अजोड इन्स्योरेन्सको आईपिओ खुल्यो, कति गर्ने आवेदन ?

0
Shares

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गरेको छ।

कम्पनले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता आईपिओ निष्काशन गरेको हो। जसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। २७ लाख ३० हजार कित्ता सर्वसाधारणलाई बिक्री हुनेछ । 

इन्स्योरेन्सको आईपिओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कति गर्ने आवेदन ?

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्न हुन्छ । यसअनुसार गोलाप्रथाबाट २ लाख ६३ हजार जनाले न्युनतम १० कित्ता शेयर पाउनेछन्। ।

एनआईसि एशिया लघुवित्त र साधना लघुवित्तमा झण्डै ४ लाख बराबरको आवेदन परेको आधारमा यो आइपिओमा पनि १० कित्ता भन्दा धेरै शेय नभरेकै उपयुक्त हुने देखिन्छ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ। उक्त आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जसको वार्षिक प्रतिशेयर आम्दानी ६.६९ रुपैयाँ रहेको छ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ सञ्चित छ भने बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५० लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तको अवधिमा इन्स्योरेन्सले १८ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। यस्तै त्यस अवधीमा ३ करोेड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

इन्स्योरेन्सको आईपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।
चुक्ता पूँजी ७० करोड रहेको यस इन्स्योरेन्सको आईपिओ निष्काशनपछि चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ। इन्स्योरेन्सले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ। कम्पनीको २६ जिल्लामा ३८ वटा शाखा तथा उपशाखा कार्यलयहरू छन्।