सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता


 

 

सिटिजन्स बैंक इन्टरनेसनल र युनाइटेड इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झोता भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट युनाइटेड इन्स्योरेन्सको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।

यो सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्तगर्न सक्ने विश्वास बैंकले लिएको छ ।

योर पार्टनरफर प्रोग्रेस भन्ने नारालाई आत्मसाथ गरी घरदैलोमा बैंकिङ्ग सेवा पु¥याँउदै आएको बैंकले ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाख ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।