माथिल्लो त्रिशूली थ्री ‘ए’को संरचना निर्माण पूरा

0
Shares

रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हुँदै गएको छ ।

आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । बाँधस्थलका तीन ढोकाबाट पानी थुनेर डिसेन्टर (पानी जमाउने पोखरी) मा पठाउने कार्य बिहीबार सफल भएको हो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पका कारण उक्त आयोजनामा सबैभन्दा बढी क्षति पुगेको बाँधस्थल पुनःमर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । आयोजनाको बाँधस्थलको परीक्षण सफल भएसँगै तोकिएको समयमा विद्युत् उत्पादन हुने वातावरण निश्चिततातर्फ लम्किएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले विश्वास व्यक्त गरे।

“भूकम्पले क्षति पु¥याएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएकाले बाँधस्थलको परीक्षण गर्नु चुनौती थियो, तीन ढोकामार्फत थुनिएको पानीले सहजै डिसेन्टरमा प्रवेश गरेको छ, यो सुखद् पक्ष हो”, उनले भने ।

बाँधस्थलको परीक्षणअन्तर्गत बिहीबार थुनिएको बाँध करीब ४८ घण्टासम्म परीक्षण गरिने आयोजनाको निर्माण गरिरहेको चाइना गेजुवा ग्रुप अफ कम्पनी ९सिजिजिसी० ले जनाएको छ ।

आयोजनाको सिभिल (भौतिक) संरचना निर्माणपश्चात करीब ४५ दिनको परीक्षण अवधिको यस समयमा दोस्रो चरणअन्तर्गत अर्को सातादेखि डिसेन्टर हुँदै सुरुङमार्गको परीक्षण गर्ने योजना छ । असारसम्ममा निर्माण सम्पन्न गर्ने योजनाको साथ तीव्रगतिमा भइरहेको कार्यअन्तर्गत आयोजनाको समग्र काम हाल ९० प्रतिशत भन्दा बढी पूरा भएको छ ।

आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

उक्त आयोजनाबाट ३० मेगावाट बिजुली आगामी वैशाख १७ मा पहिलो युनिटबाट उत्पादन शुरु गर्ने लक्ष्य छ । तीस मेगावाट क्षमताको दोस्रो युनिट आगामी असार १५ गते सञ्चालनमा ल्याउने गरी हाल इलेक्ट्रोमेकानिकलको कामलाई तीव्र बनाइएको छ ।

सन् २०११ जुनदेखि सिजिजिसी कम्पनीले यस आयोजाको निर्माणको काम थालेको थियो । निर्माणका लागि उक्त कम्पनीसँग इञ्जिनीयरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन ९इपिसी० अवधारणामा सम्झौता भएको थियो ।

इपिसी मोडलमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको यो पहिलो जलविद्युत् आयोजना हो । क्षमता वृद्धि, विभिन्न मागमा स्थानीयवासीको अवरोध र विनाशकारी भूकम्प तथा भारतीय नाकाबन्दीको प्रभावले तोकिएभन्दा चार वर्ष ढिलाइ गरी आयोजना निर्माण अन्तिम चरणमा पु¥याइएको छ ।

यसबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनसम्म जडानका लागि त्रिशूली–काठमाडौँ २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ । उक्त कार्य हाल ९५ प्रतिशत बढी सम्पन्न भइसकेको छ ।

आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने गरी चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक, चीनले वित्तीय व्यवस्थापन गरेको छ । आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ ।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले बाँधस्थल, पहुँचमार्गलगायतमा धेरै क्षति पु¥याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायी पक्षलाई हालसम्म कुनै ‘भेरिएसन’ दिइएको छैन ।

भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँचमार्गमा पु¥याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रूपमा पहिरो रोकथामसम्बन्धी कार्यका लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ । पहिरो रोकथामको कार्य सेनाले अन्तिम चरणमा पु¥याएको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिभर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९।७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्णरूपमा सञ्चालन आएपश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब तीन अर्ब रूपैयाँ आम्दानी हुनेछ ।

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादनगृह रहेको आयोजनाको निर्माण सबै भूमिगत ९पहाडभित्र० बनाइएको छ । आयोजनाबाट साढे आठ महीना पूर्णरूपमा ९६० मेगावाट० विद्युत् उत्पादन हुनेछ । ‘क्यू सेभेन्टी’ मोडलमा निर्माण गरिएकाले आयोजनामा गरिएको लगानीको तुलनामा आम्दानी राम्रो लिन सकिने देखिन्छ ।
“कूल उत्पादनको ४६।६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकका लागि आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रूपमा हेरिएको छ”, आयोजनाका उपप्रबन्धक ज्याख्वाले भने ।

उनका अनुसार आयोजना सम्पन्नपश्चात सहायक योजना ९क्यासकेड० मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माणकार्य अघि बढाइएको छ। थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्ने गरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ।