राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार परिसरमा

0
Shares

नोटबजार 
काठमाडौं, २०७६ बैशाख २ गते  ।

राष्ट्रिय वाणिज्य बैंकको २१८ औं शाखा सिंहदरबार परिसरमा आइतबारदेखि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष तथा सूचना प्रविधि तथा सञ्चार सचिब महेन्द्र बहादुर गुरूङले उद्घाटन गरेका हुन् ।

शाखाको उद्घाटन गर्दै अध्यक्ष गुरूङले बाणिज्य बैंकमाथी थप जिम्मेवारी थपिएको बताए । उनले भने ‘बाणिज्य बैंकलाई अब सिंहदरबारभित्र छिर्न पाएनौं र कर्मचारीको अभाव भयो भनेर भन्ने ठाउँ छैन ।’

उक्त शाखाको उद्घाटन समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बाणिज्य बैंक शाखा सञ्जाल र नाफा कमाउनमा अब्बल रहँदै आएको जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने वताए ।

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, डा।माधबप्रसाद दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, उपकार्यकारी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

साथै, आइतबार राष्ट्रिय सभा गृहमा भएको अर्को एक कार्यक्रममा सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओली र सम्मानीय प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यकी आमा धनमाया शाक्यको राष्ट्रिय वाणिज्य बैंकको समृद्धि बचत खाता खोली नेपाल सरकारले सुरु गरेको सबैं नेपाली नागरिकको बैंक खाता खोल्ने राष्ट्रिय अभियानको शुभारम्भ गरेका थिए ।

हाल बैंकको ७७ जिल्लामा २१८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार परिसरको यो शाखा अपाङ्ग मैत्री रहेको छ ।