निक्षेप भन्दा कर्जाको ब्याजदर दोब्बर


 

बैंक वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर भन्दा कर्जामा लिने औसत ब्याजदर दोब्बर देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७५ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको जनाएको हो ।
बैंक वित्तीय संस्थाको आधार ब्याजदर घटेको र्भपनि कर्जाको ब्याजदर उच्च देखिएको हो । बैंकहरुसंग निक्षेपको अभाव वढेपछि कर्जाको ब्याजदर वढेको हो ।
त्यसैगरी टे«जरी बिल्सको ब्याजदर घटेको भएपनि अन्तर बैंक कारोबारको ब्याजदर भने वढेको छ । २०७४ फागुनमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको जनाएको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ फागुनको ४.८७ प्रतिशतको तुलनामा २०७५ फागुनमा ५.१५ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार दर २०७४ फागुनको १०.३६ प्रतिशतको तुलनामा २०७५ फागुनमा ९.६५ प्रतिशत कायम भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भई ५८२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो ।

फागुनसम्ममा खुद ट्रान्सफर आय २२.९ प्रतिशतले वृद्धि भई ६६२ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.७ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । साथै, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

चालु आवको फागुनसम्ममा चालु खाता घाटा विस्तार भई १९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ५१ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ६८ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा २४ करोड १४ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।
२०७५ फागुन मसान्तसम्म कुल १६५ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन । यसमध्ये १२३ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन ।

आर्थिक वर्ष २०७५÷७६ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.१ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । केन्द्रिय बैंकका अनुसार २०७५ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.० प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७५÷७६ को आठ महिनामा कुल वस्तु निर्यात १४.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १०.८ प्रतिशतले वृद्धि भएको थियो ।
२०७५ फागुन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा .१३१ अर्ब ९४ करोड रुपैयाँ(स्थानीय तहको खातामा रहेको .५० अर्ब ९६ करोड समेत) नगद मौज्दात रहेको छ ।