बैंकका ऋणीलाई राष्ट्र बैंकको थप राहात, ब्याजदर २% घट्यो, अरु के के छन् सहुलियत ?

0
Shares

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायका लागि दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ । राष्ट्र बैंकले ऋणीहरुको दुई प्रतिशतका दरले ब्याजदर घटाई दिएको छ भने अल्पकालिन कर्जाहरुको साँवा ब्याज भुत्तानीको समय बढाई दिएको छ।

मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले ऋणीहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासको ब्याज रकम गणना गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकका अनुसार खाद्य प्रशोधन तथा बिक्री वितरणसँग सम्बन्धी उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा तथा संचालनमा रहेका जलविद्युत आयोजनाहरुको हकमा यो व्यवस्था लागू नहुने प्रष्ट पारेको छ। राष्ट्र बैंकले ब्याजदर गणना गर्दा आधारदर भन्दा कम गर्न बाध्य नहुने समेत बताएको छ।

राष्ट्र बैंकले खुद्रा कारोबार गर्ने लघुवित्तलाई तीन प्रतिशत तथा थोक कर्जाको काराबोर गर्ने लघुवित्तलाई चैत मसान्तसम्म कायम ब्याजदरमा दुई प्रतिशतका दरले ब्याजदर घटाउन भनेको छ। साथै सोही बमोजिम चौथो त्रैमासको ब्याज लिन निर्देशन दिएको छ।

उद्योगीले चालु पूँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुलो होटल, रेष्टुरेन्ट, रिर्सोट, ट्राभल लगागत पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग, सवारीसाधन, साना तथा मझौला उद्योग, निर्यात, मनोरन्जन, अस्पताल, पोल्ट्री व्यवसायमा सक्रिय ऋणीलाई परेको प्रभाव तथा वित्तीय अवस्थाको आधारमा ऋण प्रदान गर्ने संस्था आस्वस्थ भएमा आवश्यकता पहिचान गरी स्वीकृत सीमाको दश प्रतिशतसम्म थप चालु पूँजी कर्जा प्रदान गर्न सकिने राष्ट्र बैंकको भनाई छ।

किस्ता तिर्ने अवधि असार मसान्तसम्म कायम

त्यसैगरी केन्द्रिय बैंकले बैशाख र जेठ महिनामा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताको भुक्तानी २०७७ असार मसान्तसम्म गर्दा हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो। यस्तो किस्ताको हकमा कुनै पनि थप शुल्क वा हर्जाना लिन नपाइने केन्द्रिय बैंकले जनाएको छ। 

ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन नपाइने व्यवस्था गरेको छ। चालु पूँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६५ वार्षिकत्सवको अवसरमा चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गनृ घोषणा गेरेको थियो।