कोरोनाबाट मृत्यु हुनेहरुको यसरी गरिन्छ दाहसंस्कार

0
Shares

शनिबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका कारण नेपालमा बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रविसेकी २९ वर्षीया महिलालाई पहिलो व्यक्तिको रुपमा पुष्टि गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना संक्रमण बढ्दै जान थालेपछि गत चैत्र २५ गते अन्तराष्ट्रिय अभ्यासलाई हेरेर कोभिड १९ संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि संक्षिप्त कार्यविधि २०७६ जारी गरेको छ।

कोरोना कारण मृत्यु भएकाहरुको कार्यविधि अनुसार शव ब्यबस्थापन गर्दा परिवारका सदस्यले समेत मृतकलाई छुन पाउने छैनन् । परिवारका आफन्तले एक मिटर टाढाबाट नछोई अन्तिम संस्कारमा सहभागी हुनुपर्नेछ ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुनेतथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

यस्तै अन्य मापदण्डहरु यस प्रकारका छन्:-