आगलागीबाट लाखौंको क्षति

0
Shares

मोरङको दुई छुट्टाछुट्टै स्थानमा आज आगलागी हुदाँ चार घर जली रु ५५ लाख बराबरको क्षति भएको छ । कटहरी गाउँपालिका–६ मुस्लिम टोलका कृष्णबहादुर लुइँटेलको घरबाट विद्युत् चुहावट भई आगलागी हुँदा निजको दुईतले कच्ची घर, छिमेकी मनोज विष्ट र कमल विष्टको घरसमेत जलेर नष्ट हुँदा रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो भने कुनै मानवीय तथा चौपाया क्षति नभएको उक्त कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिका–५ कमल तिमिल्सिनाको घरभित्र रहेको केमीकल फ्याक्ट्रीमा आज दिउँसो विद्युत् चुहावट आगलागी हुँदा घरभित्रका सम्पूर्ण समानहरु जलेर नष्ट हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।