यसकारण देखियो शेयर बजारमा सुधार, वृद्धि कायम नै रहला ?

0
Shares

 

गत साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले बढेको शेयर बजार आइतबार प्रभावित भएपनि सोमबार १४ अंक बढीले उकालो लागेको छ। बैंकर र उद्योगीबीसबीच ब्याजदरमा देखिएको विवाद अन्त्य गर्ने प्रयास सुरु भएपछि यसको सकारात्मक प्रभाव बजारमा परेको हो। सोमबार बैंकर तथा व्यवसायीबीच ब्याजदर र सेवा शुल्क घटाउने विषयमा छलफल भएको हो।

अर्थमन्त्रीले डा. युवराज खतिवडाले सार्वजनिक कार्यक्रममै बैंकर र उद्योगी व्यवसायीलाई पाखुरा सुर्कासुर्की नगरी ब्याजदर सन्तुलनमा राख्न निर्देशन दिएका थिए। ब्याजदर घटाउनका लागि व्यवसायी र बैंकर मिल्ने संकेतले शेयरबजारका लगानीकर्तामा उत्साह थपिएको हो। अर्थमन्त्री खतिवडाले ब्यवसायी र बैंकर आपसमा नमिले सरकारले हस्तक्षेप गर्ने चेतावनी समेत दिएका थिए।

साथै सरकारले मध्यावधि बजेट समीक्षा सार्वजनिक गर्ने क्रममा पूँजीगत खर्च बढाउन फास्ट ट्रयाक नीति अबलम्वन गर्ने भनेपछि बजारमा तरलताको अवस्थामा सुधार आउने आशा पलाएको छ । कतिपय बैंकहरुले कर्जाको ब्याजदर घटाएका सूचनाहरु प्रकाशित गर्न थालिसकेका छन् ।

कर्जाको ब्याज घट्न थालेकाले पनि बजारमा सुधार आएको लगानीकर्ताहरु बताउछन्। कृषि विकास बैंक, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक लगायतले कर्जाको ब्याजदर घटाइसकेका छन्। अन्य बैंकहरुले पनि घटाउने आशा लगानीकर्तामा देखिएको छ।

अर्कातर्फ गत बिहीबार नै उद्योग वाणिज्य महासंघको प्रतिनिधीमण्डलले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटेर राखेका मागहरुप्रति राष्ट्र बैंक सकारात्मक रहेकाले पनि ब्याजदरको समस्या हल हुने अपेक्षा लगानीकर्तामा बढेको हो।

महासंघको टोलीले गभर्नर नेपाल समक्ष बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशत सम्म प्रिमियम थपगरी लिनपाउने व्यवस्था गर्नुपर्ने, कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गर्नुपर्ने, अनिवार्य नगद अनुपातमा बैंकहरुलाई ब्याज दिने व्यवस्था हुनुपर्ने लगायतका माग राखेको थियो ।

यसैगरी लामो समयदेखि एघार सय बिन्दुकै वरिपरि बजार घुम्दा अब यो बिन्द�� उकालो लागेको छ भने अन्यको सूचक १.६२ अंकले ऋणात्मक रह्यो ।

यसदिन नेपाल लाईफको सबैभन्दा धेरै २ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कारोबार कित्ताको आधारमा प्रभु बैंकको सबैभन्दा धेरै ९३ हजार ७६६ कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफले २५ प्रतिशत बोनस र २३.५० प्रतिशत नगद लाभांश गरि कूल ४८.५० प्रतिशतको आकर्षक लाभांश घोषणा गरेयता शेयरमूल्य निरन्तर बढिरहेको छ । सोमबार प्रतिकित्ता एक हजार ११६ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरि एनआईसी एशिया २ करोड २१ लाख र प्रभु बैंक २ करोड १७ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । नेपाल लाईफएनसीसी बैंक, अपर तामाकोशी, नबिल बैंक स.स्थापक,नागरिक लगानी कोष र नबिल बैंकको साधारण शेयर पनि एक करोड बढीको कारोबार भयो ।

निरन्तर दबाबका बीच सोमबार उच्च अंकले सुधार आएको बजारबाट ङादी ग्रुप पावरका शेयरधनीले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन्। कम्पनीको शेयरमूल्य ८.७७ प्रतिशतले बढेको हो । कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेशनल हाइड्रोपावर ६.१५, निर्धन उत्थान लघुवित्त ५.९३, अपि पावर ५.४३, अरुण काबेली पावरको शेयरमूल्य पनि पाँच प्रतिशत बढीले बढ्यो ।

उता सेन्ट्रलको शेयरमूल्य सबैभन्दा धेरै ३.६६ प्रतिशतले गिरावट आएको छ । सर्पोट माइक्रोफाइनान्स, हाथवे फाइनान्स, र बरुण हाइड्रोपावरका शेयरधनीले पनि सोमबारको बजारमा ३ प्रतिशत बढीले गुमाएका छन्।