अपरपराजुली खोला आयोजना अन्तिम चरणमा, वैशाखभित्र राष्ट्रिय प्रसारणमा जोड्ने तयारी

0
Shares

रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निमार्ण गरिरहेको अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत आयोजना’ अन्तिम चरणमना पुगेको छ। ५५ करोड रूपैयाँको लागतमा निर्माण भईरहेको आयोजनामा वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य लिइएको छ।

कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताए । 

उक्त विद्युत आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेगा बैंकको ७० प्रतिशत र शेयर सदस्यको ३० प्रतिशत लागतमा निर्माण भईरहेको छ । 

विद्युत प्राधिकरणसँग सुक्खा मौसममा प्रतियुनिट ८.८० रूपैयाँ र वर्षातको समयमा ४.८० रूपैयाँका दरले खरीद बिक्रीको सम्झौता गरेको छ । उक्त कम्पनीले विद्युत उत्पादनका लागि दुई हजार ७०० मिटर कुलो निर्माण गरी एक हजार ४४० मिटर पाइपलाइन तल झार्ने जनाएको छ ।

आयोजनाबाट वार्षिक ६ करोड ६१ लाख ४५ हजार रूपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

कर्णालीको जलविद्युुतमा लगानी गर्न आग्रह

कर्णाली प्रदेशका उद्योगी, व्यवसायीलाई जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको छ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा आइतबार आयोजित डुङ्गेश्वर गाउँपालिका–४ ब्यूराखेतमा निर्माणाधिन ‘अपरपराजुली खोला २.१५ मेगावाट जलविद्युत आयोजना’को परिचयात्मक कार्यक्रमका वक्ताले जलविद्युत्मा लगानी गर्न आग्रह गरेका हुन् ।

आयोजनाको परिचयात्मक कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभाका सदस्य ठम्मर विष्टले जलविद्युतको यथेष्ट सम्भावना रहेको कर्णालीमा प्रयाप्त लगानीको अभाव रहेको बताए। विद्युत् उत्पादन गर्न सकेमात्र प्रदेशको अर्थतन्त्र ष्ट्रिय प्रसारणमा जोड्ने पूर्वाधार लामो समयसम्म निर्माण नगर्दा आयोजना पछाडि परेको गुनासो गरे। “तेत्तीस केभिए प्रसारण लाइन नहुँदा आयोजना निर्माणमा ढिलाइ भयो,” अध्यक्ष मल्लले भने, “बजार मूल्य, वित्तीय संस्थाको ब्याजका कारण आयोजना निर्माण केही महङ्गो पर्न गएको छ ।”

उनले न्यूनतम ५ लाखदेखि अधिकतम ५० लाख रूपैयाँसम्म लगानी गर्न इच्छुक लगानीकर्ताले स्थलगत अध्ययन, अवलोकन गरेर लगानी गर्न आग्रह गरे। उनका अनुसार कम्पनीले २०७५ फागुन मसान्तसम्म प्रतिकित्ता ११५ र चैत्र मसान्तसम्म प्रतिकित्ता १५० रूपैयाँका दरले शेयर लगानीको आह्वान गरेको छ ।