हाम्रो अनलाइन प्रणाली र अन्य मुलुककोमा खास अन्तर छैन- सिइओ, नेप्से

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले नेप्सेको अनलाइन प्रणाली ’पूर्ण अनलाइन प्रणाली’ नभएको भन्ने आरोप झुठो भएको दाबी गर्दे अनलाइन प्रयोगका सम्बन्धमा हाम्रो र अन्य मुलुकमा खास अन्तर नभए को बताएका छन् ।

नेपाल धितोपत्र बोर्डको २८औँ वार्षिकोत्सवको अवसरमा साउदले नेप्सेको अनलाइन प्रणालीका विषयमा नकारात्मक टिप्पणी सुनिँदै आएको बताउँदै पूर्ण अनलाइन कारोबार भएन भन्ने कुरा गतल भएको बताए।

२०७५ साल कार्तिक २० गतेमा नेप्से तत्कालिन अर्थमन्त्रीले नेप्से अनलाईन ट्रेडिंग सिस्टम नट्सको उद्घाटन गरको अनलाइन कारोबार प्रणलीमा हालसम्म ३० हजार लगानीकर्ता जोडिसकेकोे उनले जानकारी दिए।

‘अनलाइनमा सहभागी लगानीकर्ताको संख्या कम भयो, पूर्ण अनलाइन भएन भन्ने खालको गुनासो हामीले सुनेका छौँ। यी दुबै विषयमा पर्याप्त जानकारी नभएकाले यस्ता खालका गुनासोहरु आएका हुन् जस्तो लाग्छ।’ उनले भने।

सिडिएस एण्ड क्लियरिंग लिमिटेडमार्फत शेयरको विद्युतिय हस्तान्तरण हु्ने व्यवस्था गरिएको, नेपाल क्लियरिंग हाउसको नेटवर्क र राष्ट्र बैंकबाट अनु्मति पाएका अन्य भुक्तानी सेवा प्रदायकसँग विद्युतिय भुक्तानी हुनसक्ने व्यवस्था भएको साउदले बताए।

‘धितोपत्रको हस्तान्तरण सिडिएससी प्रणालीबाट हुन्छ र कारोबार रकमको हस्तान्तरण बैंकिंग प्रणालीमार्फत हुन्छ। यी सबै प्रणाली एकअर्कासँग जोडिएका छन्। यी सबै प्रणालीलाई सम्बन्धित क्षेत्रको नियामक निकायले मार्ग निर्देशन गर्छ। तसर्थ, अनलाइन प्रणाली पूर्ण भएन र सहभागिता कम भयो भन्ने तथ्यसंगत नभएको जानकारी गराउँदछु।’ साउदले भने । अनलाइन प्रयोगका सम्बन्धमा हाम्रो मुलुकमा र अन्य मुलुकमा खास अन्तर नभएको उनको भनाई थियो ।

त्यसैगरी नेप्सेको पुर्नसंरचनाको लागि स्वदेशी वा विदेशी पक्षलाई भित्र्याउनु पर्ने बताउँदै उनले नेप्सेको आन्तरिक पुर्नसंरचनाका लागि ओएनएम स्टडी गरि मन्त्रायलमा पेश गरेको जानकारी समेत दिए ।

पूँजी बजारमा मार्केट डिलर प्रवेश गराउने, क्षेत्रिय स्तरमा ब्रोकरलाई अनुमति दिने, बैंकका सहायक कम्पनीहरुलाई शेयर ब्रोकरका रुपमा काम गन दिने बिषयमा नेप्सेको राय बोर्डमा बुझाइसकेको बताए । उनले ऋणपत्रको दोश्रो बजार कारोबारलाई सक्रिय बनाउने विषय यसपालीको बजेटमा समेत आएकाले यसलाई कार्यन्वयनमा लैजानुपर्नेमा जोड दिए।

साथै उनले अहिलेको विषम अवस्थामा लगानीकर्ताको हित तथा पूँजी बजारको विकास र विस्तारका लागि सरोकारवाला सबै पक्षसँग समन्वयकारि भुमिका निर्वाह गरिने विस्वास दिलाए । आगामी दिनहरुमा पनि लगानीकर्ताहरुको हित, सुरक्षा गर्दै पूँजी बजारको विकास गर्ने सवालमा बोर्डसँग निकटतम रहेर काम गर्ने प्रतिवद्धता समेत जनाए ।