माछापुच्छ्रे बैंकको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक, नाफा कति ?

0
Shares

माछापुच्छ्रे बैंकले चालु अर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक भएको छ। तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने बैंक दोस्रो वाणिज्य बैंक हो । यसअघि सिटिजन्स बैंकको वित्तीय विवरण सार्वजनिक भैसकेको छ।

तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब २४ करोड ८ लाख बढी मुनाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४० करोड रुपैयाँ बढी हो ।

गत आवको यसै अवधिसम्ममा माछापुच्छ्रे बैंकको खुद नाफा ८५ करोड ४० लाख रुपैयाँ थियो। चुक्ता पूँजी ८ अर्ब ५ लाख रहेको बैंकसँग एक अर्ब ४५ करोड रुपैयाँभन्दा बढी जगेडा कोष रहेको छ।

यस अवधिमा बैकको सञ्चालन मुनाफा एक अर्ब ७० करोड ४४ लाख छ । बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै जानकारी गराएको छ। निष्क्रिय कर्जा ०.४८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.७४ प्रतिशत छ।