको दृष्टान्त प्रस्तुत गरे। विगतमा भएका राम्रा कायको असर देखिँदा मंसिरदेखि फागनु १५ गतेसम्म पूँजीबजार लामो समयपछि नेप्से १ हजार ६३२ बिन्दुसम्म पुगेपनि पुन ओरालो लाग्न थालेको उनले बताए।

कोरोना महामारीले अधिकतम पिरोलेको मुलुकमा पनि अधिकतम ३४ प्रतिशत मात्र घटेको र नेपालमा महामारीको हल्लासँगै २३ प्र्रतिशतले घट्नु र नियामक निकायले पूँजीबजारका लागि केही कार्यक्रम नल्याएको तथा नेपालको पूँजीबजार पूर्ण अनलाईन नभएको सन्दर्भमा लकडाउन सुरु भएसँगै बजार बन्द भएको उनले बताए।

  • लामो समय बजार बन्द गर्नु नहुनेमा जोड

कार्यक्रममा पौडेलले धेरैभन्दा धेरै लगानीकर्ताहरु संलग्न हुने र तरल क्षेत्रको रुपमा पहिचान राख्ने पूँजीबजारलाई यसरी लामो समय बन्द राख्न नहुने धारणा राखे। उनले शेयर बजार किन बन्द गर्नुपर्यो र कसरी खोल्न सकिन्छ भन्ने विषयमा छलफल गरेर अब खोल्नुपर्ने बताए।

बजार पूर्ण रुपमा अनलाइनमा नगएकोले अहिले भएका प्रविधिभन्दा केही फरक अर्थात अनलाइनका केही इन्टुमेन्ट थप गरि बजार खोल्नुपर्ने बताए। अहिले पनि बैंक खाता डिक्याट खातामा एकीकृत हुन नसकेको बताउँदै उनले कुनै न कुनै रुपमा भौतिक रुपमा उपस्थिति हुनुपर्ने अवस्था रहेकाले बजार बन्द गर्नुपरेको बताए।

उद्यमशिलताको उद्गमस्थल नै पूँजीबजार भएको बताउँदै उनले धेरै विद्यार्थी, गृहणी, र स सानो बचत परिचालन गर्ने वर्ग पनि आफुभित्रको उद्यमशिलता पूँजीबजारमा खोज्नेगरेको उल्लेख गरे। उनीहरुको उद्यमशिलता मर्यो भने भोली गाह्रो हुनसक्ने उनको धारणा थियो।

  • सूचीकृत कम्पनीहरुलाइ कर्पोरेट ट्याक्समा छुट दिन माग

उनले कोरोना भाइसको संक्रमणका कारण सरकाले लिँदै आएको ३० प्रतिशत आयकर घटाउनुपर्नेमा उनले माग गरेका छन्।  भारतले समेत कर्पोरेट ट्याक्समा पुनरावलोकन गरेकोले नेपालमा पनि त्यसमा पुनरावलोकन भएको खण्डमा त्यसले समग्र पूँजीबजार, लगानीकर्ता, र समर्ग पूँजीबजारका प्लेयरहरुमा सकारात्मक प्रभाव पार्ने बताए।

सत्तरी प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाको वश्र्चश्व रहेको नेपालको पूँजी बजारमा बैंक तथा वित्तीय संस्थाले आगामी दिनमा गर्ने प्रगति/अवनतीले बजारको मूल्यलाई निर्धारण गर्ने उनले बताए।

सूचीकृत कम्पनीकोहरुको प्रतिफलका आधारमा नै मूल्य निर्धारण हुने भएकाले सरकारले कर छुट दिँदा राम्रो हुने उनले बताए। सूचीकृत कम्पनीहरुको एक वर्ष नाफा घट्दैमा केही हुँदैन भन्नुभन्दा अन्य सिस्टममा के हुन्छ भन्ने विचार गर्न सके यो अवस्थाले सबैको हित हुने उनले बताए।

उनले कुनै पनि कम्पनीका लगानीकर्ताहरुको उद्यमशिलतालाई कुन तहमा संरक्ष गर्ने र बचतकर्तालाई कुन तहमा संरक्षण गर्ने भन्ने कुरा यस्तो असहज परिस्थितिमा सोच्नुपर्ने उनले बताए। लगानीकर्ताको आजको अवस्था र बचतकर्ताको आजको अवस्थामा कति फरक हुन्छ भनेर हेर्न सकिएको खण्डमा पनि बैंक तथा वित्तीय संस्थाको लागत घट्ने उनको धारण थियो।