लकडाउन तीन चरणमा खुकुलो पार्दै लैजाने सरकारको निर्णय, कहिले के-के खुल्छन् ? नखुल्नेको सूची सहित


बुधबार बसेको मन्त्री परिषदको बैठकले तीन चरणमा लकडाउनलाई खुकुलो गर्दै लैजाने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रका लागि गठित उच्चस्तरीय समितिको सुझाव अनुसार लकडाउनको मोडालिटी बदल्ने निष्कर्षमा सरकार पुगेको हो ।

बुधबार दिउँसोदेखि बसेको मन्त्री परिषदको बैठकले तीन चरणमा लकडाउन खुकुलो गर्दै लैजाने निर्णय गरेको हो। जस अनुसार प्राथमिकताका आधारमा विभिन्न क्षेत्र तथा सेवालाई सुचारु गराउँदै लैजाने निर्णय भएको छ ।

पहिलो चरणको २१ दिनमा धेरै प्राथमिकताका क्षेत्रलाई सञ्चालन गर्ने निर्णय भएको छ। २१ दिन पछिको १५ दिनलाई दोस्रो चरण गरी थप क्षेत्रहरुलाई सञ्चालन गर्ने र त्यसको १५ दिन पछि तेस्रो चरणमा अरु क्षेत्रलाई पनि सञ्चालन गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको हो ।

यद्यपी विद्यालय, शैक्षिक संस्था, सपिङ मल, डिपार्टमेण्टल स्टोर, सिनेमा हल लगायतको क्षेत्रलाई तीनै चरणको लकडाउनसम्म बन्द नै राख्ने निर्णय गरिएको छ ।

कुन चरणमा के-के खुल्छन् ?

बन्द नै राख्ने निर्णय भएका क्षेत्रहरु :

१ शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

२ सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य पदार्थबाहेक)

३ सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

४ अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

५ तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

६ सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

७ २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

८ सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

९ स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

१० खेलकुद प्रतियोगता र खेल मैदानमा हुने प्रस्तुति

११ पहिलो चरणमा खुल्ने भनिएका तल तोकिएका बाहेक अन्य सबै सवारी साधन

१२ बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन

 

पहिलो चरणको २१ दिनमा सञ्चालनमा आउने सेवा तथा क्षेत्रहरु

१ स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिक समेत

२ औषधि, खाद्य तथा पेय पदार्थ, तरकारी, फलफूल, दुग्ध पदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्री वितरण तथा ढुवानी

३ पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४ फोहोरमैला व्यवस्थापन

५ विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६ बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७ सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८ कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९ उत्पादनशील उद्योग

१० निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११ विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धित समेत)

१२ निर्माण कार्य (निजीसमेत)

१३ नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्री वितरण

१४ रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा

१५ क्वारेन्टिनका लागि तोकिएका होटल

१६ बिजुलीका सामान बिक्री र मर्मत

१७ विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८ पुस्तक पसल तथा स्टेसनरी

१९ सबै प्रकारका ढुवानी सेवा

२० अत्यावश्यक सेवाका कार्यालय

२१ अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)

माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरसको संक्रमणको स्थिति मूल्यांकन गरी स्थिति अनुकूल रहेमा १५ दिनको दोस्रो चरण लागू गराउने छ ।

दोस्रो चरणको लकडाउनमा थप गरिने सञ्चालनका क्षेत्र तथा सेवाहरु

१ सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)

२ एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा

३ ट्याक्सी (चालक बाहेक थप दुई जना यात्रु रहने गरी)

४ रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)