वित्तीय प्रणालीमा तरलता थुप्रिएपछि राष्ट्र बैंकले खिच्यो २० अर्ब रुपैयाँ

0
Shares

जारी लकडाउनका कारण कर्जा प्रवाह हुन नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था आएपछि नेपाल राष्ट्र बैंकले बजारबाट २० अर्ब खिच्ने भएको छ।

लकडाउनले गर्दा कर्जा लगानी नहुँदा बैंक तथा वित्तीय संस्था अधिक तरलताको अवस्थामा पुगेका छन् । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले जेठ २८ गते बुधबार २० अर्ब तरलता प्रशोचन गरेको हो।

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको छ राष्ट्र बैंकले ७ दिनका लागि असार ३ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो। यो किन्नका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने छ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ्ग प्रणालीमा ८४ अर्ब तरलता छ । लकडाउन सुरु भएपछि बैंकिङ्ग प्रणालीमा निक्षेप रकम वृद्धि भएको र ऋणको माग नआएकोले प्रणालीमा तरलता थुप्रिएको हो ।

लकडाउनले गर्दा कर्जा लगानी नहुँदा बैंक तथा वित्तीय संस्था अधिक तरलताको अवस्थामा पुगेका छन् । लकडाउनयता बैंकहरूको निक्षेप बढ्दै गएको तर प्रतिपत्र खोल्नबाहेक कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था आएको हो

चैतयता बैंकहरूको कर्जा लगानी निरन्तर घट्दा विगत केही वर्षयता वित्तीय क्षेत्रमा सबैभन्दा चुनौती बनेको र कर्जा पुँजी परिचालन अनुपात (सीसीडी रेसियो) पनि ७५ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकका अनुसार बैंकहरूको औसत सीसीडी रेसियो ७५.६ प्रतिशत कायम भएको छ।

लकडाउनपछि चैत मसान्तयता वाणिज्य बैंकको कर्जा लगानी २१ अर्बले घटेको छ भने निक्षेप संकलन ५८ अर्बले बढेको छ । हाल बैंकहरुमा ३२ खर्ब ४७ अर्ब निक्षेप तथा कर्जा लगानी २८ खर्ब २४ अर्ब छ । नयाँ कर्जा लगानी हुन नसकेको भएपनि पुराना केहि कर्जा असुल हुँदा बैंकहरूको लगानीमा रहेको कर्जा घटेको देखिएको छ ।