कोरोना संक्रमणलाई सामान्यीकरण गर्नु जरुरी छ: डा. रवीन्द्र पाण्डे

0
Shares

कोरोना संक्रमणको बढ्दो तथ्याङ्क हेरेर आम नागरिक त्रस्त भएको स्थिति छ, विकसित देशहरुले कोरोना संक्रमणलाई सामान्यीकरण गर्न धेरै वैज्ञानिक प्रयास गरिरहेका छन्। हामीले पनि कोरोना संक्रमणको यथार्थता आम जनतालाई सूचित गरेर यसको ब्यबस्थापकीय शैलीलाई परिवर्तन गर्नु आवश्यक छ।

– पीसीआर परीक्षणको संख्या र दायरालाई ब्यापक बढाउने, संक्रमित क्षेत्रमा ‘१ घर, १ जना परिक्षण’ को अभियान बढाउने
होम क्वारेन्टाइन र सेल्प आइसोलेसनलाई अनुगमनसहित प्रभावकारी बनाउने

– कोरोना संक्रमण पोजिटिभ हुँदैमा अस्पतालमा भर्ना नगर्ने, होम आइसोलेसन वा सेल्फ आइसोलेसनको ब्यबस्था गर्ने, ९० प्रतिशत भन्दा धेरै संक्रमितलाई ४ हप्ता घरमा बस्दा कोरोना संक्रमण आफैँ निको हुन्छ

-सामान्य लक्षण देखिए घरमै लाक्षणिक उपचारको मार्ग निर्देश गर्ने, यसो गर्दा संक्रमितलाई घरेलु वातवरणमा सजिलो हुनुको साथै मनोबल पनि बढ्दछ। घरमा आइसोलेसनको वातवरण नहुने संक्रमितलाई मात्र सामुदायिक भवनमा आइसोलेसनमा राख्ने

– सास फेर्न गाह्रो हुने लगायतका अन्य गम्भीर लक्षण देखिएमा तोकिएको कोरोना डेडिकेटेड अस्पतालमा भर्ना गरेर उपचार गर्ने

– संक्रमण जिरो देखिएका जिल्लामा मात्र आरडिटी टेस्ट गर्ने, त्यहाँ आरडिटी टेस्ट पोजिटिभ देखिएमा पीसीआरटेस्ट बढाउने, आरडिटीलाई जबर्जस्ती विस्तार नगर्ने

– मृतकमा कोरोना संक्रमण बाहेक कुन कुन दीर्घरोग थियो तथा कुन अवस्थाले मृत्यु भयो भन्ने तथ्य सार्वजनिक गर्दा आम नागरिक डराउने वातावरण एकदम न्यून हुन्छ

– रेडियो, टेलिभिजन, पत्रपत्रिका आदि सञ्चार माध्यममा सामाजिक दूरी, मास्कको सहि प्रयोग, रोगप्रतिरोधात्मक क्षमता बढाउने उपाय लगायतको प्रभावकारी सामग्री निर्माण, प्रकाशनरप्रसारण गर्ने

– मौसमी रुघाखोकी, अन्य फ्लु तथा कोरोना संक्रमणका लक्षणको फरक सूचीत गर्ने

– भारत वा अन्य देशबाट नेपालीलाई सीमानाका पीसीआर परीक्षण गरेर संक्रमितलाई क्वारेन्टाइन र स्वस्थलाई आफ्नो थातथलो पठाउने

– जनस्वास्थ्य चेतना निकै फितलो छ, तसर्थ उठेका हरेक इस्युलाई दैनिक सम्बोधन गर्ने तथा पर्याप्त जनस्वास्थ्य चेतनाको कार्यक्रम सञ्चालन गर्ने

– आम नागरिकलाई कोरोना भाइरससंग आफ्नो जीवन सुचारु गर्न प्रशिक्षित गर्ने

– खोप, नसर्ने रोग।दीर्घरोगको परीक्षण तथा उपचारको प्रबन्ध मिलाउने

– अस्पतालहरुलाई संक्रमणबाट सुरक्षित राख्ने ्र स्वास्थ्यकर्मीलाई गुणस्तरीय तथा पर्याप्त पीपीईको ब्यबस्था गर्ने

– सुरक्षित प्रसव र शल्य क्रियालाई ग्यारेन्टी गर्ने

– मनोपरामर्श सेवालाई हरेक स्थानीय निकायमा पुर्याउने

प्रकाशित मिति: १६ जेठ २०७७, शुक्रबार  ०९ : ५० बजे