डिजिटल वालेट मार्फत स्वत: मेरोशेयर नवीकरणको व्यवस्था हुँदै

0
Shares

सिडिएस एण्ड क्लियरिङ्गका प्रवक्ता सुरेश न्यौपानेले लकडाउनका बीचमा धेरै लगानीकर्ताको मेरो शेयर खाताको समय समाप्त भएको र नियामक निकायहरुले शेयर कारोबार सुचारु गराउन लाग्दै गर्दा डिजिटल वालेट मार्फत स्वत मेरोशेयर नवीकरणको व्यवस्था हुन लागेको बताएका छन्।

प्रवक्ता न्यौपानेले बुधबार भएको एक भर्चुअल भिडियो अन्तक्रियात्मक कार्यक्रममा हाल डिपी तथा बैंकहरु बन्द भएकाले समय समाप्त भएको खाता नवीकरणमा समस्या देखिएको बताए।

नवीकरणका लागि डिपी स्वंय आफ्नो कार्यालयमा गएर गर्नुपर्ने व्यवस्था रहेकोमा डिजिटल वालेट कम्पनीहरु मार्फत शुल्क तिर्दा स्वत नवीकरण हुने व्यवस्थामा कार्य अगाडि बढाएको उनको भनाई छ।

तर नयाँ खाता खुला गर्दा डिपी आफैँले खोल्नुपर्ने र ग्राहक जोडिनुपर्ने भएकाले नयाँ मेरो शेयरको खाता खुला गर्न भने थप गृहकार्य आवश्यक रहेको उनले बताए।

हालसम्म १२ लाख जना लगानीकर्ता सक्रिय रहेकोमा मेरो शेयरमा आबद्ध भैसकेको लगानीकर्ता ६ लाख ६० हजार जना रहेका छन्। त्यसमध्ये केहीको नवीकरण नभएको अवस्था रहेको छ। ८ लाख जति लगानीकर्ताको खातामा खरीद बिक्रीका लागि हाल शेयर मौज्दात रहेको उनले जानकारी दिए।

आजको मितिसम्म नियमित कोरोबार हुनेको ६५ देखि ७० प्रतिशतको हाराहारीमा इ-डिआईएस मार्फत सेटलमेन्ट हुने गरेको उनले बताए।

धितोपत्र दलाल कम्पनी ब्रोकर नम्बर ३४ का प्रबन्ध निर्देशक राजकुमार तिमल्सिनाले नेपाल आईएसओको समेत सदस्य भैसकेको लामो समयसम्म कारोबार स्थगन गदा अन्तराष्ट्रिय जगतमा जाने सन्देश र भोलिका दिनमा टार्गेट गरेको विदेशी लगानी र एनआरएन भित्र्याउने योजनामा समेत असर पुग्ने भएकाले सबै सरोकारवाला पक्षहरु मिलेर सहजीकरण गर्दै कारोबार खुलाउनुको विकल्प नरहेको बताए। सो को लागि ब्रोकरहरु कम्पनीहरुको आफ्नो तर्फबाट आवश्यक समन्वय गर्न तयार रहेको र नियामक निकायहरुले आवश्यक व्यवस्था गनुपर्ने बताए।

कतिपय लगानीकर्ताहरुले अनलाईन कारोबार गर्नका लागि ट्रेड म्यानेजमेन्ट खातामा राख्नुपर्ने २५ प्रतिशत रकम पनि ब्रोकरको खातामा नै दिएजसरी विश्लेषण गरिएको भन्दै त्यो अनलाईन कारोबार दैनिक कारोबार सीमा लिनका लागि आवश्यक रहेको बताए।

उनले राष्ट्र बैंक ब्रोकरहरुको आधिकारीक एक खाताबाट अर्को खातामा जतिपनि रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था गरेको खण्डमा शेयर बिक्रीको रकम ग्राहकलाई भुक्तानीमा सहज हुने उनले बताए। लगानीकर्ताको चारवटा क्लियरिङ्ग बैंकमा खाता हुनुपर्ने र आईपीएस मार्फत ब्रोकरहरुको ५० वटा खातामा ग्राहकले शेयर किने बराबर (जतिपनि) रकम ट्रान्सफर गर्नसकिने व्यवस्था गर्नु अर्को समाधान हुनुपर्ने उनले बताए। निश्चित रकमका ठूलो कारोबार गर्नेलाई अनिवार्य अनलाईबाट गर्नुपर्ने व्यवस्था गर्न सके अनलाईनको अझ प्रभावकारीता हुने बताए।

मेरो शेयरको इमेल मार्फत नै डिपीले युजर दिन सकेको खण्डमा ब्राकेर अफिस नआइनै कारोबारको राफसाफ गर्न सकिने बताए। यसैगरि भौतिक रुपमा कारोबार गरिरहेका ग्राहकहरुले ब्रोकरहरुको वेसाइटमा नै उक्त अनलाईन प्रयोगकर्ताको फर्म रहेकाले लगानीकर्ताले भरेर स्क्यान गरि पठाएको कागजातलाई नियामक निकायले मानिदिएको खण्डमा अनलाईन युजर दिन समेत समस्या नभएको उनको धारणा थियो।

लगानीकर्तालाई तत्काल बजार खोल्दा केही असहज अवस्था आएपनि प्रविधिमैत्री भएर कारोबार गर्न उनले अनुरोध गरे।

शेयर बजार खुल्दैछ : लकडाउनमा पीटर लिञ्चको शुत्र अनुसार बनाउनुहोस लगानी योजना

प्रकाशित मिति: १७ वैशाख २०७७, बुधबार  १८ : ०७ बजे