मेरो सुरक्षाले नयाँ वर्षको अवसरमा निशुल्क बीमा योजना सार्वजनिक गरेको छ । मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स अन्तरगत नयाँ योजना ल्याएको हो ।
यस योजनामा मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहकार्य गर्ने मोबाइल व्यवसायी सहभागि हुन सक्छन् । मेरो सुरक्षाका अनुसार मोबाइल व्यवसायीको ११ लाख रुपैंया बराबरको निशुल्क बीमा हुनेछ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवारका अनुसार मोबाइल व्यवसायीले १० लाख रुपैंया बराबरको दुर्घटना बीमा तथा एक लाख रुपैंया बराबरको स्वास्थ्य उपचार बीमा निशुल्क पाउने छन् ।
योजनामा सहभागि हुनका लागि मोबाइल व्यवसायीहरु मेरो सुरक्षाको मोबाइल प्रटेक्सन प्लानका बितरक हुनु पर्नेछ । बैशाख २० गतेसम्ममा मेरो सुरक्षासँग सम्पर्कमा आउने मोबाइल बितरकहरुलाई मात्र निशुल्क बीमा योजनामा सहभागि गराइने बताइएको छ ।
मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा निशुल्क बीमा योजना ल्याएको हो । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगकै सहकार्यमा मोबाइल प्रोटेक्सन प्लान सञ्चालन गरिरहेको छ ।
केही समय अघि मात्र चितवनमा शाखा बिस्तार गरेको मेरो सुरक्षाले बैशाखको पहिलो सातादेखि बुटवलमा पनि शाखा सञ्चालनमा ल्याउँदैछ ।
कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटा सहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ ।
मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी आफ्नो मोबाइलको बीमा गराउन सक्छन् । मेरो सुरक्षाले मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीको १ लाख रुपैंयाको निशुल्क दुर्घटना बीमा समेत गरिदिनेछ ।
मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । मोबाइलको बीमा गर्दा लाग्ने शुल्क इसेवा, खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ ।
प्रतिक्रिया