नागरिक लगानी कोषले पौने ५ अर्ब मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नोटबजार 
काठमाडौं, २०७६ बैशाख २ गते  ।

नागरिक लगानी कोषले पौने ५ अर्ब निक्षेप राख्ने बाणिज्य बैंकको खोजि गरेको छ । कोषले ४ अर्ब ७५ करोड रुपियाँ १ बर्षे मुद्दती निक्षेपमा राख्ने बैंक खोजि गरेको हो ।

कोषले बाणिज्य बैंकहरुलाई आफुले लिन चाहेको रकम, दिन सक्ने ब्याजदर, र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गर्न आग्रह गरेको हो । कोषले बैशाख ३ गते १ बजे भित्र शिलबन्दी प्रस्ताव बुझाउन आग्रह गरेको हो ।

कोषले सरकारी तथा निजी कर्मचारीहरूको रकम बचत गर्दै आएको छ ।